ne_tw/bible/kt/demonpossessed.md

3.3 KiB
Raw Permalink Blame History

भूतात्मा लागेको

परिभाषा:

भूतात्मा लागेको व्यक्ति त्यो हो जसको काम र सोचाइलाई भूतात्मा वा दुष्‍टात्माले नियत्रण गरेको हुन्छ ।

  • भूतात्मा लागेको मानिसले प्रायःजसो आफूलाई वा अरूलाई चोट पुर्‍याउने काम गर्छ किनकि उसलाई दुषटात्माले यसो गर्न लगाउँछ ।
  • येशूले भूतात्मा लागेका मानिसहरूबाट भूतात्माहरूलाई बाहिर निस्कने आज्ञा दिएर निको पार्नुभयो । यसलाई प्रायः भूतात्‍माहरू धपाउनु भनिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यस शब्‍दलाई अनुवाद गर्ने अन्‍य तरिकाहरू "भूत-नियन्‍त्रित" वा "दुष्‍ट आत्‍माद्वारा नियन्‍त्रित" वा "भित्र दुष्ट आत्मा भएको" भन्‍ने पर्न सक्‍छ ।

(हेर्नुहोस्: भुत)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २६ः९ तिनीहरूमा भूतहरू भएका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याइयो ।
  • ३२ः२ जब तिनीहरू तालको अर्को छेउमा पुगे, एक जना भूत लागेको मानिस दौडदै येशूकहाँ आयो ।
  • ३२ः६ भूत लागेको मानिसले चर्को स्‍वरमा करायो, "येशू, सर्वोच्‍च परमेश्‍वरको पुत्र, तपाई मसँग के चाहनुहुन्‍छ?" कृपया मलाई यातना नदिनुहोस् ।
  • 32:9 शहरका मानिसहरू आए र भूतहरू भएको मानिसहलाई देखे ।
  • 47:3 हरेक दिन जब तिनीहरू (पावल र सिलास) त्‍यहाँ हिँड्‍थे, भूत लागेको एउटी दासीले तिनीहरूलाई पछ्याइन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G11390