ne_tw/bible/names/egypt.md

37 lines
3.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मिश्र, मिश्री
## परिभाषा:
मिश्र अफ्रिकाको उत्तर-पूर्वमा र कनान देशको दक्षिण-पश्‍चिममा पर्ने एउटा देश हो। मिश्र देशमा जन्मेको र पुर्खाहरू मिश्रमा भएको मानिसलाई मिश्री भनिन्छ ।
* प्राचीनकालमा मिश्र एउटा शक्‍तिशाली र धनी देश थियो ।
* मिश्र पहिले तल्लो (नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ) र माथिल्लो (दक्षिण) गरी दुई भागमा विभाजित थियो । पुरानो करारमा, यी ठाउँहरूलाई यसको मूल भाषामा "मिश्र" वा "पाथ्रोस"  भनिन्‍थ्‍यो।
* कति पटक कनानमा थोरै मात्र खाना उपलब्‍ध हुँदा इस्राएली पुर्खाहरू आफ्‍ना परिवारका लागि खाना किन्‍न मिश्रमा यात्रा गरे ।
* केहि सयौँ वर्षको लागि, इस्राएलीहरू मिश्रको दासत्‍वमा थिए।
* हेरोदबाट बच्‍नको लागि योसेफ र मरियम येशूलाई लिएर मिश्रमा गएका थिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हेरोद महान, योशेफ (न.क), निल नदी, पितापुर्खा)
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल ४ः७-९
* प्रेरित ७ः१०
* प्रस्‍थान ३ः७
* उत्‍पत्ति ४१ः२९
* उत्‍पत्ति ४१ः५७
* मत्ति २ः१५
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* ८ः४ दास व्‍यापारीहरूले योसेफलाई मिश्रमा लगे। मिश्र नील नदिको छेउमा अवस्‍थित एउटा ठूलो, शक्‍तिशाली राष्‍ट्र थियो।
* ८ः८ फारो योसेफबाट यति प्रभावित भए कि तिनलाई मिश्रको दोस्रो सबैभन्‍दा शक्‍तिशाली मानिस नियुक्‍त गरे।
* ८ः११ त्‍यसैले याकूबले आफ्‍ना जेठा छोरालाई खाना किन्‍न मिश्रमा पठाए।
* ८ः१४ याकूब एक वृद्ध मानिस भए तापनि, तिनी आफ्‍नो सबै परिवारसगँ मिश्र गए, र तिनिहरू सबै त्‍यहाँ बसोबास गरे।
* ९ः१ योसेफ मृत्‍युपछि उनका सबै आफन्‍तहरू मिश्रमा बसे।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4713, H4714, G01240, G01250