ne_tw/bible/names/egypt.md

3.7 KiB

मिश्र, मिश्री

परिभाषा:

मिश्र अफ्रिकाको उत्तर-पूर्वमा र कनान देशको दक्षिण-पश्‍चिममा पर्ने एउटा देश हो। मिश्र देशमा जन्मेको र पुर्खाहरू मिश्रमा भएको मानिसलाई मिश्री भनिन्छ ।

  • प्राचीनकालमा मिश्र एउटा शक्‍तिशाली र धनी देश थियो ।
  • मिश्र पहिले तल्लो (नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ) र माथिल्लो (दक्षिण) गरी दुई भागमा विभाजित थियो । पुरानो करारमा, यी ठाउँहरूलाई यसको मूल भाषामा "मिश्र" वा "पाथ्रोस"  भनिन्‍थ्‍यो।
  • कति पटक कनानमा थोरै मात्र खाना उपलब्‍ध हुँदा इस्राएली पुर्खाहरू आफ्‍ना परिवारका लागि खाना किन्‍न मिश्रमा यात्रा गरे ।
  • केहि सयौँ वर्षको लागि, इस्राएलीहरू मिश्रको दासत्‍वमा थिए।
  • हेरोदबाट बच्‍नको लागि योसेफ र मरियम येशूलाई लिएर मिश्रमा गएका थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेरोद महान, योशेफ (न.क), निल नदी, पितापुर्खा)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ४ः७-९
  • प्रेरित ७ः१०
  • प्रस्‍थान ३ः७
  • उत्‍पत्ति ४१ः२९
  • उत्‍पत्ति ४१ः५७
  • मत्ति २ः१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ८ः४ दास व्‍यापारीहरूले योसेफलाई मिश्रमा लगे। मिश्र नील नदिको छेउमा अवस्‍थित एउटा ठूलो, शक्‍तिशाली राष्‍ट्र थियो।
  • ८ः८ फारो योसेफबाट यति प्रभावित भए कि तिनलाई मिश्रको दोस्रो सबैभन्‍दा शक्‍तिशाली मानिस नियुक्‍त गरे।
  • ८ः११ त्‍यसैले याकूबले आफ्‍ना जेठा छोरालाई खाना किन्‍न मिश्रमा पठाए।
  • ८ः१४ याकूब एक वृद्ध मानिस भए तापनि, तिनी आफ्‍नो सबै परिवारसगँ मिश्र गए, र तिनिहरू सबै त्‍यहाँ बसोबास गरे।
  • ९ः१ योसेफ मृत्‍युपछि उनका सबै आफन्‍तहरू मिश्रमा बसे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4713, H4714, G01240, G01250