ne_tw/bible/names/barnabas.md

35 lines
3.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बारनाबास
## परिभाषा:
बारनाबास सुरुका ख्रीष्‍टियानहरूमध्ये एक थिए, जो प्रेरितहरूको समयमा बाँचेका थिए ।
* बारनाबास इस्राएलको लेवी कुलका मानिस थिए, जो साइप्रस टापुका थिए ।
* शाऊल (पावल) ख्रीष्‍टियान भएपछि तिनलाई सङ्गी विश्‍वासीको रूपमा स्वीकार गर्न बारनाबासले अरू चेलाहरूलाई बिन्ती गरे ।
* बारनाबास र पावलले विभिन्‍न सहरहरूमा सुसमाचार सुनाउन सँगसँगै यात्रा गरे ।
* तिनको नाउँ योसेफ थियो, तर तिनलाई “बारनाबास” भनियो, जसको अर्थ हुन्छ, “उत्साहको पुत्र ।”
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः ईसाई, साइपरस, सुसमाचार, लेवि, पावल)
## बाइबलका सन्दर्भहरूः
* प्रेरित ४ः३६
* प्रेरित११ः२६
* प्रेरित १३ः३
* प्रेरित१५ः३३
* कलस्‍सी ४ः१०-११
* गलाती २ः९-१०
* गलाती २ः१३
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* ४६ः८ त्‍यसपछि बारनाबास नाउँ भएका एक जना विश्‍वासीले शाऊललाई प्रेरितहरूकहाँ लगे र शाऊलले दमस्‍कसमा साहसपूर्वक प्रचार गरेको बताए।
* ४६ः९ बारनाबास र शाऊल ती नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा अझ बढी सिकाउन र मण्‍डलीलाई बलियो बनाउन त्‍यहाँ गए।
* ४६ः१० एक दिन, जब एन्‍टिओकमा विश्वासीहरू उपवास र प्रार्थना गरिरहेका थिए, पवित्र आत्‍माले तिनीहरूलाफ भन्‍नुभयो, "मैले तिनीहरूलाई बोलाएको काम गर्नको लागि बारनाबास र शाऊललाई मेरो लागि अलग गर।" त्‍यसैले एन्‍टिओकको मण्‍डलीले बारनाबास र शाऊलको लागि प्रार्थना गरे र तिनीहरूमाथि हात राखे।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G09210