ne_tw/bible/names/barnabas.md

3.3 KiB

बारनाबास

परिभाषा:

बारनाबास सुरुका ख्रीष्‍टियानहरूमध्ये एक थिए, जो प्रेरितहरूको समयमा बाँचेका थिए ।

  • बारनाबास इस्राएलको लेवी कुलका मानिस थिए, जो साइप्रस टापुका थिए ।
  • शाऊल (पावल) ख्रीष्‍टियान भएपछि तिनलाई सङ्गी विश्‍वासीको रूपमा स्वीकार गर्न बारनाबासले अरू चेलाहरूलाई बिन्ती गरे ।
  • बारनाबास र पावलले विभिन्‍न सहरहरूमा सुसमाचार सुनाउन सँगसँगै यात्रा गरे ।
  • तिनको नाउँ योसेफ थियो, तर तिनलाई “बारनाबास” भनियो, जसको अर्थ हुन्छ, “उत्साहको पुत्र ।”

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ईसाई, साइपरस, सुसमाचार, लेवि, पावल)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ४ः३६
  • प्रेरित११ः२६
  • प्रेरित १३ः३
  • प्रेरित१५ः३३
  • कलस्‍सी ४ः१०-११
  • गलाती २ः९-१०
  • गलाती २ः१३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ४६ः८ त्‍यसपछि बारनाबास नाउँ भएका एक जना विश्‍वासीले शाऊललाई प्रेरितहरूकहाँ लगे र शाऊलले दमस्‍कसमा साहसपूर्वक प्रचार गरेको बताए।
  • ४६ः९ बारनाबास र शाऊल ती नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा अझ बढी सिकाउन र मण्‍डलीलाई बलियो बनाउन त्‍यहाँ गए।
  • ४६ः१० एक दिन, जब एन्‍टिओकमा विश्वासीहरू उपवास र प्रार्थना गरिरहेका थिए, पवित्र आत्‍माले तिनीहरूलाफ भन्‍नुभयो, "मैले तिनीहरूलाई बोलाएको काम गर्नको लागि बारनाबास र शाऊललाई मेरो लागि अलग गर।" त्‍यसैले एन्‍टिओकको मण्‍डलीले बारनाबास र शाऊलको लागि प्रार्थना गरे र तिनीहरूमाथि हात राखे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G09210