ne_tn/ne_tn_52-COL.tsv

243 lines
164 KiB
Plaintext

Book Chapter Verse ID SupportReference OrigQuote Occurrence GLQuote OccurrenceNote
COL front intro d9hy 0 # कलस्‍सीहरूको परिचय

## भाग १: सामान्य परिचय

### कलस्‍सीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन, धन्यवादज्ञापन, र प्रार्थना (१:१-१२)
१. ख्रीष्‍टको व्यक्तित्व र काम
- छुटकारा र उद्धार (१:१३-१४)
- ख्रीष्‍टः अदृश्‍य परमेश्‍वर, र सारा सृष्‍टिमाथि हुनुहुनेको प्रतिरूप (१:१५-१७)
- ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्छ, र मण्‍डलीले उहाँमा भरोसा गर्छ (१:१८-२:७)
१. विश्‍वासयोग्‍यताका जाँचहरू
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू (२:८-१९)
- साँचो ईश्‍वरीयता चाहिँ कठोर नियमहरू र अलचिलो परम्पराहरू होइन (२:२०-२३)
१. शिक्षा र जीवनी
- ख्रीष्‍टमा भएको जीवन (३:१-४)
- पुरानो र नयाँ जीवन (३:५-१७)
- ख्रीष्‍टिएन परिवार (३:१८-४:१)
१. ख्रीष्‍टिएन व्यवहार (४:२-६)
१. समापन र अभिवादनहरू
- पावलले तुखिकस र ओनेसिमसलाई धन्यवाद दिन्छन् (४:७-९)
- पावलले उनका सङ्गीहरूबाटको अभिवादनहरू पठाउँछन् (४:१०-१४)
- पावलले अर्खिप्‍पस र लाउडिकियामा भएका ख्रीष्‍टिएनहरूलाई निर्देशनहरू दिन्छन् (४:१५-१७)
- पावलको व्यक्तिगत अभिवादन (४:१८)

### कलस्‍सीहरूको पुस्तक कसले लेखे ?

पावलले कलस्‍सीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्‍टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

पावलले यो पत्र उनी झ्‍यालखानामा हुँदा लेखे ।

### कलस्‍सीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र एसियाको दक्षिण-पश्‍चिमी भागको कलस्‍से नामक सहरमा भएका विश्‍वासीहरूलाई लेखे । यो पत्र लेख्‍नुको मुख्‍य उद्देश्‍य चाहिँ झूटा शिक्षकहरूबाट सुसमाचारको बचाउ गर्नु थियो । परमेश्‍वरको प्रतिरूप, सारा थोकहरूको पालनकर्ता, र मण्‍डलीको शिरको रूपमा येशूलाई प्रशंसा गरेर उनले त्यसो गरे । परमेश्‍वरले तिनीहरूलाई स्‍वीकार गर्नुहुनको लागि केवल ख्रीष्‍टको मात्र खाँचो छ भनेर तिनीहरूले बुझेका पावल चाहन्थे ।

### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “कलस्‍सीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “कलस्‍सेमा भएको मण्‍डलीलाई पावलको पत्र” वा “कलस्‍सेमा भएको ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

### कलस्‍सेमा भएको मण्‍डलीले सङ्घर्ष गरिरहेको धार्मिक विषयहरू के थिए ?

कलस्‍सेमा भएको मण्‍डलीमा, त्यहाँ झूटा शिक्षकहरू थिए । तिनीहरूको खास शिक्षा जानिएको छैन । तर तिनीहरूले तिनीहरूका अनुयायीहरूलाई शायद स्‍वर्गदूतहरूको आराधना गर्न र धार्मिक चाडपर्वहरूको विषयमा भएका कडा नियमहरूलाई पालना गर्नलाई सिकाए । तिनीहरूले शायद कोही व्यक्तिको खतना हुनैपर्छ र केही निश्‍चित प्रकारका खानेकुरा मात्रै खान हुन्छ भनेर पनि सिकाए । पावलले बताए कि यी झूटा शिक्षाहरू मानिसहरूका मनबाट आएका हुन् र परमेश्‍वरबाट होइन ।

### पावलले स्वर्ग र पृथ्‍वीको चित्रणलाई कसरी प्रयोग गरे ?

यस पत्रमा, पावलले बारम्बार स्‍वर्गलाई “माथि” रहेको भनेर बताउँछन् । उनले यसलाई पृथ्‍वीबाट अलग देखाउँछन्, जसलाई धर्मशास्‍त्रले “तल” रहेको भनेर बताउँछ । यो चित्रणको उद्देश्‍य चाहिँ माथि स्वर्गमा बस्‍नुहुने परमेश्‍वरलाई सम्‍मान गर्ने तरिकाले जिउनलाई ख्रीष्‍टिएनहरूलाई सिकाउनु हो । पृथ्‍वी वा भौतिक संसार दुष्‍ट छ भनेर पावलले सिकाइरहेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/evil]])

## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

### कलस्‍सीहरूको यूएलटीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्‍त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । कलस्‍सीहरूमा, यी शब्दहरूले ख्रीष्‍टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गर्छन् । त्यसैले यूएलटीमा भएको कलस्‍सीहरूको पुस्तकले “विश्‍वासीहरू” वा “तिनीहरू जसले उहाँमा विश्‍वास गर्छन्” भन्‍ने शब्दहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२, १२, २६)

### के येशूको सृष्‍टि भएको थियो, कि उहाँ अनन्त हुनुहुन्छ ?

येशुको सृष्‍टि भएको थिएन तर उहाँ सधैँ परमेश्‍वरको रूपमा अस्तित्वमा रहनुभएको छ । येशू मानव प्राणी पनि हुनुभयो । कलस्‍सी १:१५ मा अलमल हुने सम्भाव्यता छ, जहाँ भनिएको छ कि “येशू सारा सृष्‍टिमाथि ज्येष्‍ठ हुनुहुन्छ” । यो भनाइको अर्थ हो कि येशू सारा सृष्‍टिमाथि प्रबल हुनुहुन्छ । यो भनाइको अर्थ यो होइन कि उहाँ परमेश्‍वरले सृष्‍टि गर्नुभएको पहिलो थोक हो । अनुवादकहरू होशियार हुनुपर्छ कि येशू सृष्‍टि गरिनुभएको प्राणी हुनुहुन्छ भनेर अर्थ नलागोस् ।

### पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

### कलस्‍सीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूसँग मेल खाँदैनन् । यूएलटीमा भएको खण्‍डमा नयाँ भनाइलाई राखिएको छ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।

* “तिमीहरूलाई अनुग्रह होस् र परमेश्‍वर हाम्रा पिताबाट शान्ति” (१:२) । केही पुराना संस्करणहरूमा अझ लामो भनाइ छः “तिमीहरूलाई अनुग्रह होस् र परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट शान्ति ।”
* “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रो पक्षमा ख्रीष्‍टका एक विश्‍वासयोग्‍य सेवक हुन्” (१:७) । केही पुराना संस्करणहरूमा “तिमीहरूको लागि” भनेर राखिएको छः “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, तिमीहरूको लागि ख्रीष्‍टको एक विश्‍वासयोग्‍य सेवक ।”
* “पिता, जसले तिमीहरूलाई ज्योतिमा भएको विश्‍वासीहरूको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्‍य बनाउनुभएको छ” (१:१२) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “पिता, जसले हामीलाई ज्योतिमा भएको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्‍य बनाउनुभएको छ ।”
* “उहाँको पुत्रमा, हाम्रो उद्धार छ ।” (१:१४) केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँको पुत्रमा उहाँको रगतद्वारा हामीले उद्धार पाएका छौँ ।”
* “र हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो” (२:१३) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “र तिमीहरूलाई तिमीहरूका सबै अपराधहरू क्षमा गर्नुभयो ।”
* “जब ख्रीष्‍ट देखा पर्नुहुन्छ, जो तिमीहरूको जीवन हुनुहुन्छ” (३:४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “जब ख्रीष्‍ट देखा पर्नुहुन्छ, जो हाम्रो जीवन हुनुहुन्छ ।”
* “यो यी नै कुराहरूको लागि हो कि परमेश्‍वरको क्रोध अनाज्ञापालनका छोराहरूमाथि आउँदै छ” (३:६) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही नयाँ र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “यो यी नै कुराहरूको लागि हो कि परमेश्‍वरको क्रोध आउँदै छ ।”
* “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि हाम्रो बारेमा भएका विषयहरू तिमीहरूलाई थाहा होस्” (४:८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि तिमीहरूका बारेमा भएका विषयहरू तिनलाई थाहा होस् ।”

(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])
COL 1 intro gtm3 0 # कलस्‍सीहरू ०१ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

कुनै पत्रमा जस्तै, पावलले उनको पत्रलाई पदहरू १-२ मा कलस्‍सेमा भएका ख्रीष्‍टिएनहरूको सामु तिमोथी र आफैँलाई परिचय गराउँदै सुरु गर्छन् ।

पावलले यस अध्यायको धेरैजसो भाग दुई विषयहरूको वरिपरि रहेर लेख्‍छन्ः ख्रीष्‍ट को हुनुहुन्छ, र ख्रीष्‍टले एक ख्रीष्‍टिएनको लागि के गर्नुभएको छ ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### गोप्‍य सत्यता

यस अध्यायमा पावलले एउटा “गोप्‍य सत्यता”लाई जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एक समयमा जानिएको थिएन । तर अब परमेश्‍वरले त्यो प्रकट गर्नुभएको छ । परमेश्‍वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बरारबर उभ्याइलाई यस सत्यताको एउटा हिस्‍साले समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/reveal]])

## यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

### ख्रीष्‍टिएन जीवनको लागि चित्रणहरू
ख्रीष्‍टिएन जीवनलाई वर्णन गर्नको लागि पावलले थुप्रै विभिन्‍न चित्रणहरूको प्रयोग गर्छन् । यस अध्यायमा, उनले “हिँड्नु” र “फल फलाउनु”को चित्रणहरूलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/other/fruit]])

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### विरोधाभासी कथन

विरोधाभासी कथन चाहिँ एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २४ एउटा विरोधाभासी कथन होः “अब म तिमीहरूको लागि भएको मेरो दुःखभोगमा आनन्द मनाउँछु ।” मानिसहरूले सामान्यतया तिनीहरूले दुःखभोग गर्दा आनन्द मनाउँदैनन् । तर पदहरू २५-२९ मा पावलले उनको दुःखभोग किन असल छ भनेर व्याख्या गर्छन् । ([कलस्‍सीहरू १:२४](../../col/01/24.md))
COL 1 1 h5gl 0 सामान्य जानकारीः हुन त यो पत्र पावल र तिमोथीबाट कलस्‍सी विश्‍वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्‍पष्‍ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्‍दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्‍वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])
COL 1 1 fny3 ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ 1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको एक प्रेरित “जसलाई परमेश्‍वरले ख्रीष्‍ट येशूको एक प्रेरित हुनलाई चुन्‍नुभयो”
COL 1 3 q1su figs-exclusive εὐχαριστοῦμεν…τοῦ Κυρίου ἡμῶν 1 हामी ... दिन्छौँ ... हाम्रो प्रभु ... हामी सधैँ यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 4 km8w figs-exclusive 1 हामीले सुनेका छौँ पावलले उनका पाठकगणलाई समेटिरहेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 4 z6eb τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ 1 ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वास “ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास”
COL 1 5 n1qz figs-metonymy διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς 1 स्वर्गमा तिमीहरूका लागि सुरक्षित राखिएको निश्‍चित आशाको कारण यहाँ “निश्‍चित आशा”को अर्थ विश्‍वासीले निश्‍चित भएर अपेक्षा गर्न सक्‍ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्‍वरले सारा विश्‍वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्‍वासीहरूले पछि प्राप्‍त गर्नको लागि परमेश्‍वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्‍चित छौ कि परमेश्‍वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 1 5 xn8s τῷ λόγῳ τῆς ἀληθείας, τοῦ εὐαγγελίου 1 सत्यताको वचन, सुसमाचार सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”
COL 1 6 wk21 figs-metaphor ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον 1 यो सुसमाचारले फल फलाउँदै छ र बढ्दै छ यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 6 z3g5 figs-hyperbole ἐν παντὶ τῷ κόσμῳ 1 सारा संसारमा यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])
COL 1 6 ait7 τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ 1 सत्यतामा भएको परमेश्‍वरको अनुग्रह “परमेश्‍वरको साँचो अनुग्रह”
COL 1 7 f8t1 figs-exclusive ἡμῶν…ἡμῶν 1 हाम्रा प्रिय ... हाम्रा पक्षमा “हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 7 mjv5 ἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς 1 जुन सुसमाचार तिमीहरूले हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासबाट सिक्‍यौ “यो ठ्याक्‍कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्‍यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्‍कै हो । उनी”
COL 1 7 q8gt Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ 1 इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासयोग्‍य सेवक हुन् यहाँ “हाम्रा पक्षमा” भन्‍ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्‍टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।
COL 1 7 pz3h translate-names Ἐπαφρᾶ 1 इपाफ्रास ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
COL 1 8 k2k9 figs-exclusive ἡμῖν 1 हामीलाई “हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 8 e7ez figs-metaphor τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι 1 आत्मामा भएको तिमीहरूको प्रेम पावल पवित्र आत्माको विषयमा उहाँ कुनै स्थान हुनुभए झैँ गरी बताउँछन् जुन स्थानमा विश्‍वासीहरू रहेका थिए । वैकल्पिक अनुवादः “विश्‍वासीहरूलाई प्रेम गर्न पवित्र आत्माले कसरी तिमीहरूलाई सक्षम पार्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 9 iyq4 0 जोड्ने कथनः किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।
COL 1 9 s83e διὰ τοῦτο 1 यस प्रेमको कारण “किनभने पवित्र आत्माले अरू विश्‍वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”
COL 1 9 f2xd figs-exclusive καὶ ἡμεῖς…ἠκούσαμεν, οὐ παυόμεθα 1 हामीले ... सुन्यौँ ... हामीले ... रोकेका छैनौँ ... हामी बिन्ती गरिरहेका छौँ “हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 9 u7zh ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν 1 हामीले यो सुनेको दिनदेखि “इपाफ्रासले हामीहरूलाई यी कुराहरू भनेको दिनदेखि”
COL 1 9 w2a7 figs-metaphor ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ 1 कि तिमीहरू उहाँको इच्छाको ज्ञानले भरिपूर्ण भएका होओ पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले जान्‍नुपर्ने कुराहरूले परमेश्‍वरले तिमीहरूलाई भर्नुभएको होस् ताकि तिमीहरूले उहाँको इच्छा गर्न सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 9 mzz8 ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ 1 सबै बुद्धि र आत्मिक समझमा “ ... , ताकि पवित्र आत्माले तिमीहरूलाई बुद्धिमान् बनाउनुभएको होस् र तिमीहरूले के गरेको परमेश्‍वरले चाहनुहुन्छ भनेर बुझ्‍नलाई सक्षम बनाउनुभएको होस्”
COL 1 10 cz4a figs-exclusive 1 हामी प्रार्थना गरिरहेका छौँ “हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 10 m4hf figs-metaphor περιπατῆσαι ἀξίως τοῦ Κυρίου 1 कि तिमीहरू प्रभुका योग्‍यका भएर हिँड्न सक यहाँ “हिँडाइ”ले जीवनको आचरणलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू त्यसरी जिउन सक जसरी जिएको परमेश्‍वरले अपेक्षा गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 10 vv4g εἰς πᾶσαν ἀρεσκείαν 1 प्रसन्‍न पार्ने चालहरूमा “प्रभुलाई खुशी बनाउने तरिकाहरूमा”
COL 1 10 vfp3 figs-metaphor καρποφοροῦντες 1 फल फलाउने छौ पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू रूखहरू वा बिरुवाहरू भए झैँ गरेर बताइरहेका छन् । जसरी बिरुवा हुर्कन्छ र फल फलाउँछ, त्यसै गरेर विश्‍वासीहरूले पनि परमेश्‍वरलाई झन् धेरै मात्रामा परमेश्‍वरलाई चिन्दै गर्नुपर्छ र असल कामहरू गर्दै रहनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 11 gxv6 figs-activepassive δυναμούμενοι 1 हामी प्रार्थना गर्छौँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, तर कलस्सीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 11 mzf2 figs-metaphor εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν 1 सबै सहनशीलता र धैर्यतामा पावलले कलस्‍सी विश्‍वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले तिनीहरूलाई सहनशीलता र धैर्यताको स्थानमा सार्नुहुनेछ । वास्तवमा चाहिँ, उनले प्रार्थना गरिरहेका छन् कि तिनीहरूले परमेश्‍वरमा भरोसा गर्न कहिल्यै छोड्ने छैनन् र तिनीहरूले उहाँलाई सम्‍मान गर्दै गर्दा तिनीहरू पूर्ण रूपमा धीरजी हुनेछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 12 t5lw ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα 1 तिमीहरूलाई उत्तराधिकारी हुनलाई सक्षम बनाउनुभएको छ “तिमीहरूलाई उत्तराधिकारी हुनलाई अनुमति दिनुभएको छ”
COL 1 12 lt2q ἱκανώσαντι ὑμᾶς 1 तिमीहरूलाई ... सक्षम बनाउनुभएको छ यहाँ पावलले उनका पाठकहरू परमेश्‍वरका आशिष्‌हरूका प्रापकहरू भएका कुरामा ध्यानकेन्द्रित गर्दैछन् । तर उनको अर्थ यो होइन कि ती आशिष्‌हरूमा उनको आफ्‍नै चाहिँ केही भाग छैन ।
COL 1 12 r2zw figs-metaphor τοῦ κλήρου 1 उत्तराधिकार परमेश्‍वरले विश्‍वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति र जायेजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 12 hkf5 figs-metaphor ἐν τῷ φωτί 1 ज्योतिमा यो अवधारणा अर्को पदमा भएको अन्धकारको प्रभुत्वको अवधारणासँग विपरीतमा छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थितिको महिमामा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 13 g9d3 0 जोड्ने कथनः पावलले ख्रीष्‍ट उत्कृष्‍ट हुनुभएका कुराहरूको विषयमा कुरा गर्छन् ।
COL 1 13 mv87 1 उहाँले ... छुटकारा दिनुभएको छ “परमेश्‍वर पिताले ... छुटकारा दिनुभएको छ”
COL 1 13 dw5k figs-metaphor τῆς ἐξουσίας τοῦ σκότους 1 अन्धकारको प्रभुत्व यहाँ अन्धकार चाहिँ दुष्‍टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “दुष्‍ट शक्तिहरू जसले हामीलाई नियन्‍त्रण गर्थे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 13 zav6 guidelines-sonofgodprinciples τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ 1 उहाँका प्रिय पुत्र “पुत्र” चाहिँ येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/guidelines-sonofgodprinciples]])
COL 1 14 wh6q figs-metaphor ἐν ᾧ 1 जसमा पावलले धेरैपटक विश्‍वासीहरू येशू ख्रीष्‍ट“मा” वा परमेश्‍वर“मा” भएका झैँ गरेर बताउँछन् । यसलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको माध्यमद्वारा” वा “उहाँको पुत्रको माध्यमद्वारा” वा “उहाँको पुत्रको कारण” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 14 v5d8 figs-abstractnouns ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν 1 हामीले उद्धार पाएका छौँ, पापहरूको क्षमा नामपद शब्दहरू “उद्धार” र “क्षमा”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले उद्धार पाएका छौँ; हाम्रा पापहरू क्षमा भएका छन्” वा “परमेश्‍वरले हाम्रो उद्धार गर्नुहुन्छ; उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
COL 1 15 j5u9 figs-metaphor ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου 1 उहाँ अदृश्य परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ “उहाँको पुत्र अदृश्य परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ ।” यहाँ “प्रतिरूप”को अर्थ केही दृश्य कुराको प्रतिनिधित्व गर्ने कुरा होइन । बरु, “प्रतिरूप”को अर्थ यहाँ यो हो कि पुत्रलाई जानेर हामी पिता कस्तो हुनुहुन्छ भनेर थाहा गर्छौँ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 15 h945 figs-metaphor πρωτότοκος πάσης κτίσεως 1 सारा सृष्‍टिको ज्येष्‍ठ “जेठो छोरा” भन्‍ने अभिव्यक्तिले येशूको कहिले जन्मनुभएको थियो भन्‍ने कुरालाई जनाउँदैन । बरु, यसले परमेश्‍वर पिताको अनन्त पुत्रको रूपमा भएको उहाँको ओहदालाई जनाउँछ । यस अर्थमा, “जेठो छोरा” भनेको एउटा अलङ्कार हो जसको अर्थ “सबैभन्दा महत्त्वपूर्ण” भन्‍ने हुन्छ । येशू चाहिँ परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण र अद्वितीय पुत्र हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको पुत्र, सारा सृष्‍टिमा सबैभन्दा बढी महत्त्वपूर्ण व्यक्ति” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 15 af6b figs-abstractnouns πάσης κτίσεως 1 सारा सृष्‍टि नामपद शब्द “सृष्‍टि”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सृजनुभएको सबैकुरा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
COL 1 16 kru3 figs-activepassive ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα 1 किनकि उहाँद्वारा सबैकुरा सृष्‍टि गरिएका थिए यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा परमेश्‍वरले सबैकुरा सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले पुत्रलाई सबैकुरा सृष्‍टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 1 16 zl7j figs-activepassive τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται 1 सबैकुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि भएका थिए यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । परमेश्‍वरले पुत्रलाई सबैकुरा पुत्रकै महिमाको लागि बनाउन लगाउनुभयो । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा र उहाँकै निम्ति परमेश्‍वरले सबैकुरा सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले उहाँलाई सबैकुरा उहाँकै निम्ति सृष्‍टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 1 17 wk9y αὐτός ἐστιν πρὸ πάντων 1 उहाँ आफैँ चाहिँ सबै थोकहरूभन्दा अघि हुनुहुन्छ “यो उहाँ नै हुनुहुन्छ जो सबै थोकहरूभन्दा अगाडिदेखि अस्तिवमा हुनुहुन्थ्यो”
COL 1 17 m4lp figs-metaphor τὰ πάντα ἐν αὐτῷ συνέστηκεν 1 उहाँमा सबै कुराहरू एकसाथ बाँधिएर रहन्छन् पुत्रले सबै थोकहरूलाई नियन्त्रण गरिरहनुभएको विषयमा पावलले यहाँ यसरी बताउँछन् कि मानौँ उहाँले ती सबैलाई भौतिक रूपमा बाँधेर राखिरहनुभएको थियो । “उहाँले सबैकुरालाई एकसाथ बाँधेर राख्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 18 qsf3 αὐτός ἐστιν ἡ κεφαλὴ 1 उहाँ शिर हुनुहुन्छ “येशू ख्रीष्‍ट, परमेश्‍वरको पुत्र, शिर हुनुहुन्छ”
COL 1 18 q8i3 figs-metaphor αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας 1 उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ पावलले मण्डलीमाथि येशूको ओहदाको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ मानव शरीरको शिर हुनुहुन्थ्यो । जसरी शिरले शरीरलाई चलाउँछ, त्यसै गरेर येशूले मण्डलीलाई शासन गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 18 j6uq ἡ ἀρχή 1 सुरुवात “सुरुवात गर्ने अधिकार ।” उहाँ प्रथम प्रमुख र स्थापक हुनुहुन्छ ।
COL 1 18 s12x πρωτότοκος ἐκ τῶν νεκρῶν 1 मरेकाहरूबाट जीवित हुनेमा ज्येष्‍ठ मरिगएर पुनः जीवनमा फर्किने, र फेरि कहिल्यै नमर्ने हुनुमा येशू पहिलो व्यक्ति हुनुहुन्छ ।
COL 1 20 as3p διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ 1 उहाँको क्रूसको रगतद्वारा “येशूले क्रूसमा बहाउनुभएको रगतको माध्यमद्वारा”
COL 1 20 x5av figs-metonymy τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ 1 उहाँको क्रूसको रगत यहाँ “रगत”को अर्थ क्रूसमा भएको ख्रीष्‍टको मृत्यु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 1 21 kv5u 0 जोड्ने कथनः ख्रीष्‍टले अन्यजाति विश्‍वासीहरूको पापलाई उहाँको पवित्रताको लागि साटफेर गर्नुहुन्छ भनेर परमेश्‍वरले अब प्रकट गर्नुभएको छ भन्‍ने कुरालाई पावलले स्पष्‍ट पार्छन् ।
COL 1 21 imq1 καὶ ὑμᾶς ποτε 1 एक समयमा, तिमीहरू पनि “त्यहाँ एउटा समय थियो जब तिमी कलस्सी विश्‍वासीहरू पनि”
COL 1 21 wp3t ἀπηλλοτριωμένους 1 परमेश्‍वरका निम्ति बिरानाहरू थियौ “ती मानिसहरू जस्ता थियौ जसलाई परमेश्‍वरले चिन्‍नुहुँदैनथ्यो” वा “परमेश्‍वरलाई टाढा धकेलेका थियौ”
COL 1 22 ejt4 figs-metaphor παραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους, κατενώπιον αὐτοῦ 1 उहाँको सामु तिमीहरूलाई पवित्र, निर्दोष, र खोटबिनाको प्रस्तुत गर्न पावलले कलस्सीहरूलाई यसरी वर्णन गरिरहेका छन् कि मानौँ येशूले तिनीहरूलाई शारीरिक रूपमा सफा गर्नुभएको थियो, तिनीहरूलाई नयाँ वस्‍त्रहरू पहिराउनुभएको थियो, र तिनीहरूलाई परमेश्‍वर पिताको सामु उभिनलाई ल्याउनुभएको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 22 u94j figs-parallelism ἀμώμους, καὶ ἀνεγκλήτους 1 दोषरहित र निष्‍खोट सिद्धताको विचारलाई जोड दिनको लागि लगभग एउटै कुराको अर्थ दिने दुईवटा शब्दहरूलाई पावलले प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सिद्ध” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])
COL 1 22 lf5a figs-metaphor κατενώπιον αὐτοῦ 1 उहाँको सामु यो स्थानको अभिव्यक्तिको अर्थ “परमेश्‍वरको दृष्‍टिकोणमा” वा “परमेश्‍वरको मनमा” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 23 d9kg figs-activepassive τοῦ κηρυχθέντος 1 जुन घोषणा गरिएको थियो जुन विश्‍वासीहरूले घोषणा गरे (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 1 23 q21b ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν 1 स्वर्गमुनि सृष्‍टि गरिएको हरेक व्यक्तिलाई “संसारमा भएका हरेक व्यक्तिलाई”
COL 1 23 g8iq figs-metonymy οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος 1 त्यो सुसमाचार जसको म, पावल सेवक भएँ पावल वास्तवमा परमेश्‍वरका सेवक थिए । वैकल्पिक अनुवादः “त्यो सुसमाचार जसलाई घोषणा गरेर म, पावल परमेश्‍वरको सेवा गर्छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 1 24 rcw3 ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου 1 ख्रीष्‍टका कष्‍टहरूको कमीलाई म मेरो शरीरमा भर्छु पावल उनले निरन्तर भोगिरहेका कष्‍टहरूको बारेमा कुरा गर्छन् । उनले यहाँ स्वीकार गरिरहेका हुन सक्छन् कि ख्रीष्‍ट पुनः फर्कनुभन्दा अगाडि त्यहाँ थुप्रै दुःखभोगहरू छन् जुन उनी र अन्य ख्रीष्‍टिएनहरूले सहनुपर्छ, र एउटा आत्मिक बुझाइमा ख्रीष्‍टले पनि यी कठिनाइहरूमा तिनीहरूसँग भाग लिनुहुन्छ । पावलले निश्‍चय नै यो भनेका होइनन् कि केवल ख्रीष्‍टका दुःखभोगहरू विश्‍वासीहरूलाई उद्धार प्रदान गर्नका निमित्त पर्याप्‍त थिएनन् ।
COL 1 24 fm9y figs-metaphor ἀνταναπληρῶ…ἐν τῇ σαρκί μου 1 म मेरो शरीरमा भर्छु पावलले उनको शरीरको विषयमा त्यो कुनै भाँडो भए झैँ गरेर बताउँछन् जसमा दुःखभोग राख्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 24 mge9 figs-metaphor ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία 1 उहाँको शरीरको खातिर, जुन मण्‍डली हो पावलले धेरैपटक मण्‍डली अर्थात सारा ख्रीष्‍टिएन विश्‍वासीहरूको समूह चाहिँ ख्रीष्‍टको देह भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 25 t6ud figs-metaphor πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ 1 परमेश्‍वरको वचन पूरा गर्न यसको अर्थ परमेश्‍वरको सुसमाचारको उद्देश्यको पूरा हुन ल्याउनु हो, जुन चाहिँ यही हो कि त्यो प्रचार गरियोस् र विश्‍वास गरियोस् । यहाँ “परमेश्‍वरको वचन” चाहिँ परमेश्‍वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले निर्देशन दिनुभएको कुराप्रति आज्ञाकारी हुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 1 26 f3mt figs-activepassive τὸ μυστήριον τὸ ἀποκεκρυμμένον 1 यो गोप्‍य सत्यता हो जुन लुकाइएको थियो यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो गोप्य सत्यता हो जुन परमेश्‍वरले लुकाउनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 1 26 z8gv ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν 1 युगौँयुगसम्‍म र पुस्तौँपुस्तासम्‍म “युगौँयुग” र “पुस्तौँपुस्ता” भन्‍ने शब्दहरूले संसारको सृष्‍टिको समयदेखि लिएर सुसमाचार प्रचार नगरिएको समयसम्‍मको समयावधिलाई जनाउँछ ।
COL 1 26 a9kw figs-activepassive νῦν…ἐφανερώθη 1 अब यो प्रकट भएको छ यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 1 27 c8yb figs-metaphor τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου 1 यस गोप्य सत्यताको महिमाको सम्‍पत्तिहरू पावलले परमेश्‍वरको बारेमा भएको यस गोप्य सत्यताको मूल्यको विषयमा त्यो भौतिक सम्‍पत्तिको धनराशी भए झैँ गरेर बताउँछन् । “धनहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 27 c7ln figs-metaphor Χριστὸς ἐν ὑμῖν 1 ख्रीष्‍ट तिमीहरूमा पावलले विश्‍वासीहरूको विषयमा तिनीहरू वास्तविक भाँडाहरू भए झैँ गरेर बताउँछन् जसभित्र ख्रीष्‍ट हुनुहुन्थ्यो । विश्‍वासीहरूको ख्रीष्‍टसँगको एकतालाई व्यक्त गर्ने उनका तरिकाहरूमध्येमा यो एउटा हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 1 27 mr83 ἡ ἐλπὶς τῆς δόξης 1 महिमाको आशा “ताकि तिमीहरू परमेश्‍वरको महिमामा सहभागी हुनलाई ढुक्‍क भएर अपेक्षा गर्न सक”
COL 1 28 va1x figs-exclusive ἡμεῖς καταγγέλλομεν…παραστήσωμεν 1 हामी घोषणा गर्छौँ ... हामी चेतावनी दिन्छौँ ... हामी सिकाउँछौँ ... हामी प्रतिनिधित्व गर्न सक्छौँ यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 1 28 na8w νουθετοῦντες πάντα ἄνθρωπον 1 हामी हरेक व्यक्तिलाई चेतावनी दिन्छौँ “हामी सबैजनालाई खबरदारी गर्छौँ”
COL 1 28 lyz1 figs-explicit ἵνα παραστήσωμεν πάντα ἄνθρωπον 1 ताकि हामी हरेक व्यक्तिलाई ... प्रस्तुत गर्न सकौँ तिनीहरूले कसको सामु हरेक व्यक्तिलाई प्रस्तुत गर्नेछन् भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि हामी हरेक व्यक्तिलाई परमेश्‍वरको सामु प्रस्तुत गर्न सकौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
COL 1 28 uk2i figs-metaphor τέλειον 1 पूर्ण पूर्ण हुनु भनेको आत्मिक तवरमा परिपक्व हुनुको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा परिपक्‍व” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 intro p3uc 0 # कलस्‍सीहरू ०२ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### खतना र बप्‍तिस्मा
पदहरू ११-१२ मा, ख्रीष्‍टिएनहरू ख्रीष्‍टसँग कसरी एक छन् र पापबाट मुक्त भएका छन् भनेर देखाउनको लागि पावलले पुरानो करारको खतनाको चिन्ह र नयाँ करारको बप्‍तिस्मा चिन्ह दुवैलाई प्रयोग गर्छन् ।

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### शरीर

यो एउटा जटिल विषय हो । सम्भवतः “शरीर” भनेको हाम्रो पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण छ भनेर पावलले सिकाइरहेका छैनन् । पावलले यस्तो सिकाइरहेका जस्तो देखिन्छ कि, जबसम्‍म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गरिरहने छौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । पावलले यस अध्यायमा “शरीर” शब्दलाई भौतिक देहलाई जनाउन पनि प्रयोग गर्छन् ।

### अन्तर्निहित जानकारी
पावलले यस अध्यायमा थुप्रै विषयहरूलाई उल्‍लेख गर्छन् जसले कलस्‍सेमा भएको मण्‍डलीको अवस्थाको बारेमा रहेको जानकारी दिन्छन् । वास्तविक विस्तृत विवरणहरूको विषयमा खण्‍डलाई अनिश्‍चित रहन दिन नै बेस हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
COL 2 1 tt6v 0 जोड्ने कथनः पावलले कलस्सी र लाउडिकियामा भएका विश्‍वासीहरूलाई ख्रीष्‍ट परमेश्‍वर हुनुहुन्छ र उहाँ विश्‍वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्नलाई प्रोत्साहन गरिरहेका छन्, यसैकारण तिनीहरूले त्यसरी नै जिउनुपर्छ जसरी तिनीहरूले उहाँलाई ग्रहण गरे ।
COL 2 1 dqg5 ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν 1 मैले तिमीहरूको निम्ति कति ठूलो सङ्घर्ष गरेको छु तिनीहरूको शुद्धता र सुसमाचारको बुझाइलाई विकास गर्न पावलले धेरै परिश्रम गरेका छन् ।
COL 2 1 fn4z τῶν ἐν Λαοδικίᾳ 1 लाउडिकियामा भएकाहरू यो कलस्सेको धेरै नजिकैमा रहेको सहर थियो जहाँ एउटा मण्डली पनि थियो जसको लागि पावलले प्रार्थना गरिरहेका थिए ।
COL 2 1 rj7d figs-synecdoche ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί 1 ती सबै जसले मेरो अनुहार आमने सामने देखेका छैनन् यहाँ “अनुहार”ले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू सबै जसले मलाई व्यक्तिगत रूपमा भेटेका छैनन्” वा “तिनीहरू सबै जसलाई मैले आमने सामने कहिल्यै भेटेको छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
COL 2 2 ge1w figs-pronouns ἵνα…αἱ καρδίαι αὐτῶν 1 ताकि तिनीहरूका हृदयहरू पावलले बेग्‍लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-pronouns]])
COL 2 2 a4px συμβιβασθέντες 1 एकसाथ ल्याइएर यसको अर्थ एकसाथ घनिष्‍ठ सम्बन्धमा ल्याइएको भन्‍ने हुन्छ ।
COL 2 2 kdg8 figs-metaphor πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως 1 समझको पूर्ण निश्‍चयताको सबै सम्पत्तिहरू सुसन्देश सत्य छ भनी पूर्णतया पक्‍का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 2 qgi2 τοῦ μυστηρίου τοῦ Θεοῦ 1 परमेश्‍वरको गोप्‍य सत्यता यो केवल परमेश्‍वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो ।
COL 2 2 v13e Χριστοῦ 1 अर्थात् ख्रीष्‍ट येशू ख्रीष्‍ट परमेश्‍वरद्वारा प्रकट गरिनुभएको गोप्‍य सत्यता हुनुहुन्छ ।
COL 2 3 w74d figs-activepassive ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι 1 उहाँमा बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू लुकाइएको छन् केवल ख्रीष्‍टले मात्र परमेश्‍वरको सत्य बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बुद्धि र ज्ञानका सबै सम्पत्तिहरूलाई ख्रीष्‍टमा लुकाउनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 2 3 w4mr figs-metaphor οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως 1 बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू पावलले परमेश्‍वरको बुद्धि र ज्ञानको विषयमा तिनीहरू भौतिक धनहरू भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “धेरै बहुमूल्य बुद्धि र ज्ञान” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 3 vd98 figs-doublet τῆς σοφίας καὶ γνώσεως 1 बुद्धि र ज्ञान यहाँ यी शब्दहरूको आधारभूत रूपमा उस्तै अर्थ हुन्छ । सबै आत्मिक समझ ख्रीष्‍टबाट आउँछ भन्‍ने कुरालाई जोड दिनका लागि पावलले यहाँ तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
COL 2 4 j8di παραλογίζηται 1 छल्‍नु यसको अर्थ कसैलाई केही कुरामा विश्‍वास गर्न लगाउनु हो जुन सत्य होइन, ताकि त्यो व्यक्ति त्यो विश्‍वासमा चलोस्, र फलस्‍वरूप हानी भोगोस् ।
COL 2 4 y4r3 πιθανολογίᾳ 1 बहकाउने बोली यस्तो बोली जसले कुनै व्यक्तिलाई फरक तरिकाले सोच्‍ने बनाउनेछ
COL 2 5 g1rp figs-metonymy τῇ σαρκὶ ἄπειμι 1 तिमीहरूसँग शरीरमा छैन व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 2 5 bz56 figs-idiom τῷ πνεύματι σὺν ὑμῖν εἰμι 1 म तिमीहरूसँग आत्मामा छु कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
COL 2 5 ev9p τὴν τάξιν 1 सुव्यवस्था उचित तरिकाले कुराहरू गर्ने
COL 2 5 hth1 τὸ στερέωμα…πίστεως ὑμῶν 1 तिमीहरूको विश्‍वासको सामर्थ्य “कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्‍वास गर्नदेखि रोक्‍न सक्दैन”
COL 2 6 m3f1 figs-metaphor ἐν αὐτῷ περιπατεῖτε 1 उहाँमा हिँड्नु कुनै बाटोमा हिँड्नु भनेको कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुराको लागि अलङ्कार हो । “उहाँमा” भन्‍ने शब्दले ख्रीष्‍टसँग नजिकको सम्बन्धमा हुनु र उहाँलाई मनपर्दो कुराहरू गर्नुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँले चाहनुभएअनुसार तिमीहरूको जीवन जिओ” वा “जिओ ताकि मानिसहरूले देखून् कि तिमीहरू उहाँका हौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 7 e2x6 figs-idiom ἐρριζωμένοι…ἐποικοδομούμενοι ἐν αὐτῷ…βεβαιούμενοι τῇ πίστει…περισσεύοντες ἐν εὐχαριστίᾳ 1 बलियोसँग जरा गाडिएका होओ ... निर्माण भएका होओ ... स्थापित भएका होओ ... प्रशस्त होओ यी शब्दहरूले “उहाँमा हिँड्नु” भनेको के हो भनेर व्याख्या गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
COL 2 7 fw47 figs-metaphor ἐρριζωμένοι 1 उहाँमा जरा गाडेका होओ पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पक्‍का जमिनमा गहिरो गरी जरा हालेर बढ्दै गरेको कुनै रूख हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 7 tb5m figs-metaphor ἐποικοδομούμενοι ἐν αὐτῷ 1 उहाँमा निर्माण भएका होओ पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै भवन हो जसको बलियो जग छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 7 yh83 βεβαιούμενοι τῇ πίστει 1 विश्‍वासमा स्थापित भएका होओ “सबै कुराको लागि येशूमा भरोसा गर”
COL 2 7 l1is καθὼς ἐδιδάχθητε 1 जसरी तिमीहरूलाई सिकाइएको थियो यसलाई शिक्षकको नाम नदिइकन वा अन्य किसिमले तिनमा ध्यानाकर्षण नगराइकन उल्‍लेख गर्दा बेस हुन्छ, जो खासमा इपाफ्रास थिए ([कलस्‍सीहरू १:७](../01/07.md)) । वैकल्‍पिक अनुवादः “ठीक जसरी तिमीहरूले सिक्‍यौ” वा “ठीक जसरी तिनीहरूले तिमीहरूलाई सिकाए” वा “ठीक जसरी उनले तिमीहरूलाई सिकाए”
COL 2 7 j47d figs-metaphor περισσεύοντες ἐν εὐχαριστίᾳ 1 धन्यवाद दिने कुरामा प्रशस्त होओ पावलले धन्यवाद दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो वस्तुहरू हो जसलाई कोही व्यक्तिले थुप्रै परिमाणमा पाउन सक्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरप्रति धेरै धन्यवादी होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 8 cbw5 0 जोड्ने कथनः पावलले विश्‍वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्‍नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्‍वासीहरूसँग ख्रीष्‍टमा भएको परमेश्‍वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।
COL 2 8 lm1v 1 हेर कि “यो पक्‍का गर कि”
COL 2 8 ga9l figs-metaphor ὑμᾶς ἔσται ὁ συλαγωγῶν 1 तिमीहरूलाई पक्रन्छ कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्‍वास गर्न सक्ने (किनभने तिनीहरूले झूटा कुराहरूलाई विश्‍वास गर्छन् वा गलत थोकहरूलाई प्रेम गर्छन्) तरिकाको विषयमा यसरी बताउँछन् कि मानौँ कसैले त्यो व्यक्तिको शरीरलाई पक्रेको थियो र बलजफ्‍तीसँग समातेर राखेको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 8 p3vx τῆς φιλοσοφίας 1 दर्शनशास्‍त्र धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्‍वरको वचनबाटका होइनन् तर परमेश्‍वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्
COL 2 8 t8xx figs-metaphor κενῆς ἀπάτης 1 खोक्रो छल केही पनि ननिकाल्‍ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 8 l9jt τὴν παράδοσιν τῶν ἀνθρώπων…τὰ στοιχεῖα τοῦ κόσμου 1 मानिसहरूका परम्पराहरू ... संसारका तत्त्वहरू दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्‍टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्‍नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।
COL 2 9 ahq5 ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς 1 उहाँमा परमेश्‍वरको सारा पूर्णता शरीरमा वास गर्दछ “परमेश्‍वरको पूर्ण स्वभाव ख्रीष्‍टमा शारीरिक रूपमा वास गर्दछ”
COL 2 10 lbk7 figs-metaphor ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι 1 तिमीहरू उहाँमा भरिएका छौ पावलले मानिसहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरेर बताउँछन् जसमा परमेश्‍वरले ख्रीष्‍टलाई राख्‍नुभयो । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टमा पूर्ण बनाइएका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 10 je36 figs-metaphor ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας 1 जो हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ ख्रीष्‍ट अरू हरेक शासकमाथि शासक हुनुहुन्छ (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 11 xeq7 figs-metaphor ἐν ᾧ καὶ περιετμήθητε 1 उहाँमा नै तिमीहरूको खतना पनि भएको थियो पावल ख्रीष्‍टका भएकाहरूको विषयमा तिनीहरू ख्रीष्‍टको शरीरभित्र भए झैँ गरेर बताइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले बप्‍तिस्मामा मण्‍डलीसँग जोडियौ, परमेश्‍वरले तिमीहरूको खतना गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 2 11 ii43 figs-metaphor περιτομῇ ἀχειροποιήτῳ 1 एउटा खतना जुन मानिसहरूद्वारा गरिएको होइन यस अलङ्कारको साथमा, पावलले भन्छन् कि परमेश्‍वरले विश्‍वासीहरूलाई आफ्‍नो लागि त्यस किसिमले ग्रहणयोग्‍य बनाउनुभएको छ जसले उहाँलाई खतनाको सम्झना गरायो, एउटा समारोह जसद्वारा हिब्रू छोरा शिशुहरूलाई इस्राएलको समुदायमा सामेल गराइन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 12 ln8e figs-metaphor συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ 1 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ पावलले बप्‍तिस्मा लिने र विश्‍वासीहरूको सभामा सामेल हुने कुराको विषयमा त्यो चाहिँ ख्रीष्‍टसँगै गाडिने कुरा भए झैँ गरेर बताउँछन् । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै गाड्नुभयो जब तिमीहरू बप्‍तिस्मामा मण्‍डलीमा सामेल भयौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 2 12 g1rq figs-metaphor ἐν ᾧ…συνηγέρθητε 1 उहाँमा नै तिमीहरू बिउँताइएका थियौ यस अलङ्कारको साथमा, पावलले विश्‍वासीहरूको नयाँ आत्मिक जीवनको विषयमा कुरा गर्छन्, जुन सम्भव भयो किनभने परमेश्‍वरले ख्रीष्‍टलाई फेरि जीवित पार्नुभयो । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरूले आफैँलाई ख्रीष्‍टमा सामेल गराएका छौ, परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभएको छ” वा “उहाँमा परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 2 12 rec6 figs-idiom συνηγέρθητε 1 तिमीहरूलाई बिउँताइयो यहाँ बिउँताउनु भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्‍ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभयो” वा “परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-idiom]])
COL 2 13 v6vi figs-metaphor ὑμᾶς νεκροὺς ὄντας 1 जब तिमीहरू मृत थियौ पावलले परमेश्‍वरलाई प्रतिक्रिया जनाउन नसक्‍ने अवस्थाको विषयमा त्यो मृत्यु नै भए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “जब तिमी कलस्‍सी विश्‍वासीहरू परमेश्‍वरलाई जवाफ दिन असक्षम थियौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 13 f9ms figs-metaphor ὑμᾶς νεκροὺς ὄντας…συνεζωοποίησεν ὑμᾶς 1 तिमीहरू मरेका थियौ ... उहाँले तिमीहरूलाई जीवित पार्नुभयो यस अलङ्कारको साथमा, पावलले नयाँ आत्मिक जीवनमा आउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ पुनः शारीरिक रूपमा जीवनमा आउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 13 wh4z νεκροὺς…ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν 1 तिमीहरूका अपराधहरूमा र तिमीहरूको शरीरको बेखतनामा मरेका तिमीहरू दुईवटा लेखाको लागि मरेका थियौः १) ख्रीष्‍टको विरुद्धमा पापको जीवन जिउँदै तिमीहरू आत्मिक रूपमा मरेका थियौ र २) तिमीहरू मोशाको व्यवस्था अनुसार खतना भएका थिएनौ ।
COL 2 13 k2hw χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα 1 हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो “उहाँले हामीलाई, हामी यहूदीहरू र तिमी अन्यजातिहरू दुवैलाई, हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो”
COL 2 14 w22z figs-metaphor ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν 1 उहाँले हाम्रा विरुद्धमा भएका लिखित तमसुकहरूलाई रद्द गरिदिनुभयो परमेश्‍वरले हाम्रा पापहरू माफ गरिदिनुभएको तरिकाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो त्यस्तो तरिका हो जसअनुसार कोही व्यक्तिले, जसलाई धेरै मानिसहरूले पैसा र सामानहरू दिनुपर्ने थियो, ती ऋृणहरूको अभिलेखलाई नष्‍ट गर्छन् ताकि तिनीहरूले उनलाई फिर्ता तिर्न पर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 15 gh24 figs-metaphor ἐδειγμάτισεν ἐν παρρησίᾳ 1 तिनीहरूलाई सार्वजनिक रूपमा तमाशा बनाउनुभयो रोमी समयहरूमा, रोमी सेनाले तिनीहरूले कब्‍जा गरेका सारा केदीहरू र तिनीहरूले प्राप्‍त गरेका सबै मालसामानहरूलाई प्रदर्शन गर्दै तिनीहरू घर फर्कँदा विजयको र्‍याली गर्नु भनेको तिनीहरूको लागि सामान्य प्रचलन थियो । परमेश्‍वर दुष्‍ट शक्तिहरू र अधिकारहरू उपर विजयी हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 15 cg37 figs-metonymy ἐν αὐτῷ 1 क्रूसद्वारा यहाँ “क्रूस”को अर्थ क्रूसमा भएको ख्रीष्‍टको मृत्यु हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 2 16 cii9 ἐν βρώσει, καὶ ἐν πόσει 1 खान र पिउनमा कसैले के-के खान र पिउन हुन्छ भन्‍ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”
COL 2 16 b4kd ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ Σαββάτων 1 भोजको दिन वा पूर्णिमाको दिनको बारेमा, अथवा विश्रामको दिनको बारेमा मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्‌ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”
COL 2 17 ip3a figs-metaphor ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ 1 यिनीहरू आउने थोकहरूका छायाँ हुन्, तर वास्तविक वस्तु चाहिँ ख्रीष्‍ट हुनुहुन्छ एउटा छायाँले कुनै वस्तुको अस्पष्‍ट आकारलाई देखाउँछ, तर त्यो आफैँ चाहिँ वस्तु होइन । त्यसै गरी, चाडहरू, उत्सवहरू, र विश्रामको दिनले हामीलाई परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुने थियो भनेर देखाउँछन्, तर ती कुराहरूले मानिसहरूलाई बचाउँदैनन् । उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “यिनीहरू के हुनेछ भन्‍ने कुराको छायाँ जस्तो हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” वा “यिनीहरू आउनुहुने उद्धारकर्ताको छायाँ जस्तो हुन्, तर उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 18 zv2t figs-metaphor μηδεὶς ὑμᾶς καταβραβευέτω 1 कसैले पनि तिमीहरूलाई ... इनाम गुमाउने नतुल्याओस् यहाँ पावलले झूटा शिक्षकहरूलाई यसरी जनाउँछन् कि मानौँ तिनीहरू कुनै खेलकूदको प्रतिस्पर्धामा भएका भ्रष्‍ट न्यायाधीशहरू थिए जसले विश्‍वासीहरूलाई तिनीहरूले पाउनुपर्ने पुरस्कारहरू जित्‍नबाट अन्यायोचित रूपमा अयोग्‍य ठहराउँछन्, र ख्रीष्‍टले कोही व्यक्तिलाई उद्धार गर्नुभएको कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ख्रीष्‍टले त्यस किसिमको प्रतिस्पर्धाको विजेतालाई पुरस्कार दिनुभएको हो । वैकल्‍पिक अनुवादः “कसैले पनि तिमीहरूलाई ... इनाम जित्‍नबाट अयोग्‍य नठहराओस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 18 b5ce figs-metonymy θέλων ἐν ταπεινοφροσύνῃ 1 जो नम्रतालाई चाहन्छ “नम्रता” शब्द ती कार्यहरूको लागि प्रतिस्थापन शब्द हो जुन कार्यहरू कोही व्यक्तिले अरूहरूलाई आफू नम्र रहेको ठान्‍ने बनाउनको लागि गर्छ । वैकल्‍पिक अनुवादः “जसले तिमीहरूले ती कुराहरू गरेको चाहन्छ जसले देखाउँछ कि तिमीहरू नम्र छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 2 18 kn5d figs-metaphor ἃ ἑόρακεν ἐμβατεύων 1 उसले देखेका कुराहरूमा प्रवेश गर्छ यहाँ पावलले ती मानिसहरूको बारेमा बताउँछन् जसले परमेश्‍वर‍बाट सपनाहरू र दर्शनहरू पाएको दाबी गर्छन् र जसले तिनीहरूको बारेमा घमण्‍डसँग कुरा गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 18 p7q4 figs-activepassive εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ 1 उसको अभिलाषी विचारद्वारा घमण्डले फुल्‍छ यहाँ पावल भन्छन् कि पापपूर्ण सोचाइहरूले एउटा व्यक्तिलाई घमण्डी बनाउँछ । वैकल्‍पिक अनुवादः “उसको अभिलाषी सोचाइको माध्यमद्वारा आफैँलाई घमण्डले फुलाउँछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 2 18 wp42 figs-metaphor φυσιούμενος 1 फुलेको यहाँ घमण्ड गर्ने कोही व्यक्तिको विषयमा ऊ कुनै वस्तु भए झैँ गरेर बताइएको छ जसलाई कसैले त्यो हुनुपर्नेभन्दा बढी ठूलो बनाउन त्यसभित्र हावा भरिदिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 18 if94 figs-metaphor τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ 1 उसको अभिलाषी सोचाइ यहाँ अभिलाषाको अर्थ पापपूर्ण मानव स्वाभाव हुन्छ । “पापपूर्ण विचारहरू जुन उसले स्वाभाविक रूपमा सोच्‍छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 19 m2dz figs-metaphor οὐ κρατῶν τὴν κεφαλήν 1 उसले शिरलाई समात्दैन ख्रीष्‍टमा भरोसा नगर्ने व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ उसले शिरलाई बलियो गरी पक्रँदैन । ख्रीष्‍टको विषयमा यसरी बताइएको छ कि मानौँ उहाँ कुनै शरीरको शिर हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “उसले ख्रीष्‍टलाई बलियोसँग पक्रँदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” वा “ऊ ख्रीष्‍टसँग टाँसिदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 19 r4ca figs-metaphor ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον 1 यो शिरबाट हो कि सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गरिन्छ र एकसाथ गाँसिन्छ पावलले मण्‍डलीको विषयमा कुरा गर्छन्, जुन ख्रीष्‍टद्वारा राह गरिएको र सामर्थ्य प्रदान गरिएको हुन्छ, मानौँ त्यो कुनै मानव शरीर हो । वैकल्‍पिक अनुवादः “यो शिरबाट नै हो कि परमेश्‍वर‍ले सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गर्नुहुन्छ र एकसाथ गाँस्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 20 yg7h figs-metaphor εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου 1 यदि संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मर्‍यौ भने यस अलङ्कारको साथमा, पावल एक विश्‍वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्‍टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्‍ट मर्नुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्‍ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्‍वरलाई प्रतिक्रिया जनाउन सक्‍ने अवस्थामा फर्किआएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 2 20 uu77 ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε 1 संसारप्रति समर्पित भए जस्तै गरेर जिउनु “संसारका चाहनाहरूलाई तिमीहरूले मान्‍नुपर्छ भनेर सोच्‍नु”
COL 2 20 fe1k figs-metonymy τοῦ κόσμου 1 संसार संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्‍छाहरू, र अनुमानहरू (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 2 21 v9e7 0 जोड्ने कथनः पद २० मा भएको “किन तिमीहरू यस संसारप्रति समर्पित भए जस्तै गरेर जिउँछौ” भन्‍ने शब्दहरूका साथमा सुरु हुने आलङ्कारिक प्रश्‍नको यहाँ अन्त हुन्छ ।
COL 2 21 b392 μὴ ἅψῃ! μηδὲ γεύσῃ! μηδὲ θίγῃς! 1 “नचलाओ, नता चाख, नता छोओ” ? अरू मानिसहरूले कलस्‍सीहरूलाई भनिरहेका कुराहरूलाई पावलले उद्‌धृत गरिरहेका छन् । “तिमीहरू तिनीहरूलाई किन विश्‍वास गर्छौ जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’ ?” वा “तिमीहरूले तिनीहरूको आज्ञापालन गर्नुहुँदैन जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’”
COL 2 23 y2dc ἅτινά…λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ, ἀφειδίᾳ σώματος 1 यी नियमहरूमा आफैँले बनाएका धर्म र नम्रता र शरीरलाई शास्‍ती दिने कुराको ज्ञान हुन्छन् “यी नियमहरू अविश्‍वासी मानिसहरूलाई बुद्धिमान् लाग्‍छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्‍नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्”
COL 2 23 e7p5 ἐστιν…οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός 1 शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मूल्य हुँदैन “तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्‍न तिमीहरूलाई सहायता गर्दैनन्”
COL 3 intro qtl2 0 # कलस्‍सी ०३ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

यस पत्रको दोस्रो भाग एफिसीहरू ५ र ६ सँग मेल खान्छ ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### पुरानो र नयाँ व्यक्ति
पुरानो र नयाँ व्यक्तिको अर्थ पुरानो र नयाँ मानिस भन्‍नु झैँ हो । “पुरानो मानिस” भन्‍ने कुराले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जसमा कोही एक व्यक्ति जन्मेको हुन्छ । “नयाँ मानिस” भनेको चाहिँ नयाँ स्वभाव वा नयाँ जीवन हो जुन परमेश्‍वरले कोही व्यक्ति ख्रीष्‍टमा विश्‍वास गर्न आइसकेपछि उसलाई दिनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/sin]] अनि [[rc://ne/tw/dict/bible/kt/faith]])

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### चरित्र
पावलले उनका पाठकहरूलाई पछ्याउन वा पन्‍छाउनलाई भनेका धेरैजसो कुराहरू क्रियाकलापहरू होइनन् तर चारित्रिक गुणहरू हुन् । यसकारंण, तिनीहरूलाई अनुवाद गर्न कठिन हुन सक्‍छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

### “माथिका कुराहरू”

परमेश्‍वर वास गर्नुहुने स्थानलाई धेरैपटक “माथि” अवस्थित रहेको भनेर चित्रण गरिएको छ । “माथिका कुराहरूलाई खोज्‍न” र “माथिका कुराहरूको बारेमा सोच्‍न”का लागि पावलले बताउँछन् । उनले बताउन खोजिरहेका छन् कि ख्रीष्‍टिएनहरूले स्वर्गीय र ईश्‍वरीय थोकहरूलाई खोज्‍नुपर्छ र तिनीहरूको बारेमा विचार गर्नुपर्छ ।
COL 3 1 ya97 0 जोड्ने कथनः तिनीहरू ख्रीष्‍टसँग एक भएका कारण तिनीहरूले केही निश्‍चित कुराहरू गर्नुहुँदैन भनेर पावलले चेतावनी दिन्छन् ।
COL 3 1 r5yh figs-idiom εἰ οὖν 1 यदि त्यसोभए यो एउटा वाक्‍पद्धति हो जसको अर्थ “किनभने” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
COL 3 1 t1jv figs-idiom συνηγέρθητε τῷ Χριστῷ 1 परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै बिउँताउनुभएको छ यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने एउटा वाक्‍पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्‍वरले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, परमेश्‍वरले कलस्‍सीमा भएका विश्‍वासीहरूलाई अघिबाट नै नयाँ आत्मिक जीवन दिनुभएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई नयाँ जीवन दिनुभएको छ किनभने तिमीहरू ख्रीष्‍टका हौ” वा २) किनभने परमेश्‍वरले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, कलस्‍सीमा भएका विश्‍वासीहरूले जान्‍न सक्‍छन् कि तिनीहरू मरिसकेपछि तिनीहरू ख्रीष्‍टसँगै जिउनेछन्, र विश्‍वासीहरू पुनः जीवित हुने कुराको विषयमा त्यो पहिले नै भइसकेको छ भने झैँ गरेर पावलले भन्‍न सक्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू पक्‍का हुन सक्‍छौ कि परमेश्‍वरले तिमीहरूलाई जीवन दिनुहुनेछ जसरी उहाँले उहाँले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-pastforfuture]] अनि [[rc://ne/ta/man/translate/figs-idiom]])
COL 3 1 p3fw τὰ ἄνω 1 माथिका कुराहरू “स्वर्गमा भएका थोकहरू”
COL 3 3 l9yk figs-metaphor ἀπεθάνετε γάρ 1 किनकि तिमीहरू ... मरेका छौ किनकि ख्रीष्‍ट वास्तवमै मर्नुभयो, त्यसैले कलस्सी विश्‍वासीहरू पनि ख्रीष्‍टसँग मरेकाहरूको रूपमा परमेश्‍वरले तिनीहरूलाई गन्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 3 gkz6 figs-metaphor ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ 1 तिमीहरूको जीवन ख्रीष्‍टसँगै परमेश्‍वरमा लुकेको छ पावलले मानिसहरूको जीवनको विषयमा यसरी बताउँछन् कि मानौँ ती वस्तुहरू हुन् जुन बाकसहरूमा राख्‍न सकिन्छ र परमेश्‍वरको विषयमा उहाँ कुनै बाकस हुनुभए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “यो यस्तो हो कि मानौँ परमेश्‍वरले तिमीहरूको जीवन लिनुभएको छ र त्यसलाई परमेश्‍वरको उपस्थितिमा ख्रीष्‍टमा लुकाउनुभयो” वा २) “तिमीहरूको साँचो जीवन के हो भनेर केवल परमेश्‍वरले मात्र जान्‍नुहुन्छ, र उहाँले त्यसलाई तब प्रकट गर्नुहुनेछ जब उहाँले ख्रीष्‍टलाई प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 4 n4nj figs-metonymy ἡ ζωὴ ὑμῶν 1 जो तिमीहरूको जीवन हुनुहुन्छ ख्रीष्‍ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले विश्‍वासीलाई आत्मिक जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 5 p9w9 ἀκαθαρσίαν 1 अशुद्धता अशुद्ध आचरण
COL 3 5 e65k πάθος 1 उत्‍कट चाहना बलियो, अभिलाषी चाहना
COL 3 5 h5v4 τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία 1 लोभ, जुनचाहिँ मूर्तिपूजा हो “लोभ, जुन चाहिँ मूर्तिपूजा जस्तै हो” वा “लोभी नहोओ किनभने त्यो मूर्तिपूजा गर्नु जस्तै हो”
COL 3 6 s9lm ἡ ὀργὴ τοῦ Θεοῦ 1 परमेश्‍वरको क्रोध दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन उहाँले गर्नुहुने कुराद्वारा देखाइएको तिनीहरूको विरुद्धमा भएको परमेश्‍वरको क्रोध ।
COL 3 7 p4q8 figs-metaphor ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε 1 यो यिनै कुराहरूमा हो जसमा तिमीहरू पनि एकसमय हिँड्थ्यौ कोही व्यक्तिले गर्ने व्यवहारको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै सडक वा मार्ग हो जसमा एक व्यक्ति हिँड्छ । वैकल्‍पिक अनुवादः “यी ती कुराहरू हुन् जुन तिमीहरूले गर्ने गर्थ्यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 7 s824 figs-metaphor ὅτε ἐζῆτε ἐν τούτοις 1 जब तिमीहरू तिनमा जिउँथ्यौ सम्भावित अर्थहरू हुन् १) “जब तिमीहरूले ती कुराहरूको अभ्यास गर्थ्यौ” वा २) “जब तिमीहरू परमेश्‍वरको अनाज्ञापालन गर्ने मानिसहरूको माझमा रहन्थ्यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 8 d3wr κακίαν 1 दुष्‍ट अभिप्रायहरू “दुष्‍ट कामहरू गर्ने इच्‍छा”
COL 3 8 lgz1 βλασφημίαν 1 निन्दाहरू अरूहरूलाई चोट लाउन भनिएका कुराहरू
COL 3 8 f59z αἰσχρολογίαν 1 फोहोर बोली नम्र बोलचालमा नमिल्ने शब्दहरू
COL 3 8 n23c figs-metonymy ἐκ τοῦ στόματος ὑμῶν 1 तिमीहरूको मुखबाट यहाँ “मुख” भनेको कुराकानीको लागि एक प्रतिस्‍थापन शब्द हो । “तिमीहरूको कुराकानीमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 9 c6tk 0 जोड्ने कथनः पावलले विश्‍वासीहरूलाई कसरी जिउने भनेर बताउनलाई निरन्तरता दिन्छन् र तिनीहरूलाई सम्‍झाउँछन् कि ख्रीष्‍टिएनहरूले सबैजनालाई एउटै मापदण्‍ड अनुसार व्यवहार गर्नुपर्छ ।
COL 3 9 vsd8 figs-metaphor ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 1 तिमीहरूले पुरानो मानिसलाई त्यसका अभ्यासहरूसहित निकालेका छौ, र नयाँ मानिसलाई धारण गरेका छौ यहाँ पावलले एक ख्रीष्‍टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्‍ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्‍त्र लगाउनलाई पुरानो वस्‍त्र फ्याँकेको जस्‍तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 10 brx6 figs-metaphor καὶ ἐνδυσάμενοι τὸν νέον 1 र तिमीहरूले नयाँ मानिसलाई धारण गरेका छौ यहाँ पावलले एक ख्रीष्‍टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्‍ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्‍त्र लगाउनलाई पुरानो वस्‍त्र फ्याँकेको (पद ९) जस्‍तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 10 d15v figs-metonymy εἰκόνα 1 चित्रण यसले येशू ख्रीष्‍टलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 11 t2w2 figs-metonymy οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος 1 त्यहाँ कुनै ग्रीक र यहूदी, खतना र बेखतना, असभ्य, सिथियन, कमारा, फुक्‍का छैन यी नामावलीहरू मानिसहरूका वर्गहरूका उदाहरणहरू हुन् जुन परमेश्‍वरको लागि कुनै अर्थका हुँदैनन् भनी पावल बताउँछन् । परमेश्‍वरले हरेक व्यक्तिलाई एउटै दृष्‍टिले हेर्नुहुन्छ, र जात, धर्म, राष्‍ट्रियता, वा सामाजिक स्तर अनुसार हेर्नुहुँदैन । वैकल्‍पिक अनुवादः “जात, धर्म, संस्कृति, र सामाजिक स्तरको मतलब हुँदैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 11 vt4t βάρβαρος 1 असभ्य एक विदेशी जसलाई स्थानीय चलनचल्‍तीको बारेमा ज्ञान छैन
COL 3 11 n7by Σκύθης 1 सिथियन यो रोमी साम्राज्यभन्दा बाहिर रहेको सिथिया देशबाटको कोही व्यक्ति हो । ग्रीकहरू र रोमीहरूले यो शब्द कोही एउटा व्यक्तिको लागि प्रयोग गर्थे जो त्यस्‍तो एउटा ठाउँमा हुर्केको हुन्थ्यो जहाँ सबैजनाले सधैँ दुष्‍ट कुराहरू मात्रै गर्ने गर्थे ।
COL 3 11 i964 figs-explicit ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός 1 ख्रीष्‍ट नै सबथोक हुनुहुन्छ, र सबैथोकमा हुनुहुन्छ कुनै पनि कुरा ख्रीष्‍टको शासनबाट छुटको छैन वा त्यसभन्दा बाहिर छोडिएको छैन । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ र उहाँका सबै मानिसहरूमा रहनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
COL 3 12 b5ti figs-activepassive ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι 1 परमेश्‍वरका चुनिएकाहरूको रूपमा, पवित्र र प्रिय यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूको रूपमा जसलाई परमेश्‍वरले आफ्‍नै लागि चुन्‍नुभएको छ, जसले केवल उहाँको लागि जिएको उहाँले देख्‍न चाहनुहुन्छ, र जसलाई उहाँले प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
COL 3 12 d217 figs-metaphor ἐνδύσασθε…σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν 1 करुणा, दया, दीनता, नम्रता, र धैर्यको हृदय धारण गर “हृदय” भनेको भावनाहरू र स्वभावहरूको लागि अलङ्कार हो । यहाँ यसको विषयमा यसरी बताइएको छ कि मानौँ यससँग केही निश्‍चित भावनाहरू र स्वभावहरू छ, र मानौँ यो कुनै पहिरने वस्‍त्र हो । वैकल्‍पिक अनुवादः “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी हृदय राख” वा “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी बन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 13 r8iy ἀνεχόμενοι ἀλλήλων 1 एक अर्कालाई सहो “एक अर्कासँग धीरजी होओ” वा “एक अर्कालाई स्वीकार गर जब तिमीहरूले एक अर्कालाई निराश पार्छौ”
COL 3 13 rts1 χαριζόμενοι ἑαυτοῖς 1 एक अर्काप्रति कृपालु होओ “तिमीहरूले तिनीहरूलाई गर्नुपर्ने भन्दा बढी असल तरिकाले एक अर्कालाई व्यवहार गर”
COL 3 13 p474 figs-abstractnouns πρός…ἔχῃ μομφήν 1 ... विरुद्धमा केही गुनासो छ भाववाचक नामपद शब्‍द “गुनासो”लाई “गुनासो गर्नु” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... विरुद्धमा गुनासो गर्ने केही कारण छ भने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
COL 3 14 x5g8 figs-metaphor τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος 1 प्रेम धारण गर, जुन सिद्धताको बन्धन हो यहाँ “सिद्धताको बन्धन” भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जसले मानिसहरूको माझमा सिद्ध एकता ल्याउँछ । वैकल्‍पिक अनुवादः “एक अर्कालाई प्रेम गर किनभने यसले तिमीहरूलाई पूर्ण रूपले एकसाथ बाँध्‍नेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 15 hdg5 figs-metonymy ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν 1 ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयहरूमा राज गरोस् ख्रीष्‍टले दिनुहुने शान्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै शासक हो । सम्‍भावित अर्थहरू हुन् १) “सबैथोक गर ताकि तिमीहरूसँग एक अर्काको बीचमा शान्तिपूर्ण सम्बन्ध हुन सकोस्” वा २) “परमेश्‍वरलाई तिमीहरूको हृदयमा शान्ति दिन देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 15 i9hg figs-metonymy ἐν ταῖς καρδίαις ὑμῶν 1 तिमीहरूका हृदयहरूमा यहाँ “हृदयहरू” भनेको मानिसहरूका मनहरू वा भित्री व्यक्तित्वको प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनहरूमा” वा “तिमीहरूभित्र” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 16 w9dv figs-metaphor ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν 1 ख्रीष्‍टको वचनले तिमीहरूमा वास गरोस् पावल ख्रीष्‍टको वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कोही व्यक्ति हो जो अरू मानिसहरूभित्र वास गर्नलाई सक्षम थियो । यहाँ “ख्रीष्‍टको वचन” भनेको ख्रीष्‍टका शिक्षाहरूका लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टका निर्देशनहरूप्रति आज्ञाकारी होओ” वा “ख्रीष्‍टका प्रतिज्ञाहरूलाई सधैँ भरोसा गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 16 h5k9 νουθετοῦντες ἑαυτοὺς 1 एक अर्कालाई अर्ती देओ “एक अर्कालाई होशियार गराओ र उत्साह देओ”
COL 3 16 ubi5 ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς 1 भजन, स्तुति र आत्मिक गानहरूसँग “परमेश्‍वरलाई प्रशंसा गर्ने सबै किसिमका गीतहरूको साथ”
COL 3 16 cnj1 figs-metonymy ἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν 1 तिमीहरूका हृदयमा धन्यवादीपनको साथमा गाओ यहाँ “हृदयहरू” भनेको मानिसहरूका मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनहरूमा धन्यवादीपनको साथमा गाओ” वा “गाओ र धन्यवादी होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 17 g8p8 ἐν λόγῳ ἢ ἐν ἔργῳ 1 बोलीमा वा काममा “भनाइमा वा काम गर्नमा”
COL 3 17 uix9 figs-metonymy ἐν ὀνόματι Κυρίου Ἰησοῦ 1 प्रभु येशूको नाममा यहाँ कोही व्यक्तिको नाममा काम गर्नु भनेको त्यस व्यक्तिको विषयमा अरू मानिसहरूलाई असल कुराहरू सोच्‍नलाई सहयोग गर्नका निमित्त काम गर्ने कुरालाई जनाउने प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभु येशूलाई सम्‍मान गर्न” वा “ताकि अरूहरूले जानून कि तिमीहरू प्रभु येशूका हौ र उहाँका बारेमा असल सोचून्” वा “मानौँ प्रभु येशू आफैँले त्यसो गरिरहनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 17 bv84 figs-metaphor δι’ αὐτοῦ 1 उहाँद्वारा सम्भावित अर्थहरू हुन् १) किनभने उहाँले महान् कामहरू गर्नुभएको छ वा २) किनभने मानिसहरूले परमेश्‍वरसँग कुरा गर्नलाई उहाँले सम्भव बनाउनुभएको छ र त्यसैले उहाँलाई धन्यवाद देओ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 18 flu9 0 जोड्ने कथनः त्यसपछि पावलले पत्नीहरू, पतिहरू, छोराछोरीहरू, बुबाहरू, दासहरू, र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् ।
COL 3 18 tt9u αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν 1 पत्‍नीहरू हो, ... अधीनमा बस “पत्‍नीहरू हो, ... आज्ञापालन गर”
COL 3 18 b2y3 ἀνῆκεν 1 यो सुहाउँदो छ “यो उपयुक्त छ” वा “यो ठीक छ”
COL 3 19 lc4a μὴ πικραίνεσθε πρὸς 1 ... प्रति खस्रो नहोओ “ ... सँग कठोर नहोओ” वा “ ... सँग नरिसाओ”
COL 3 21 bvi3 μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν 1 आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ “अनावश्यक रूपमा आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ”
COL 3 22 cx6a ὑπακούετε…τοῖς κατὰ σάρκα κυρίοις 1 शरीरअनुसारका आफ्ना मालिकहरूको आज्ञापालन गर “तिमीहरूका मानव मालिकहरूको आज्ञापालन गर”
COL 3 22 iy1n πάντα…μὴ ἐν ὀφθαλμοδουλεία, ὡς ἀνθρωπάρεσκοι 1 मानिसहरूलाई खुशी बनाउनेहरू जसरी आँखाको अगाडि मात्र होइन “तिमीहरूका मालिकहरूले हेरिरहेका बेलामा मात्रै आज्ञापालन नगर, मानौँ तिमीहरूले केवल मानिसहरूलाई मात्र खुशी बनाउन जरुरी छ”
COL 3 22 r22m figs-metonymy ἐν ἁπλότητι καρδίας 1 सच्‍चा हृदयको साथ यहाँ “हृदय” भनेको व्यक्तिको विचारहरू वा अभिप्रायहरूको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सारा इमान्दार अभिप्रायहरूसाथ” वा “सच्‍चापनको साथ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 3 23 arw4 ὡς τῷ Κυρίῳ 1 प्रभुको लागि जसरी “जसरी तिमीहरूले प्रभुको लागि काम गर्ने थियौ”
COL 3 24 f3ed τὴν ἀνταπόδοσιν τῆς κληρονομίας 1 उत्तराधिकारको इनाम “तिमीहरूका इनामको रूपमा उत्तराधिकार”
COL 3 24 p3pw figs-metaphor τῆς κληρονομίας 1 उत्तराधिकार परमेश्‍वरले विश्‍वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 3 25 u5lx ὁ…ἀδικῶν, κομιεῖται ὃ ἠδίκησεν 1 अधार्मिकता गर्नेले दण्ड पाउनेछ “दण्‍ड पाउनु” भन्‍ने वाक्यांशको अर्थ सजाय पाउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “अधार्मिकता गर्नेले सजाय पाउनेछ” वा “अधार्मिकता गर्ने जो कोही पनि व्यक्तिलाई परमेश्‍वरले सजाय दिनुहुनेछ”
COL 3 25 ak8j ἀδικῶν 1 जसले अधार्मिकता गर्छ जसले सक्रिय रूपमा कुनै पनि किसिमको खराबी गर्छ
COL 3 25 c9fx figs-abstractnouns οὐκ ἔστιν προσωπολημψία 1 त्यहाँ कुनै कृपावाद छैन भाववाचक नामपद शब्द “कृपावाद”लाई “कृपा गर्नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । केही मानिसहरूलाई कृपा गर्नु भनेको तिनीहरूलाई फरक-फरक मापदण्डद्वारा इन्साफ गर्नु हो, त्यसैले यसको परिणाम त्यही नै कामहरू गर्ने अरूहरूभन्दा बढी असल तिनीहरूको लागि हुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कसैलाई कृपा देखाउनुहुन्‍न” वा “परमेश्‍वरले सबैलाई एउटै मापदण्डद्वारा इन्साफ गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
COL 4 intro nm3y 0 # कलस्‍सीहरू ०४ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

यस्तो देखिन्छ कि [कलस्‍सी ४:१](../../col/04/01.md) चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको विषयहरूको हो ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### “मेरो आफ्‍नै हातमा”
प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले भन्‍ने र कोही अरू व्यक्तिले ती शब्दहरू लेख्‍नु चाहिँ चलनचल्‍तीको कुरा थियो । नयाँ करारका थुप्रै पत्रहरू यसरी नै लेखिएका थिए । अन्तिम अभिवादन पावल आफैँले लेखे ।

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### गोप्‍य सत्यता

पावलले यस अध्यायमा एउटा “गोप्‍य सत्यता”लाई जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एकसमयमा जानकारी थिएन । तर अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ । यसको एउटा भागले परमेश्‍वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बराबर उभ्याइलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/reveal]])
COL 4 1 qhd2 0 जोड्ने कथनः मालिकहरूसँग कुरा गरिसकेपछि, पावलले कलस्सीको मण्डलीमा रहेका विभिन्‍न विश्‍वासीहरूको लागि भएको उनको विशेष निर्देशनहरूलाई अन्त गर्छन् ।
COL 4 1 ae3y figs-doublet τὸ δίκαιον καὶ τὴν ἰσότητα 1 सही र उचित यी शब्दहरूको लगभग एउटै अर्थ हुन्छ र नैतिक रूपमा ठीक रहेका कुराहरूलाई जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
COL 4 1 t9wy καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανῷ 1 तिमीहरूको स्वर्गमा पनि एक मालिक हुनुहुन्छ कोही पार्थिव मालिक र उसको दासको बीचको सम्बन्ध प्रेमपूर्ण भएको परमेश्‍वर चाहनुहुन्छ, जसरी परमेश्‍वर, स्वर्गीय मालिकले उहाँका पार्थिव दासहरूलाई प्रेम गर्नुहुन्छ, जसमा पार्थिव दासहरूका मालिकहरू पनि पर्छन् ।
COL 4 2 sct4 figs-exclusive 0 सामान्य जानकारीः यहाँ “हामीलाई” भन्‍ने शब्दले पावल र तिमोथीलाई जनाउँछ तर कलस्‍सीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 4 2 wx86 0 जोड्ने कथनः कसरी जिउने र बोल्‍ने भनेर पावलले विश्‍वासीहरूलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।
COL 4 2 pp1c τῇ προσευχῇ προσκαρτερεῖτε 1 स्थिर भई निरन्तर प्रार्थनामा लागिरहो “विश्‍वासकासाथ प्रार्थना गरिरहो” वा “एकनासले प्रार्थना गरिरहो”
COL 4 3 ub1i figs-metaphor ὁ Θεὸς ἀνοίξῃ…θύραν 1 परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् कसैको लागि ढोका खोल्नु भनेको त्यो व्यक्तिलाई केही गर्ने अवसर दिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अवसरहरू जुटाइदिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 4 3 lj4f ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου 1 वचनको लागि एउटा ढोका खोल्‍नु “उहाँको सन्देश प्रचार गर्नको लागि हाम्रो लागि एउटा अवसर बनाउनु”
COL 4 3 ce37 τὸ μυστήριον τοῦ Χριστοῦ 1 ख्रीष्‍टको गोप्‍य सत्यता यसले येशू ख्रीष्‍टको सुसमाचारलाई जनाउँछ, जुन ख्रीष्‍ट आउनभन्दा अगाडि बुझिएको थिएन ।
COL 4 3 q4jx figs-metonymy δι’ ὃ καὶ δέδεμαι 1 यसकै कारण, म साङ्लामा बाँधिएको छु यहाँ “साङ्लामा बाँधिनु” भनेको झ्यालखानामा हुनुको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “यो येशू ख्रीष्‍टको सन्देशको घोषणा गरेको कारणले हो कि म अहिले झ्यालखानामा छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 4 4 hm5w ἵνα φανερώσω αὐτὸ 1 मैले यसलाई स्पष्‍ट बनाउन सकूँ भनेर प्रार्थना गर “मैले येशू ख्रीष्‍टको सन्देश स्पष्‍ट प्रकारले बोल्न सकूँ भनेर प्रार्थना गर”
COL 4 5 z3ax figs-metaphor ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω 1 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक हिँड हिँड्नुको अवधारणालाई धेरैपटक कोही व्यक्तिले उसको जीवन चलाउने कुराको धारणाको लागि प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः “यस्तो तरिकाले जिओ कि जो विश्‍वासीहरू होइनन् तिनीहरूले तिमीहरू बुद्धिमान् छौ भनी देखून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 4 5 b525 figs-metaphor τὸν καιρὸν ἐξαγοραζόμενοι 1 समयको उद्धार गर्नु केही कुराको “उद्धार गर्नु”को अर्थ त्यसलाई त्यसको उचित मालिकलाई फिर्ता गर्नु भन्‍ने हुन्छ । यहाँ समयको विषयमा त्यो चाहिँ फिर्ता गर्न सकिने र परमेश्‍वरको सेवा गर्न प्रयोग गर्न सकिने कुनै थोक भए झैँ गरी बताइएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफ्‍नो समयको साथमा गर्न सक्‍ने सर्वोत्तम थोकहरू गर” वा “समयलाई त्यसको सर्वोत्तम उपयोगितामा राख” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 4 6 fuv5 figs-metaphor ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος 1 तिमीहरूका वचनहरू सधैँ कृपालु होऊन् । तिनीहरू नूनले स्वादिलो पारिएका होऊन् नून हालिएको खानेकुरा भनेको ती शब्दहरूको लागि अलङ्कार हो जसले अरूहरूलाई सिकाउँछन् र जुन सुनेर अरूहरू रमाउँछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूका संवादहरू सधैँ कृपालु र आकर्षक होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 4 6 c1w4 εἰδέναι πῶς δεῖ ὑμᾶς…ἀποκρίνεσθαι 1 ताकि कसरी जवाफ दिनुपर्छ भनेर तिमीहरूलाई थाहा होस् “ताकि येशू ख्रीष्‍टको बारेमा कसैले सोधेको प्रश्‍नहरूलाई कसरी जवाफ दिने भनेर तिमीहरूलाई थाहा होस्” वा “ताकि तिमीहरूले हरेक व्यक्तिलाई असल तरिकाले व्यवहार गर्न सक”
COL 4 7 vtb1 0 सामान्य जानकारीः ओनेसिमस कलस्सीमा फिलेमोनका एक दास थिए । उनले फिलेमोनबाट पैसा चोरेका थिए र भागेर रोम पुगेका थिए जहाँ उनी पावलको सेवकाईमार्फत एक ख्रीष्‍टिएन बनेका थिए । अब तुखिकस र ओनेसिमसले नै पावलको पत्रलाई कलस्‍सीमा ल्याइरहेका थिए ।
COL 4 7 ut91 0 जोड्ने कथनः केही निश्‍चित मानिसहरूको बारेमा भएको विशेष निर्देशनहरूको साथसाथै विश्‍वासीहरूलाई र विश्‍वासीहरूबाटका व्यक्तिगत अभिवादनहरूसँगै पावलले अन्त गर्छन् ।
COL 4 7 xzz4 τὰ κατ’ ἐμὲ 1 मेरो बारेमा भएका कुराहरू “ती सबै कुराहरू जुन मलाई भइरहेका छन्”
COL 4 7 p7c1 σύνδουλος 1 सङ्गी दास “सङ्गी सेवक ।” हुन त पावल एक स्वतन्‍त्र मानिस हुन्, उनले आफँलाई ख्रीष्‍टको सेवकको रूपमा देख्‍छन् र तुखिकसलाई सङ्गी सेवकको रूपमा देख्‍छन् ।
COL 4 8 vyq5 figs-exclusive τὰ περὶ ἡμῶν 1 हाम्रो बारेमा यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
COL 4 8 fr1z figs-metaphor παρακαλέσῃ τὰς καρδίας ὑμῶν 1 तिमीहरूका हृदयहरूलाई प्रोत्साहित गर्न सकून् हृदयलाई थुप्रै भावनाहरूको केन्द्र भनेर मानिन्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई प्रोत्साहित गर्न सकून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
COL 4 9 yqh9 τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ 1 विश्‍वासयोग्य र प्रिय भाइ पावलले ओनेसिमसलाई एक सङ्गी ख्रीष्‍टिएन र ख्रीष्‍टको सेवक भनी भन्छन् ।
COL 4 9 n15d ὑμῖν γνωρίσουσιν 1 तिनीहरूले ... बताउनेछन् “तुखिकस र ओनेसिमसले ... बताउनेछन्”
COL 4 9 vb7j πάντα…τὰ ὧδε 1 ती सबैकुराहरू जुन यहाँ भएका छन् तिनीहरूले कलस्‍सी विश्‍वासीहरूलाई पावल हालमा बसिरहेको ठाउँमा भइरहेका सबै कुराहरू बताउनेछन् । परम्‍पराले बताउँछ कि पावल त्यो समयमा रोममा घरभित्र बन्धनमा राखिएका थिए वा झ्यालखानामा हालिएका थिए ।
COL 4 10 wmf4 Ἀρίσταρχος 1 अरिस्ताखर्स तिनी पावलसँगै एफिससमा झ्यालखानामा थिए जब पावलले यो पत्र कलस्‍सीहरूलाई लेखे ।
COL 4 10 cg3a ἐὰν ἔλθῃ 1 यदि तिनी आउँछन् भने “यदि मर्कूस आउँछन् भने”
COL 4 11 bm6s Ἰησοῦς, ὁ λεγόμενος Ἰοῦστος 1 युस्तस भनी बोलाइने येशू यिनी एक मानिस हुन् जसले पनि पावलसँगै काम गरेका थिए ।
COL 4 11 ci74 figs-metonymy οἱ ὄντες ἐκ περιτομῆς οὗτοι, μόνοι συνεργοὶ εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ 1 खतना भएकाहरूमा यिनीहरू मात्र परमेश्‍वरको राज्यको लागि मेरा सङ्गी सहकर्मीहरू हुन् यहाँ यहूदीहरूलाई जनाउन पावलले “खतना”लाई प्रयोग गर्छन् किनभने पुरानो करारको व्यवस्थामुनि सबै पुरुष यहूदीहरूको खतना हुनुपर्थ्यो । वैकल्‍पिक अनुवादः “यी तीन मानिसहरू मात्र ती यहूदी विश्‍वासीहरू हुन् जसले ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरलाई राजाको रूपमा घोषणा गर्नको लागि मसँग काम गरिरहेका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 4 11 p8e9 οὗτοι 1 खतना भएकाहरूमा यिनीहरू मात्र “यी मानिसहरू-अरिस्ताखर्स, मर्कूस, र युस्तस-खतना भएकाहरूमा यी मात्रै”
COL 4 12 et2g 0 सामान्य जानकारीः लाउडिकिया र हिरापोलिस कलस्‍सीको नजिकै रहेका सहरहरू थिए ।
COL 4 12 gg86 Ἐπαφρᾶς 1 इपाफ्रस इपाफ्रास ती मानिस थिए जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए । (हेर्नुहोस्ः [कलस्‍सीहरू १:७](../01/07.md))
COL 4 12 rq61 ὁ ἐξ ὑμῶν 1 तिमीहरूमध्येको एकजना “तिमीहरूको सहरबाट” वा “तिमीहरूको सङ्गी सहरवासी”
COL 4 12 ek51 δοῦλος Χριστοῦ Ἰησοῦ 1 ख्रीष्‍ट येशूको एक दास “ख्रीष्‍ट येशूको एक प्रतिबद्ध चेला”
COL 4 12 p8ff πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς 1 तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन् “तिमीहरूका लागि व्यग्रताका साथ प्रार्थना गर्छन्”
COL 4 12 nuh9 σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι 1 तिमीहरू पूर्ण भएर र सम्पूर्ण रूपमा निर्धक्‍क भएर उभिन सक “तिमीहरू परिपक्व र ढुक्‍क भएर उभिन सक”
COL 4 13 k8vv μαρτυρῶ…αὐτῷ, ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν 1 म तिनको साक्षी छु कि तिनले तिमीहरूको लागि कडा परिश्रम गर्छन् “मैले देखेको छु कि तिनले तिमीहरूको लागि धेरै कडा परिश्रम गरेका छन्”
COL 4 14 hq1k Δημᾶς 1 डेमास यिनी पावलसँगै भएका अर्का सहकर्मी हुन् ।
COL 4 15 sc5g τοὺς…ἀδελφοὺς 1 भाइहरू यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।
COL 4 15 zkp3 ἐν Λαοδικίᾳ 1 लाउडिकियामा कलस्‍सेको धेरै नजिकमा रहेको सहर जहाँ एउटा मण्‍डली पनि थियो
COL 4 15 wyk3 Νύμφαν, καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν 1 नुम्फास, र तिनको घरमा भएको मण्डली नुम्फास नाम गरेकी एक स्‍त्रीले एक घरेलु मण्‍डली चलाउँथिन् । वैकल्‍पिक अनुवादः “नुम्‍फास र विश्‍वासीहरूको एक समूह जो तिनको घरमा भेला हुन्थे”
COL 4 17 d39x figs-you εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 1 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवकाइलाई तिमीले पूरा गर्नुपर्छ भन्‍ने कुरामा ध्यान देऊ” पावलले अर्खिप्पसलाई परमेश्‍वरले तिनलाई दिनुभएको कामको सम्झना गराउँछन् र तिनी, अर्खिप्पस, प्रभुको अगाडि त्यस कामलाई पूरा गर्ने दायित्वमुनि थिए । “हेर”, “तिमीले पाएका छौ” र “तिमीले पूरा गर्नुपर्छ” जस्ता शब्दहरू सबैले अर्खिप्पसलाई जनाउँछन् र ती एकवचनमा हुनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])
COL 4 18 an7s 0 जोड्ने कथनः पावलले उनको आफ्‍नै हस्तलेखनमा लेखिएको एक अभिवादनसहित उनको पत्रलाई अन्त गर्छन् ।
COL 4 18 h3kx figs-metonymy μνημονεύετέ μου τῶν δεσμῶν 1 मेरा साङ्लाहरूलाई याद गर पावलले उनको कारावासको विषयमा बताउन खोजेका समयमा साङ्लाहरूको विषयमा कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “मलाई सम्झ र म झ्यालखानामा हुँदा मेरो लागि प्रार्थना गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
COL 4 18 w2vm figs-metonymy ἡ χάρις μεθ’ ὑμῶν 1 तिमीहरूसँग अनुग्रह रहोस् यहाँ “अनुग्रह”ले परमेश्‍वरको अर्थ दिन्छ, जसले विश्‍वासीहरूलाई अनुग्रह देखाउनुहुन्छ वा तिनीहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ । वैकल्‍पिक अुनवादः “म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीहरू सबैप्रति अनुग्रही हुनुभएर व्यवहार गरिरहनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])