ne_tn/ne_tn_52-COL.tsv

164 KiB

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
2COLfrontintrod9hy0

कलस्‍सीहरूको परिचय

भाग १: सामान्य परिचय

कलस्‍सीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन, धन्यवादज्ञापन, र प्रार्थना (१:१-१२) १. ख्रीष्‍टको व्यक्तित्व र काम

  • छुटकारा र उद्धार (१:१३-१४)
  • ख्रीष्‍टः अदृश्‍य परमेश्‍वर, र सारा सृष्‍टिमाथि हुनुहुनेको प्रतिरूप (१:१५-१७)
  • ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्छ, र मण्‍डलीले उहाँमा भरोसा गर्छ (१:१८-२:७) १. विश्‍वासयोग्‍यताका जाँचहरू
  • झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू (२:८-१९)
  • साँचो ईश्‍वरीयता चाहिँ कठोर नियमहरू र अलचिलो परम्पराहरू होइन (२:२०-२३) १. शिक्षा र जीवनी
  • ख्रीष्‍टमा भएको जीवन (३:१-४)
  • पुरानो र नयाँ जीवन (३:५-१७)
  • ख्रीष्‍टिएन परिवार (३:१८-४:१) १. ख्रीष्‍टिएन व्यवहार (४:२-६) १. समापन र अभिवादनहरू
  • पावलले तुखिकस र ओनेसिमसलाई धन्यवाद दिन्छन् (४:७-९)
  • पावलले उनका सङ्गीहरूबाटको अभिवादनहरू पठाउँछन् (४:१०-१४)
  • पावलले अर्खिप्‍पस र लाउडिकियामा भएका ख्रीष्‍टिएनहरूलाई निर्देशनहरू दिन्छन् (४:१५-१७)
  • पावलको व्यक्तिगत अभिवादन (४:१८)

कलस्‍सीहरूको पुस्तक कसले लेखे ?

पावलले कलस्‍सीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्‍टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

पावलले यो पत्र उनी झ्‍यालखानामा हुँदा लेखे ।

कलस्‍सीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र एसियाको दक्षिण-पश्‍चिमी भागको कलस्‍से नामक सहरमा भएका विश्‍वासीहरूलाई लेखे । यो पत्र लेख्‍नुको मुख्‍य उद्देश्‍य चाहिँ झूटा शिक्षकहरूबाट सुसमाचारको बचाउ गर्नु थियो । परमेश्‍वरको प्रतिरूप, सारा थोकहरूको पालनकर्ता, र मण्‍डलीको शिरको रूपमा येशूलाई प्रशंसा गरेर उनले त्यसो गरे । परमेश्‍वरले तिनीहरूलाई स्‍वीकार गर्नुहुनको लागि केवल ख्रीष्‍टको मात्र खाँचो छ भनेर तिनीहरूले बुझेका पावल चाहन्थे ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “कलस्‍सीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “कलस्‍सेमा भएको मण्‍डलीलाई पावलको पत्र” वा “कलस्‍सेमा भएको ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

कलस्‍सेमा भएको मण्‍डलीले सङ्घर्ष गरिरहेको धार्मिक विषयहरू के थिए ?

कलस्‍सेमा भएको मण्‍डलीमा, त्यहाँ झूटा शिक्षकहरू थिए । तिनीहरूको खास शिक्षा जानिएको छैन । तर तिनीहरूले तिनीहरूका अनुयायीहरूलाई शायद स्‍वर्गदूतहरूको आराधना गर्न र धार्मिक चाडपर्वहरूको विषयमा भएका कडा नियमहरूलाई पालना गर्नलाई सिकाए । तिनीहरूले शायद कोही व्यक्तिको खतना हुनैपर्छ र केही निश्‍चित प्रकारका खानेकुरा मात्रै खान हुन्छ भनेर पनि सिकाए । पावलले बताए कि यी झूटा शिक्षाहरू मानिसहरूका मनबाट आएका हुन् र परमेश्‍वरबाट होइन ।

पावलले स्वर्ग र पृथ्‍वीको चित्रणलाई कसरी प्रयोग गरे ?

यस पत्रमा, पावलले बारम्बार स्‍वर्गलाई “माथि” रहेको भनेर बताउँछन् । उनले यसलाई पृथ्‍वीबाट अलग देखाउँछन्, जसलाई धर्मशास्‍त्रले “तल” रहेको भनेर बताउँछ । यो चित्रणको उद्देश्‍य चाहिँ माथि स्वर्गमा बस्‍नुहुने परमेश्‍वरलाई सम्‍मान गर्ने तरिकाले जिउनलाई ख्रीष्‍टिएनहरूलाई सिकाउनु हो । पृथ्‍वी वा भौतिक संसार दुष्‍ट छ भनेर पावलले सिकाइरहेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/evil]])

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

कलस्‍सीहरूको यूएलटीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्‍त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । कलस्‍सीहरूमा, यी शब्दहरूले ख्रीष्‍टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गर्छन् । त्यसैले यूएलटीमा भएको कलस्‍सीहरूको पुस्तकले “विश्‍वासीहरू” वा “तिनीहरू जसले उहाँमा विश्‍वास गर्छन्” भन्‍ने शब्दहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२, १२, २६)

के येशूको सृष्‍टि भएको थियो, कि उहाँ अनन्त हुनुहुन्छ ?

येशुको सृष्‍टि भएको थिएन तर उहाँ सधैँ परमेश्‍वरको रूपमा अस्तित्वमा रहनुभएको छ । येशू मानव प्राणी पनि हुनुभयो । कलस्‍सी १:१५ मा अलमल हुने सम्भाव्यता छ, जहाँ भनिएको छ कि “येशू सारा सृष्‍टिमाथि ज्येष्‍ठ हुनुहुन्छ” । यो भनाइको अर्थ हो कि येशू सारा सृष्‍टिमाथि प्रबल हुनुहुन्छ । यो भनाइको अर्थ यो होइन कि उहाँ परमेश्‍वरले सृष्‍टि गर्नुभएको पहिलो थोक हो । अनुवादकहरू होशियार हुनुपर्छ कि येशू सृष्‍टि गरिनुभएको प्राणी हुनुहुन्छ भनेर अर्थ नलागोस् ।

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

कलस्‍सीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूसँग मेल खाँदैनन् । यूएलटीमा भएको खण्‍डमा नयाँ भनाइलाई राखिएको छ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।

  • “तिमीहरूलाई अनुग्रह होस् र परमेश्‍वर हाम्रा पिताबाट शान्ति” (१:२) । केही पुराना संस्करणहरूमा अझ लामो भनाइ छः “तिमीहरूलाई अनुग्रह होस् र परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट शान्ति ।”
  • “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रो पक्षमा ख्रीष्‍टका एक विश्‍वासयोग्‍य सेवक हुन्” (१:७) । केही पुराना संस्करणहरूमा “तिमीहरूको लागि” भनेर राखिएको छः “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, तिमीहरूको लागि ख्रीष्‍टको एक विश्‍वासयोग्‍य सेवक ।”
  • “पिता, जसले तिमीहरूलाई ज्योतिमा भएको विश्‍वासीहरूको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्‍य बनाउनुभएको छ” (१:१२) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “पिता, जसले हामीलाई ज्योतिमा भएको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्‍य बनाउनुभएको छ ।”
  • “उहाँको पुत्रमा, हाम्रो उद्धार छ ।” (१:१४) केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँको पुत्रमा उहाँको रगतद्वारा हामीले उद्धार पाएका छौँ ।”
  • “र हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो” (२:१३) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “र तिमीहरूलाई तिमीहरूका सबै अपराधहरू क्षमा गर्नुभयो ।”
  • “जब ख्रीष्‍ट देखा पर्नुहुन्छ, जो तिमीहरूको जीवन हुनुहुन्छ” (३:४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “जब ख्रीष्‍ट देखा पर्नुहुन्छ, जो हाम्रो जीवन हुनुहुन्छ ।”
  • “यो यी नै कुराहरूको लागि हो कि परमेश्‍वरको क्रोध अनाज्ञापालनका छोराहरूमाथि आउँदै छ” (३:६) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही नयाँ र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “यो यी नै कुराहरूको लागि हो कि परमेश्‍वरको क्रोध आउँदै छ ।”
  • “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि हाम्रो बारेमा भएका विषयहरू तिमीहरूलाई थाहा होस्” (४:८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि तिमीहरूका बारेमा भएका विषयहरू तिनलाई थाहा होस् ।”

(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]])

3COL1introgtm30

कलस्‍सीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

कुनै पत्रमा जस्तै, पावलले उनको पत्रलाई पदहरू १-२ मा कलस्‍सेमा भएका ख्रीष्‍टिएनहरूको सामु तिमोथी र आफैँलाई परिचय गराउँदै सुरु गर्छन् ।

पावलले यस अध्यायको धेरैजसो भाग दुई विषयहरूको वरिपरि रहेर लेख्‍छन्ः ख्रीष्‍ट को हुनुहुन्छ, र ख्रीष्‍टले एक ख्रीष्‍टिएनको लागि के गर्नुभएको छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

गोप्‍य सत्यता

यस अध्यायमा पावलले एउटा “गोप्‍य सत्यता”लाई जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एक समयमा जानिएको थिएन । तर अब परमेश्‍वरले त्यो प्रकट गर्नुभएको छ । परमेश्‍वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बरारबर उभ्याइलाई यस सत्यताको एउटा हिस्‍साले समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/reveal]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

ख्रीष्‍टिएन जीवनको लागि चित्रणहरू

ख्रीष्‍टिएन जीवनलाई वर्णन गर्नको लागि पावलले थुप्रै विभिन्‍न चित्रणहरूको प्रयोग गर्छन् । यस अध्यायमा, उनले “हिँड्नु” र “फल फलाउनु”को चित्रणहरूलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/other/fruit]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी कथन

विरोधाभासी कथन चाहिँ एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २४ एउटा विरोधाभासी कथन होः “अब म तिमीहरूको लागि भएको मेरो दुःखभोगमा आनन्द मनाउँछु ।” मानिसहरूले सामान्यतया तिनीहरूले दुःखभोग गर्दा आनन्द मनाउँदैनन् । तर पदहरू २५-२९ मा पावलले उनको दुःखभोग किन असल छ भनेर व्याख्या गर्छन् । (कलस्‍सीहरू १:२४)

4COL11h5gl0सामान्य जानकारीः

हुन त यो पत्र पावल र तिमोथीबाट कलस्‍सी विश्‍वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्‍पष्‍ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्‍दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्‍वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])

5COL11fny3ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ1परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको एक प्रेरित

“जसलाई परमेश्‍वरले ख्रीष्‍ट येशूको एक प्रेरित हुनलाई चुन्‍नुभयो”

6COL13q1sufigs-exclusiveεὐχαριστοῦμεν…τοῦ Κυρίου ἡμῶν1हामी ... दिन्छौँ ... हाम्रो प्रभु ... हामी सधैँ

यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

7COL14km8wfigs-exclusive1हामीले सुनेका छौँ

पावलले उनका पाठकगणलाई समेटिरहेका छैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

8COL14z6ebτὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ1ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वास

“ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास”

9COL15n1qzfigs-metonymyδιὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς1स्वर्गमा तिमीहरूका लागि सुरक्षित राखिएको निश्‍चित आशाको कारण

यहाँ “निश्‍चित आशा”को अर्थ विश्‍वासीले निश्‍चित भएर अपेक्षा गर्न सक्‍ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्‍वरले सारा विश्‍वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्‍वासीहरूले पछि प्राप्‍त गर्नको लागि परमेश्‍वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्‍चित छौ कि परमेश्‍वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

10COL15xn8sτῷ λόγῳ τῆς ἀληθείας, τοῦ εὐαγγελίου1सत्यताको वचन, सुसमाचार

सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”

11COL16wk21figs-metaphorἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον1यो सुसमाचारले फल फलाउँदै छ र बढ्दै छ

यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

12COL16z3g5figs-hyperboleἐν παντὶ τῷ κόσμῳ1सारा संसारमा

यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]])

13COL16ait7τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ1सत्यतामा भएको परमेश्‍वरको अनुग्रह

“परमेश्‍वरको साँचो अनुग्रह”

14COL17f8t1figs-exclusiveἡμῶν…ἡμῶν1हाम्रा प्रिय ... हाम्रा पक्षमा

“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

15COL17mjv5ἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς1जुन सुसमाचार तिमीहरूले हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासबाट सिक्‍यौ

“यो ठ्याक्‍कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्‍यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्‍कै हो । उनी”

16COL17q8gtἘπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ1इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासयोग्‍य सेवक हुन्

यहाँ “हाम्रा पक्षमा” भन्‍ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्‍टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।

17COL17pz3htranslate-namesἘπαφρᾶ1इपाफ्रास

ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

18COL18k2k9figs-exclusiveἡμῖν1हामीलाई

“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

19COL18e7ezfigs-metaphorτὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι1आत्मामा भएको तिमीहरूको प्रेम

पावल पवित्र आत्माको विषयमा उहाँ कुनै स्थान हुनुभए झैँ गरी बताउँछन् जुन स्थानमा विश्‍वासीहरू रहेका थिए । वैकल्पिक अनुवादः “विश्‍वासीहरूलाई प्रेम गर्न पवित्र आत्माले कसरी तिमीहरूलाई सक्षम पार्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

20COL19iyq40जोड्ने कथनः

किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।

21COL19s83eδιὰ τοῦτο1यस प्रेमको कारण

“किनभने पवित्र आत्माले अरू विश्‍वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”

22COL19f2xdfigs-exclusiveκαὶ ἡμεῖς…ἠκούσαμεν, οὐ παυόμεθα1हामीले ... सुन्यौँ ... हामीले ... रोकेका छैनौँ ... हामी बिन्ती गरिरहेका छौँ

“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

23COL19u7zhἀφ’ ἧς ἡμέρας ἠκούσαμεν1हामीले यो सुनेको दिनदेखि

“इपाफ्रासले हामीहरूलाई यी कुराहरू भनेको दिनदेखि”

24COL19w2a7figs-metaphorἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ1कि तिमीहरू उहाँको इच्छाको ज्ञानले भरिपूर्ण भएका होओ

पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले जान्‍नुपर्ने कुराहरूले परमेश्‍वरले तिमीहरूलाई भर्नुभएको होस् ताकि तिमीहरूले उहाँको इच्छा गर्न सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

25COL19mzz8ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ1सबै बुद्धि र आत्मिक समझमा

“ ... , ताकि पवित्र आत्माले तिमीहरूलाई बुद्धिमान् बनाउनुभएको होस् र तिमीहरूले के गरेको परमेश्‍वरले चाहनुहुन्छ भनेर बुझ्‍नलाई सक्षम बनाउनुभएको होस्”

26COL110cz4afigs-exclusive1हामी प्रार्थना गरिरहेका छौँ

“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

27COL110m4hffigs-metaphorπεριπατῆσαι ἀξίως τοῦ Κυρίου1कि तिमीहरू प्रभुका योग्‍यका भएर हिँड्न सक

यहाँ “हिँडाइ”ले जीवनको आचरणलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू त्यसरी जिउन सक जसरी जिएको परमेश्‍वरले अपेक्षा गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

28COL110vv4gεἰς πᾶσαν ἀρεσκείαν1प्रसन्‍न पार्ने चालहरूमा

“प्रभुलाई खुशी बनाउने तरिकाहरूमा”

29COL110vfp3figs-metaphorκαρποφοροῦντες1फल फलाउने छौ

पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू रूखहरू वा बिरुवाहरू भए झैँ गरेर बताइरहेका छन् । जसरी बिरुवा हुर्कन्छ र फल फलाउँछ, त्यसै गरेर विश्‍वासीहरूले पनि परमेश्‍वरलाई झन् धेरै मात्रामा परमेश्‍वरलाई चिन्दै गर्नुपर्छ र असल कामहरू गर्दै रहनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

30COL111gxv6figs-activepassiveδυναμούμενοι1हामी प्रार्थना गर्छौँ

“हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, तर कलस्सीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

31COL111mzf2figs-metaphorεἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν1सबै सहनशीलता र धैर्यतामा

पावलले कलस्‍सी विश्‍वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले तिनीहरूलाई सहनशीलता र धैर्यताको स्थानमा सार्नुहुनेछ । वास्तवमा चाहिँ, उनले प्रार्थना गरिरहेका छन् कि तिनीहरूले परमेश्‍वरमा भरोसा गर्न कहिल्यै छोड्ने छैनन् र तिनीहरूले उहाँलाई सम्‍मान गर्दै गर्दा तिनीहरू पूर्ण रूपमा धीरजी हुनेछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

32COL112t5lwἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα1तिमीहरूलाई उत्तराधिकारी हुनलाई सक्षम बनाउनुभएको छ

“तिमीहरूलाई उत्तराधिकारी हुनलाई अनुमति दिनुभएको छ”

33COL112lt2qἱκανώσαντι ὑμᾶς1तिमीहरूलाई ... सक्षम बनाउनुभएको छ

यहाँ पावलले उनका पाठकहरू परमेश्‍वरका आशिष्‌हरूका प्रापकहरू भएका कुरामा ध्यानकेन्द्रित गर्दैछन् । तर उनको अर्थ यो होइन कि ती आशिष्‌हरूमा उनको आफ्‍नै चाहिँ केही भाग छैन ।

34COL112r2zwfigs-metaphorτοῦ κλήρου1उत्तराधिकार

परमेश्‍वरले विश्‍वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति र जायेजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

35COL112hkf5figs-metaphorἐν τῷ φωτί1ज्योतिमा

यो अवधारणा अर्को पदमा भएको अन्धकारको प्रभुत्वको अवधारणासँग विपरीतमा छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थितिको महिमामा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

36COL113g9d30जोड्ने कथनः

पावलले ख्रीष्‍ट उत्कृष्‍ट हुनुभएका कुराहरूको विषयमा कुरा गर्छन् ।

37COL113mv871उहाँले ... छुटकारा दिनुभएको छ

“परमेश्‍वर पिताले ... छुटकारा दिनुभएको छ”

38COL113dw5kfigs-metaphorτῆς ἐξουσίας τοῦ σκότους1अन्धकारको प्रभुत्व

यहाँ अन्धकार चाहिँ दुष्‍टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “दुष्‍ट शक्तिहरू जसले हामीलाई नियन्‍त्रण गर्थे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

39COL113zav6guidelines-sonofgodprinciplesτοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ1उहाँका प्रिय पुत्र

“पुत्र” चाहिँ येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/guidelines-sonofgodprinciples]])

40COL114wh6qfigs-metaphorἐν ᾧ1जसमा

पावलले धेरैपटक विश्‍वासीहरू येशू ख्रीष्‍ट“मा” वा परमेश्‍वर“मा” भएका झैँ गरेर बताउँछन् । यसलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको माध्यमद्वारा” वा “उहाँको पुत्रको माध्यमद्वारा” वा “उहाँको पुत्रको कारण” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

41COL114v5d8figs-abstractnounsἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν1हामीले उद्धार पाएका छौँ, पापहरूको क्षमा

नामपद शब्दहरू “उद्धार” र “क्षमा”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले उद्धार पाएका छौँ; हाम्रा पापहरू क्षमा भएका छन्” वा “परमेश्‍वरले हाम्रो उद्धार गर्नुहुन्छ; उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

42COL115j5u9figs-metaphorὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου1उहाँ अदृश्य परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ

“उहाँको पुत्र अदृश्य परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ ।” यहाँ “प्रतिरूप”को अर्थ केही दृश्य कुराको प्रतिनिधित्व गर्ने कुरा होइन । बरु, “प्रतिरूप”को अर्थ यहाँ यो हो कि पुत्रलाई जानेर हामी पिता कस्तो हुनुहुन्छ भनेर थाहा गर्छौँ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

43COL115h945figs-metaphorπρωτότοκος πάσης κτίσεως1सारा सृष्‍टिको ज्येष्‍ठ

“जेठो छोरा” भन्‍ने अभिव्यक्तिले येशूको कहिले जन्मनुभएको थियो भन्‍ने कुरालाई जनाउँदैन । बरु, यसले परमेश्‍वर पिताको अनन्त पुत्रको रूपमा भएको उहाँको ओहदालाई जनाउँछ । यस अर्थमा, “जेठो छोरा” भनेको एउटा अलङ्कार हो जसको अर्थ “सबैभन्दा महत्त्वपूर्ण” भन्‍ने हुन्छ । येशू चाहिँ परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण र अद्वितीय पुत्र हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको पुत्र, सारा सृष्‍टिमा सबैभन्दा बढी महत्त्वपूर्ण व्यक्ति” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

44COL115af6bfigs-abstractnounsπάσης κτίσεως1सारा सृष्‍टि

नामपद शब्द “सृष्‍टि”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सृजनुभएको सबैकुरा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

45COL116kru3figs-activepassiveὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα1किनकि उहाँद्वारा सबैकुरा सृष्‍टि गरिएका थिए

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा परमेश्‍वरले सबैकुरा सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले पुत्रलाई सबैकुरा सृष्‍टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

46COL116zl7jfigs-activepassiveτὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται1सबैकुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि भएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । परमेश्‍वरले पुत्रलाई सबैकुरा पुत्रकै महिमाको लागि बनाउन लगाउनुभयो । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा र उहाँकै निम्ति परमेश्‍वरले सबैकुरा सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले उहाँलाई सबैकुरा उहाँकै निम्ति सृष्‍टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

47COL117wk9yαὐτός ἐστιν πρὸ πάντων1उहाँ आफैँ चाहिँ सबै थोकहरूभन्दा अघि हुनुहुन्छ

“यो उहाँ नै हुनुहुन्छ जो सबै थोकहरूभन्दा अगाडिदेखि अस्तिवमा हुनुहुन्थ्यो”

48COL117m4lpfigs-metaphorτὰ πάντα ἐν αὐτῷ συνέστηκεν1उहाँमा सबै कुराहरू एकसाथ बाँधिएर रहन्छन्

पुत्रले सबै थोकहरूलाई नियन्त्रण गरिरहनुभएको विषयमा पावलले यहाँ यसरी बताउँछन् कि मानौँ उहाँले ती सबैलाई भौतिक रूपमा बाँधेर राखिरहनुभएको थियो । “उहाँले सबैकुरालाई एकसाथ बाँधेर राख्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])

49COL118qsf3αὐτός ἐστιν ἡ κεφαλὴ1उहाँ शिर हुनुहुन्छ

“येशू ख्रीष्‍ट, परमेश्‍वरको पुत्र, शिर हुनुहुन्छ”

50COL118q8i3figs-metaphorαὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας1उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ

पावलले मण्डलीमाथि येशूको ओहदाको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ मानव शरीरको शिर हुनुहुन्थ्यो । जसरी शिरले शरीरलाई चलाउँछ, त्यसै गरेर येशूले मण्डलीलाई शासन गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

51COL118j6uqἡ ἀρχή1सुरुवात

“सुरुवात गर्ने अधिकार ।” उहाँ प्रथम प्रमुख र स्थापक हुनुहुन्छ ।

52COL118s12xπρωτότοκος ἐκ τῶν νεκρῶν1मरेकाहरूबाट जीवित हुनेमा ज्येष्‍ठ

मरिगएर पुनः जीवनमा फर्किने, र फेरि कहिल्यै नमर्ने हुनुमा येशू पहिलो व्यक्ति हुनुहुन्छ ।

53COL120as3pδιὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ1उहाँको क्रूसको रगतद्वारा

“येशूले क्रूसमा बहाउनुभएको रगतको माध्यमद्वारा”

54COL120x5avfigs-metonymyτοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ1उहाँको क्रूसको रगत

यहाँ “रगत”को अर्थ क्रूसमा भएको ख्रीष्‍टको मृत्यु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

55COL121kv5u0जोड्ने कथनः

ख्रीष्‍टले अन्यजाति विश्‍वासीहरूको पापलाई उहाँको पवित्रताको लागि साटफेर गर्नुहुन्छ भनेर परमेश्‍वरले अब प्रकट गर्नुभएको छ भन्‍ने कुरालाई पावलले स्पष्‍ट पार्छन् ।

56COL121imq1καὶ ὑμᾶς ποτε1एक समयमा, तिमीहरू पनि

“त्यहाँ एउटा समय थियो जब तिमी कलस्सी विश्‍वासीहरू पनि”

57COL121wp3tἀπηλλοτριωμένους1परमेश्‍वरका निम्ति बिरानाहरू थियौ

“ती मानिसहरू जस्ता थियौ जसलाई परमेश्‍वरले चिन्‍नुहुँदैनथ्यो” वा “परमेश्‍वरलाई टाढा धकेलेका थियौ”

58COL122ejt4figs-metaphorπαραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους, κατενώπιον αὐτοῦ1उहाँको सामु तिमीहरूलाई पवित्र, निर्दोष, र खोटबिनाको प्रस्तुत गर्न

पावलले कलस्सीहरूलाई यसरी वर्णन गरिरहेका छन् कि मानौँ येशूले तिनीहरूलाई शारीरिक रूपमा सफा गर्नुभएको थियो, तिनीहरूलाई नयाँ वस्‍त्रहरू पहिराउनुभएको थियो, र तिनीहरूलाई परमेश्‍वर पिताको सामु उभिनलाई ल्याउनुभएको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

59COL122u94jfigs-parallelismἀμώμους, καὶ ἀνεγκλήτους1दोषरहित र निष्‍खोट

सिद्धताको विचारलाई जोड दिनको लागि लगभग एउटै कुराको अर्थ दिने दुईवटा शब्दहरूलाई पावलले प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सिद्ध” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])

60COL122lf5afigs-metaphorκατενώπιον αὐτοῦ1उहाँको सामु

यो स्थानको अभिव्यक्तिको अर्थ “परमेश्‍वरको दृष्‍टिकोणमा” वा “परमेश्‍वरको मनमा” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

61COL123d9kgfigs-activepassiveτοῦ κηρυχθέντος1जुन घोषणा गरिएको थियो

जुन विश्‍वासीहरूले घोषणा गरे (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

62COL123q21bἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν1स्वर्गमुनि सृष्‍टि गरिएको हरेक व्यक्तिलाई

“संसारमा भएका हरेक व्यक्तिलाई”

63COL123g8iqfigs-metonymyοὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος1त्यो सुसमाचार जसको म, पावल सेवक भएँ

पावल वास्तवमा परमेश्‍वरका सेवक थिए । वैकल्पिक अनुवादः “त्यो सुसमाचार जसलाई घोषणा गरेर म, पावल परमेश्‍वरको सेवा गर्छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

64COL124rcw3ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου1ख्रीष्‍टका कष्‍टहरूको कमीलाई म मेरो शरीरमा भर्छु

पावल उनले निरन्तर भोगिरहेका कष्‍टहरूको बारेमा कुरा गर्छन् । उनले यहाँ स्वीकार गरिरहेका हुन सक्छन् कि ख्रीष्‍ट पुनः फर्कनुभन्दा अगाडि त्यहाँ थुप्रै दुःखभोगहरू छन् जुन उनी र अन्य ख्रीष्‍टिएनहरूले सहनुपर्छ, र एउटा आत्मिक बुझाइमा ख्रीष्‍टले पनि यी कठिनाइहरूमा तिनीहरूसँग भाग लिनुहुन्छ । पावलले निश्‍चय नै यो भनेका होइनन् कि केवल ख्रीष्‍टका दुःखभोगहरू विश्‍वासीहरूलाई उद्धार प्रदान गर्नका निमित्त पर्याप्‍त थिएनन् ।

65COL124fm9yfigs-metaphorἀνταναπληρῶ…ἐν τῇ σαρκί μου1म मेरो शरीरमा भर्छु

पावलले उनको शरीरको विषयमा त्यो कुनै भाँडो भए झैँ गरेर बताउँछन् जसमा दुःखभोग राख्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

66COL124mge9figs-metaphorὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία1उहाँको शरीरको खातिर, जुन मण्‍डली हो

पावलले धेरैपटक मण्‍डली अर्थात सारा ख्रीष्‍टिएन विश्‍वासीहरूको समूह चाहिँ ख्रीष्‍टको देह भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

67COL125t6udfigs-metaphorπληρῶσαι τὸν λόγον τοῦ Θεοῦ1परमेश्‍वरको वचन पूरा गर्न

यसको अर्थ परमेश्‍वरको सुसमाचारको उद्देश्यको पूरा हुन ल्याउनु हो, जुन चाहिँ यही हो कि त्यो प्रचार गरियोस् र विश्‍वास गरियोस् । यहाँ “परमेश्‍वरको वचन” चाहिँ परमेश्‍वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले निर्देशन दिनुभएको कुराप्रति आज्ञाकारी हुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])

68COL126f3mtfigs-activepassiveτὸ μυστήριον τὸ ἀποκεκρυμμένον1यो गोप्‍य सत्यता हो जुन लुकाइएको थियो

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो गोप्य सत्यता हो जुन परमेश्‍वरले लुकाउनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

69COL126z8gvἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν1युगौँयुगसम्‍म र पुस्तौँपुस्तासम्‍म

“युगौँयुग” र “पुस्तौँपुस्ता” भन्‍ने शब्दहरूले संसारको सृष्‍टिको समयदेखि लिएर सुसमाचार प्रचार नगरिएको समयसम्‍मको समयावधिलाई जनाउँछ ।

70COL126a9kwfigs-activepassiveνῦν…ἐφανερώθη1अब यो प्रकट भएको छ

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

71COL127c8ybfigs-metaphorτὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου1यस गोप्य सत्यताको महिमाको सम्‍पत्तिहरू

पावलले परमेश्‍वरको बारेमा भएको यस गोप्य सत्यताको मूल्यको विषयमा त्यो भौतिक सम्‍पत्तिको धनराशी भए झैँ गरेर बताउँछन् । “धनहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

72COL127c7lnfigs-metaphorΧριστὸς ἐν ὑμῖν1ख्रीष्‍ट तिमीहरूमा

पावलले विश्‍वासीहरूको विषयमा तिनीहरू वास्तविक भाँडाहरू भए झैँ गरेर बताउँछन् जसभित्र ख्रीष्‍ट हुनुहुन्थ्यो । विश्‍वासीहरूको ख्रीष्‍टसँगको एकतालाई व्यक्त गर्ने उनका तरिकाहरूमध्येमा यो एउटा हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

73COL127mr83ἡ ἐλπὶς τῆς δόξης1महिमाको आशा

“ताकि तिमीहरू परमेश्‍वरको महिमामा सहभागी हुनलाई ढुक्‍क भएर अपेक्षा गर्न सक”

74COL128va1xfigs-exclusiveἡμεῖς καταγγέλλομεν…παραστήσωμεν1हामी घोषणा गर्छौँ ... हामी चेतावनी दिन्छौँ ... हामी सिकाउँछौँ ... हामी प्रतिनिधित्व गर्न सक्छौँ

यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

75COL128na8wνουθετοῦντες πάντα ἄνθρωπον1हामी हरेक व्यक्तिलाई चेतावनी दिन्छौँ

“हामी सबैजनालाई खबरदारी गर्छौँ”

76COL128lyz1figs-explicitἵνα παραστήσωμεν πάντα ἄνθρωπον1ताकि हामी हरेक व्यक्तिलाई ... प्रस्तुत गर्न सकौँ

तिनीहरूले कसको सामु हरेक व्यक्तिलाई प्रस्तुत गर्नेछन् भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि हामी हरेक व्यक्तिलाई परमेश्‍वरको सामु प्रस्तुत गर्न सकौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

77COL128uk2ifigs-metaphorτέλειον1पूर्ण

पूर्ण हुनु भनेको आत्मिक तवरमा परिपक्व हुनुको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा परिपक्‍व” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

78COL2introp3uc0

कलस्‍सीहरू ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खतना र बप्‍तिस्मा

पदहरू ११-१२ मा, ख्रीष्‍टिएनहरू ख्रीष्‍टसँग कसरी एक छन् र पापबाट मुक्त भएका छन् भनेर देखाउनको लागि पावलले पुरानो करारको खतनाको चिन्ह र नयाँ करारको बप्‍तिस्मा चिन्ह दुवैलाई प्रयोग गर्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । सम्भवतः “शरीर” भनेको हाम्रो पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण छ भनेर पावलले सिकाइरहेका छैनन् । पावलले यस्तो सिकाइरहेका जस्तो देखिन्छ कि, जबसम्‍म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गरिरहने छौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । पावलले यस अध्यायमा “शरीर” शब्दलाई भौतिक देहलाई जनाउन पनि प्रयोग गर्छन् ।

अन्तर्निहित जानकारी

पावलले यस अध्यायमा थुप्रै विषयहरूलाई उल्‍लेख गर्छन् जसले कलस्‍सेमा भएको मण्‍डलीको अवस्थाको बारेमा रहेको जानकारी दिन्छन् । वास्तविक विस्तृत विवरणहरूको विषयमा खण्‍डलाई अनिश्‍चित रहन दिन नै बेस हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

79COL21tt6v0जोड्ने कथनः

पावलले कलस्सी र लाउडिकियामा भएका विश्‍वासीहरूलाई ख्रीष्‍ट परमेश्‍वर हुनुहुन्छ र उहाँ विश्‍वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्नलाई प्रोत्साहन गरिरहेका छन्, यसैकारण तिनीहरूले त्यसरी नै जिउनुपर्छ जसरी तिनीहरूले उहाँलाई ग्रहण गरे ।

80COL21dqg5ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν1मैले तिमीहरूको निम्ति कति ठूलो सङ्घर्ष गरेको छु

तिनीहरूको शुद्धता र सुसमाचारको बुझाइलाई विकास गर्न पावलले धेरै परिश्रम गरेका छन् ।

81COL21fn4zτῶν ἐν Λαοδικίᾳ1लाउडिकियामा भएकाहरू

यो कलस्सेको धेरै नजिकैमा रहेको सहर थियो जहाँ एउटा मण्डली पनि थियो जसको लागि पावलले प्रार्थना गरिरहेका थिए ।

82COL21rj7dfigs-synecdocheὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί1ती सबै जसले मेरो अनुहार आमने सामने देखेका छैनन्

यहाँ “अनुहार”ले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू सबै जसले मलाई व्यक्तिगत रूपमा भेटेका छैनन्” वा “तिनीहरू सबै जसलाई मैले आमने सामने कहिल्यै भेटेको छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])

83COL22ge1wfigs-pronounsἵνα…αἱ καρδίαι αὐτῶν1ताकि तिनीहरूका हृदयहरू

पावलले बेग्‍लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-pronouns]])

84COL22a4pxσυμβιβασθέντες1एकसाथ ल्याइएर

यसको अर्थ एकसाथ घनिष्‍ठ सम्बन्धमा ल्याइएको भन्‍ने हुन्छ ।

85COL22kdg8figs-metaphorπᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως1समझको पूर्ण निश्‍चयताको सबै सम्पत्तिहरू

सुसन्देश सत्य छ भनी पूर्णतया पक्‍का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

86COL22qgi2τοῦ μυστηρίου τοῦ Θεοῦ1परमेश्‍वरको गोप्‍य सत्यता

यो केवल परमेश्‍वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो ।

87COL22v13eΧριστοῦ1अर्थात् ख्रीष्‍ट

येशू ख्रीष्‍ट परमेश्‍वरद्वारा प्रकट गरिनुभएको गोप्‍य सत्यता हुनुहुन्छ ।

88COL23w74dfigs-activepassiveἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι1उहाँमा बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू लुकाइएको छन्

केवल ख्रीष्‍टले मात्र परमेश्‍वरको सत्य बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बुद्धि र ज्ञानका सबै सम्पत्तिहरूलाई ख्रीष्‍टमा लुकाउनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

89COL23w4mrfigs-metaphorοἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως1बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू

पावलले परमेश्‍वरको बुद्धि र ज्ञानको विषयमा तिनीहरू भौतिक धनहरू भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “धेरै बहुमूल्य बुद्धि र ज्ञान” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

90COL23vd98figs-doubletτῆς σοφίας καὶ γνώσεως1बुद्धि र ज्ञान

यहाँ यी शब्दहरूको आधारभूत रूपमा उस्तै अर्थ हुन्छ । सबै आत्मिक समझ ख्रीष्‍टबाट आउँछ भन्‍ने कुरालाई जोड दिनका लागि पावलले यहाँ तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

91COL24j8diπαραλογίζηται1छल्‍नु

यसको अर्थ कसैलाई केही कुरामा विश्‍वास गर्न लगाउनु हो जुन सत्य होइन, ताकि त्यो व्यक्ति त्यो विश्‍वासमा चलोस्, र फलस्‍वरूप हानी भोगोस् ।

92COL24y4r3πιθανολογίᾳ1बहकाउने बोली

यस्तो बोली जसले कुनै व्यक्तिलाई फरक तरिकाले सोच्‍ने बनाउनेछ

93COL25g1rpfigs-metonymyτῇ σαρκὶ ἄπειμι1तिमीहरूसँग शरीरमा छैन

व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

94COL25bz56figs-idiomτῷ πνεύματι σὺν ὑμῖν εἰμι1म तिमीहरूसँग आत्मामा छु

कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

95COL25ev9pτὴν τάξιν1सुव्यवस्था

उचित तरिकाले कुराहरू गर्ने

96COL25hth1τὸ στερέωμα…πίστεως ὑμῶν1तिमीहरूको विश्‍वासको सामर्थ्य

“कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्‍वास गर्नदेखि रोक्‍न सक्दैन”

97COL26m3f1figs-metaphorἐν αὐτῷ περιπατεῖτε1उहाँमा हिँड्नु

कुनै बाटोमा हिँड्नु भनेको कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुराको लागि अलङ्कार हो । “उहाँमा” भन्‍ने शब्दले ख्रीष्‍टसँग नजिकको सम्बन्धमा हुनु र उहाँलाई मनपर्दो कुराहरू गर्नुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँले चाहनुभएअनुसार तिमीहरूको जीवन जिओ” वा “जिओ ताकि मानिसहरूले देखून् कि तिमीहरू उहाँका हौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

98COL27e2x6figs-idiomἐρριζωμένοι…ἐποικοδομούμενοι ἐν αὐτῷ…βεβαιούμενοι τῇ πίστει…περισσεύοντες ἐν εὐχαριστίᾳ1बलियोसँग जरा गाडिएका होओ ... निर्माण भएका होओ ... स्थापित भएका होओ ... प्रशस्त होओ

यी शब्दहरूले “उहाँमा हिँड्नु” भनेको के हो भनेर व्याख्या गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

99COL27fw47figs-metaphorἐρριζωμένοι1उहाँमा जरा गाडेका होओ

पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पक्‍का जमिनमा गहिरो गरी जरा हालेर बढ्दै गरेको कुनै रूख हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

100COL27tb5mfigs-metaphorἐποικοδομούμενοι ἐν αὐτῷ1उहाँमा निर्माण भएका होओ

पावलले ख्रीष्‍टमा साँचो विश्‍वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै भवन हो जसको बलियो जग छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

101COL27yh83βεβαιούμενοι τῇ πίστει1विश्‍वासमा स्थापित भएका होओ

“सबै कुराको लागि येशूमा भरोसा गर”

102COL27l1isκαθὼς ἐδιδάχθητε1जसरी तिमीहरूलाई सिकाइएको थियो

यसलाई शिक्षकको नाम नदिइकन वा अन्य किसिमले तिनमा ध्यानाकर्षण नगराइकन उल्‍लेख गर्दा बेस हुन्छ, जो खासमा इपाफ्रास थिए (कलस्‍सीहरू १:७) । वैकल्‍पिक अनुवादः “ठीक जसरी तिमीहरूले सिक्‍यौ” वा “ठीक जसरी तिनीहरूले तिमीहरूलाई सिकाए” वा “ठीक जसरी उनले तिमीहरूलाई सिकाए”

103COL27j47dfigs-metaphorπερισσεύοντες ἐν εὐχαριστίᾳ1धन्यवाद दिने कुरामा प्रशस्त होओ

पावलले धन्यवाद दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो वस्तुहरू हो जसलाई कोही व्यक्तिले थुप्रै परिमाणमा पाउन सक्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरप्रति धेरै धन्यवादी होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

104COL28cbw50जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्‍नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्‍वासीहरूसँग ख्रीष्‍टमा भएको परमेश्‍वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।

105COL28lm1v1हेर कि

“यो पक्‍का गर कि”

106COL28ga9lfigs-metaphorὑμᾶς ἔσται ὁ συλαγωγῶν1तिमीहरूलाई पक्रन्छ

कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्‍वास गर्न सक्ने (किनभने तिनीहरूले झूटा कुराहरूलाई विश्‍वास गर्छन् वा गलत थोकहरूलाई प्रेम गर्छन्) तरिकाको विषयमा यसरी बताउँछन् कि मानौँ कसैले त्यो व्यक्तिको शरीरलाई पक्रेको थियो र बलजफ्‍तीसँग समातेर राखेको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

107COL28p3vxτῆς φιλοσοφίας1दर्शनशास्‍त्र

धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्‍वरको वचनबाटका होइनन् तर परमेश्‍वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्

108COL28t8xxfigs-metaphorκενῆς ἀπάτης1खोक्रो छल

केही पनि ननिकाल्‍ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

109COL28l9jtτὴν παράδοσιν τῶν ἀνθρώπων…τὰ στοιχεῖα τοῦ κόσμου1मानिसहरूका परम्पराहरू ... संसारका तत्त्वहरू

दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्‍टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्‍नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।

110COL29ahq5ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς1उहाँमा परमेश्‍वरको सारा पूर्णता शरीरमा वास गर्दछ

“परमेश्‍वरको पूर्ण स्वभाव ख्रीष्‍टमा शारीरिक रूपमा वास गर्दछ”

111COL210lbk7figs-metaphorἐστὲ ἐν αὐτῷ πεπληρωμένοι1तिमीहरू उहाँमा भरिएका छौ

पावलले मानिसहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरेर बताउँछन् जसमा परमेश्‍वरले ख्रीष्‍टलाई राख्‍नुभयो । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टमा पूर्ण बनाइएका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

112COL210je36figs-metaphorὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας1जो हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ

ख्रीष्‍ट अरू हरेक शासकमाथि शासक हुनुहुन्छ (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

113COL211xeq7figs-metaphorἐν ᾧ καὶ περιετμήθητε1उहाँमा नै तिमीहरूको खतना पनि भएको थियो

पावल ख्रीष्‍टका भएकाहरूको विषयमा तिनीहरू ख्रीष्‍टको शरीरभित्र भए झैँ गरेर बताइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले बप्‍तिस्मामा मण्‍डलीसँग जोडियौ, परमेश्‍वरले तिमीहरूको खतना गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])

114COL211ii43figs-metaphorπεριτομῇ ἀχειροποιήτῳ1एउटा खतना जुन मानिसहरूद्वारा गरिएको होइन

यस अलङ्कारको साथमा, पावलले भन्छन् कि परमेश्‍वरले विश्‍वासीहरूलाई आफ्‍नो लागि त्यस किसिमले ग्रहणयोग्‍य बनाउनुभएको छ जसले उहाँलाई खतनाको सम्झना गरायो, एउटा समारोह जसद्वारा हिब्रू छोरा शिशुहरूलाई इस्राएलको समुदायमा सामेल गराइन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

115COL212ln8efigs-metaphorσυνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ1तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ

पावलले बप्‍तिस्मा लिने र विश्‍वासीहरूको सभामा सामेल हुने कुराको विषयमा त्यो चाहिँ ख्रीष्‍टसँगै गाडिने कुरा भए झैँ गरेर बताउँछन् । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै गाड्नुभयो जब तिमीहरू बप्‍तिस्मामा मण्‍डलीमा सामेल भयौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])

116COL212g1rqfigs-metaphorἐν ᾧ…συνηγέρθητε1उहाँमा नै तिमीहरू बिउँताइएका थियौ

यस अलङ्कारको साथमा, पावलले विश्‍वासीहरूको नयाँ आत्मिक जीवनको विषयमा कुरा गर्छन्, जुन सम्भव भयो किनभने परमेश्‍वरले ख्रीष्‍टलाई फेरि जीवित पार्नुभयो । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरूले आफैँलाई ख्रीष्‍टमा सामेल गराएका छौ, परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभएको छ” वा “उहाँमा परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])

117COL212rec6figs-idiomσυνηγέρθητε1तिमीहरूलाई बिउँताइयो

यहाँ बिउँताउनु भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्‍ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभयो” वा “परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-idiom]])

118COL213v6vifigs-metaphorὑμᾶς νεκροὺς ὄντας1जब तिमीहरू मृत थियौ

पावलले परमेश्‍वरलाई प्रतिक्रिया जनाउन नसक्‍ने अवस्थाको विषयमा त्यो मृत्यु नै भए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “जब तिमी कलस्‍सी विश्‍वासीहरू परमेश्‍वरलाई जवाफ दिन असक्षम थियौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

119COL213f9msfigs-metaphorὑμᾶς νεκροὺς ὄντας…συνεζωοποίησεν ὑμᾶς1तिमीहरू मरेका थियौ ... उहाँले तिमीहरूलाई जीवित पार्नुभयो

यस अलङ्कारको साथमा, पावलले नयाँ आत्मिक जीवनमा आउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ पुनः शारीरिक रूपमा जीवनमा आउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

120COL213wh4zνεκροὺς…ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν1तिमीहरूका अपराधहरूमा र तिमीहरूको शरीरको बेखतनामा मरेका

तिमीहरू दुईवटा लेखाको लागि मरेका थियौः १) ख्रीष्‍टको विरुद्धमा पापको जीवन जिउँदै तिमीहरू आत्मिक रूपमा मरेका थियौ र २) तिमीहरू मोशाको व्यवस्था अनुसार खतना भएका थिएनौ ।

121COL213k2hwχαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα1हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो

“उहाँले हामीलाई, हामी यहूदीहरू र तिमी अन्यजातिहरू दुवैलाई, हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो”

122COL214w22zfigs-metaphorἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν1उहाँले हाम्रा विरुद्धमा भएका लिखित तमसुकहरूलाई रद्द गरिदिनुभयो

परमेश्‍वरले हाम्रा पापहरू माफ गरिदिनुभएको तरिकाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो त्यस्तो तरिका हो जसअनुसार कोही व्यक्तिले, जसलाई धेरै मानिसहरूले पैसा र सामानहरू दिनुपर्ने थियो, ती ऋृणहरूको अभिलेखलाई नष्‍ट गर्छन् ताकि तिनीहरूले उनलाई फिर्ता तिर्न पर्दैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

123COL215gh24figs-metaphorἐδειγμάτισεν ἐν παρρησίᾳ1तिनीहरूलाई सार्वजनिक रूपमा तमाशा बनाउनुभयो

रोमी समयहरूमा, रोमी सेनाले तिनीहरूले कब्‍जा गरेका सारा केदीहरू र तिनीहरूले प्राप्‍त गरेका सबै मालसामानहरूलाई प्रदर्शन गर्दै तिनीहरू घर फर्कँदा विजयको र्‍याली गर्नु भनेको तिनीहरूको लागि सामान्य प्रचलन थियो । परमेश्‍वर दुष्‍ट शक्तिहरू र अधिकारहरू उपर विजयी हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

124COL215cg37figs-metonymyἐν αὐτῷ1क्रूसद्वारा

यहाँ “क्रूस”को अर्थ क्रूसमा भएको ख्रीष्‍टको मृत्यु हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

125COL216cii9ἐν βρώσει, καὶ ἐν πόσει1खान र पिउनमा

कसैले के-के खान र पिउन हुन्छ भन्‍ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”

126COL216b4kdἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ Σαββάτων1भोजको दिन वा पूर्णिमाको दिनको बारेमा, अथवा विश्रामको दिनको बारेमा

मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्‌ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”

127COL217ip3afigs-metaphorἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ1यिनीहरू आउने थोकहरूका छायाँ हुन्, तर वास्तविक वस्तु चाहिँ ख्रीष्‍ट हुनुहुन्छ

एउटा छायाँले कुनै वस्तुको अस्पष्‍ट आकारलाई देखाउँछ, तर त्यो आफैँ चाहिँ वस्तु होइन । त्यसै गरी, चाडहरू, उत्सवहरू, र विश्रामको दिनले हामीलाई परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुने थियो भनेर देखाउँछन्, तर ती कुराहरूले मानिसहरूलाई बचाउँदैनन् । उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “यिनीहरू के हुनेछ भन्‍ने कुराको छायाँ जस्तो हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” वा “यिनीहरू आउनुहुने उद्धारकर्ताको छायाँ जस्तो हुन्, तर उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

128COL218zv2tfigs-metaphorμηδεὶς ὑμᾶς καταβραβευέτω1कसैले पनि तिमीहरूलाई ... इनाम गुमाउने नतुल्याओस्

यहाँ पावलले झूटा शिक्षकहरूलाई यसरी जनाउँछन् कि मानौँ तिनीहरू कुनै खेलकूदको प्रतिस्पर्धामा भएका भ्रष्‍ट न्यायाधीशहरू थिए जसले विश्‍वासीहरूलाई तिनीहरूले पाउनुपर्ने पुरस्कारहरू जित्‍नबाट अन्यायोचित रूपमा अयोग्‍य ठहराउँछन्, र ख्रीष्‍टले कोही व्यक्तिलाई उद्धार गर्नुभएको कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ख्रीष्‍टले त्यस किसिमको प्रतिस्पर्धाको विजेतालाई पुरस्कार दिनुभएको हो । वैकल्‍पिक अनुवादः “कसैले पनि तिमीहरूलाई ... इनाम जित्‍नबाट अयोग्‍य नठहराओस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

129COL218b5cefigs-metonymyθέλων ἐν ταπεινοφροσύνῃ1जो नम्रतालाई चाहन्छ

“नम्रता” शब्द ती कार्यहरूको लागि प्रतिस्थापन शब्द हो जुन कार्यहरू कोही व्यक्तिले अरूहरूलाई आफू नम्र रहेको ठान्‍ने बनाउनको लागि गर्छ । वैकल्‍पिक अनुवादः “जसले तिमीहरूले ती कुराहरू गरेको चाहन्छ जसले देखाउँछ कि तिमीहरू नम्र छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

130COL218kn5dfigs-metaphorἃ ἑόρακεν ἐμβατεύων1उसले देखेका कुराहरूमा प्रवेश गर्छ

यहाँ पावलले ती मानिसहरूको बारेमा बताउँछन् जसले परमेश्‍वर‍बाट सपनाहरू र दर्शनहरू पाएको दाबी गर्छन् र जसले तिनीहरूको बारेमा घमण्‍डसँग कुरा गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

131COL218p7q4figs-activepassiveεἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ1उसको अभिलाषी विचारद्वारा घमण्डले फुल्‍छ

यहाँ पावल भन्छन् कि पापपूर्ण सोचाइहरूले एउटा व्यक्तिलाई घमण्डी बनाउँछ । वैकल्‍पिक अनुवादः “उसको अभिलाषी सोचाइको माध्यमद्वारा आफैँलाई घमण्डले फुलाउँछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

132COL218wp42figs-metaphorφυσιούμενος1फुलेको

यहाँ घमण्ड गर्ने कोही व्यक्तिको विषयमा ऊ कुनै वस्तु भए झैँ गरेर बताइएको छ जसलाई कसैले त्यो हुनुपर्नेभन्दा बढी ठूलो बनाउन त्यसभित्र हावा भरिदिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

133COL218if94figs-metaphorτοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ1उसको अभिलाषी सोचाइ

यहाँ अभिलाषाको अर्थ पापपूर्ण मानव स्वाभाव हुन्छ । “पापपूर्ण विचारहरू जुन उसले स्वाभाविक रूपमा सोच्‍छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

134COL219m2dzfigs-metaphorοὐ κρατῶν τὴν κεφαλήν1उसले शिरलाई समात्दैन

ख्रीष्‍टमा भरोसा नगर्ने व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ उसले शिरलाई बलियो गरी पक्रँदैन । ख्रीष्‍टको विषयमा यसरी बताइएको छ कि मानौँ उहाँ कुनै शरीरको शिर हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “उसले ख्रीष्‍टलाई बलियोसँग पक्रँदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” वा “ऊ ख्रीष्‍टसँग टाँसिदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

135COL219r4cafigs-metaphorἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον1यो शिरबाट हो कि सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गरिन्छ र एकसाथ गाँसिन्छ

पावलले मण्‍डलीको विषयमा कुरा गर्छन्, जुन ख्रीष्‍टद्वारा राह गरिएको र सामर्थ्य प्रदान गरिएको हुन्छ, मानौँ त्यो कुनै मानव शरीर हो । वैकल्‍पिक अनुवादः “यो शिरबाट नै हो कि परमेश्‍वर‍ले सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गर्नुहुन्छ र एकसाथ गाँस्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

136COL220yg7hfigs-metaphorεἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου1यदि संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मर्‍यौ भने

यस अलङ्कारको साथमा, पावल एक विश्‍वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्‍टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्‍ट मर्नुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्‍ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्‍वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्‍वरलाई प्रतिक्रिया जनाउन सक्‍ने अवस्थामा फर्किआएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

137COL220uu77ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε1संसारप्रति समर्पित भए जस्तै गरेर जिउनु

“संसारका चाहनाहरूलाई तिमीहरूले मान्‍नुपर्छ भनेर सोच्‍नु”

138COL220fe1kfigs-metonymyτοῦ κόσμου1संसार

संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्‍छाहरू, र अनुमानहरू (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

139COL221v9e70जोड्ने कथनः

पद २० मा भएको “किन तिमीहरू यस संसारप्रति समर्पित भए जस्तै गरेर जिउँछौ” भन्‍ने शब्दहरूका साथमा सुरु हुने आलङ्कारिक प्रश्‍नको यहाँ अन्त हुन्छ ।

140COL221b392μὴ ἅψῃ! μηδὲ γεύσῃ! μηδὲ θίγῃς!1“नचलाओ, नता चाख, नता छोओ” ?

अरू मानिसहरूले कलस्‍सीहरूलाई भनिरहेका कुराहरूलाई पावलले उद्‌धृत गरिरहेका छन् । “तिमीहरू तिनीहरूलाई किन विश्‍वास गर्छौ जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’ ?” वा “तिमीहरूले तिनीहरूको आज्ञापालन गर्नुहुँदैन जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’”

141COL223y2dcἅτινά…λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ, ἀφειδίᾳ σώματος1यी नियमहरूमा आफैँले बनाएका धर्म र नम्रता र शरीरलाई शास्‍ती दिने कुराको ज्ञान हुन्छन्

“यी नियमहरू अविश्‍वासी मानिसहरूलाई बुद्धिमान् लाग्‍छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्‍नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्”

142COL223e7p5ἐστιν…οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός1शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मूल्य हुँदैन

“तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्‍न तिमीहरूलाई सहायता गर्दैनन्”

143COL3introqtl20

कलस्‍सी ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस पत्रको दोस्रो भाग एफिसीहरू ५ र ६ सँग मेल खान्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पुरानो र नयाँ व्यक्ति

पुरानो र नयाँ व्यक्तिको अर्थ पुरानो र नयाँ मानिस भन्‍नु झैँ हो । “पुरानो मानिस” भन्‍ने कुराले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जसमा कोही एक व्यक्ति जन्मेको हुन्छ । “नयाँ मानिस” भनेको चाहिँ नयाँ स्वभाव वा नयाँ जीवन हो जुन परमेश्‍वरले कोही व्यक्ति ख्रीष्‍टमा विश्‍वास गर्न आइसकेपछि उसलाई दिनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/sin]] अनि [[rc://ne/tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

चरित्र

पावलले उनका पाठकहरूलाई पछ्याउन वा पन्‍छाउनलाई भनेका धेरैजसो कुराहरू क्रियाकलापहरू होइनन् तर चारित्रिक गुणहरू हुन् । यसकारंण, तिनीहरूलाई अनुवाद गर्न कठिन हुन सक्‍छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

“माथिका कुराहरू”

परमेश्‍वर वास गर्नुहुने स्थानलाई धेरैपटक “माथि” अवस्थित रहेको भनेर चित्रण गरिएको छ । “माथिका कुराहरूलाई खोज्‍न” र “माथिका कुराहरूको बारेमा सोच्‍न”का लागि पावलले बताउँछन् । उनले बताउन खोजिरहेका छन् कि ख्रीष्‍टिएनहरूले स्वर्गीय र ईश्‍वरीय थोकहरूलाई खोज्‍नुपर्छ र तिनीहरूको बारेमा विचार गर्नुपर्छ ।

144COL31ya970जोड्ने कथनः

तिनीहरू ख्रीष्‍टसँग एक भएका कारण तिनीहरूले केही निश्‍चित कुराहरू गर्नुहुँदैन भनेर पावलले चेतावनी दिन्छन् ।

145COL31r5yhfigs-idiomεἰ οὖν1यदि त्यसोभए

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ “किनभने” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

146COL31t1jvfigs-idiomσυνηγέρθητε τῷ Χριστῷ1परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै बिउँताउनुभएको छ

यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने एउटा वाक्‍पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्‍वरले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, परमेश्‍वरले कलस्‍सीमा भएका विश्‍वासीहरूलाई अघिबाट नै नयाँ आत्मिक जीवन दिनुभएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई नयाँ जीवन दिनुभएको छ किनभने तिमीहरू ख्रीष्‍टका हौ” वा २) किनभने परमेश्‍वरले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, कलस्‍सीमा भएका विश्‍वासीहरूले जान्‍न सक्‍छन् कि तिनीहरू मरिसकेपछि तिनीहरू ख्रीष्‍टसँगै जिउनेछन्, र विश्‍वासीहरू पुनः जीवित हुने कुराको विषयमा त्यो पहिले नै भइसकेको छ भने झैँ गरेर पावलले भन्‍न सक्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू पक्‍का हुन सक्‍छौ कि परमेश्‍वरले तिमीहरूलाई जीवन दिनुहुनेछ जसरी उहाँले उहाँले ख्रीष्‍टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-pastforfuture]] अनि [[rc://ne/ta/man/translate/figs-idiom]])

147COL31p3fwτὰ ἄνω1माथिका कुराहरू

“स्वर्गमा भएका थोकहरू”

148COL33l9ykfigs-metaphorἀπεθάνετε γάρ1किनकि तिमीहरू ... मरेका छौ

किनकि ख्रीष्‍ट वास्तवमै मर्नुभयो, त्यसैले कलस्सी विश्‍वासीहरू पनि ख्रीष्‍टसँग मरेकाहरूको रूपमा परमेश्‍वरले तिनीहरूलाई गन्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

149COL33gkz6figs-metaphorἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ1तिमीहरूको जीवन ख्रीष्‍टसँगै परमेश्‍वरमा लुकेको छ

पावलले मानिसहरूको जीवनको विषयमा यसरी बताउँछन् कि मानौँ ती वस्तुहरू हुन् जुन बाकसहरूमा राख्‍न सकिन्छ र परमेश्‍वरको विषयमा उहाँ कुनै बाकस हुनुभए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “यो यस्तो हो कि मानौँ परमेश्‍वरले तिमीहरूको जीवन लिनुभएको छ र त्यसलाई परमेश्‍वरको उपस्थितिमा ख्रीष्‍टमा लुकाउनुभयो” वा २) “तिमीहरूको साँचो जीवन के हो भनेर केवल परमेश्‍वरले मात्र जान्‍नुहुन्छ, र उहाँले त्यसलाई तब प्रकट गर्नुहुनेछ जब उहाँले ख्रीष्‍टलाई प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])

150COL34n4njfigs-metonymyἡ ζωὴ ὑμῶν1जो तिमीहरूको जीवन हुनुहुन्छ

ख्रीष्‍ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले विश्‍वासीलाई आत्मिक जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

151COL35p9w9ἀκαθαρσίαν1अशुद्धता

अशुद्ध आचरण

152COL35e65kπάθος1उत्‍कट चाहना

बलियो, अभिलाषी चाहना

153COL35h5v4τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία1लोभ, जुनचाहिँ मूर्तिपूजा हो

“लोभ, जुन चाहिँ मूर्तिपूजा जस्तै हो” वा “लोभी नहोओ किनभने त्यो मूर्तिपूजा गर्नु जस्तै हो”

154COL36s9lmἡ ὀργὴ τοῦ Θεοῦ1परमेश्‍वरको क्रोध

दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन उहाँले गर्नुहुने कुराद्वारा देखाइएको तिनीहरूको विरुद्धमा भएको परमेश्‍वरको क्रोध ।

155COL37p4q8figs-metaphorἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε1यो यिनै कुराहरूमा हो जसमा तिमीहरू पनि एकसमय हिँड्थ्यौ

कोही व्यक्तिले गर्ने व्यवहारको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै सडक वा मार्ग हो जसमा एक व्यक्ति हिँड्छ । वैकल्‍पिक अनुवादः “यी ती कुराहरू हुन् जुन तिमीहरूले गर्ने गर्थ्यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

156COL37s824figs-metaphorὅτε ἐζῆτε ἐν τούτοις1जब तिमीहरू तिनमा जिउँथ्यौ

सम्भावित अर्थहरू हुन् १) “जब तिमीहरूले ती कुराहरूको अभ्यास गर्थ्यौ” वा २) “जब तिमीहरू परमेश्‍वरको अनाज्ञापालन गर्ने मानिसहरूको माझमा रहन्थ्यौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

157COL38d3wrκακίαν1दुष्‍ट अभिप्रायहरू

“दुष्‍ट कामहरू गर्ने इच्‍छा”

158COL38lgz1βλασφημίαν1निन्दाहरू

अरूहरूलाई चोट लाउन भनिएका कुराहरू

159COL38f59zαἰσχρολογίαν1फोहोर बोली

नम्र बोलचालमा नमिल्ने शब्दहरू

160COL38n23cfigs-metonymyἐκ τοῦ στόματος ὑμῶν1तिमीहरूको मुखबाट

यहाँ “मुख” भनेको कुराकानीको लागि एक प्रतिस्‍थापन शब्द हो । “तिमीहरूको कुराकानीमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

161COL39c6tk0जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई कसरी जिउने भनेर बताउनलाई निरन्तरता दिन्छन् र तिनीहरूलाई सम्‍झाउँछन् कि ख्रीष्‍टिएनहरूले सबैजनालाई एउटै मापदण्‍ड अनुसार व्यवहार गर्नुपर्छ ।

162COL39vsd8figs-metaphorἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ1तिमीहरूले पुरानो मानिसलाई त्यसका अभ्यासहरूसहित निकालेका छौ, र नयाँ मानिसलाई धारण गरेका छौ

यहाँ पावलले एक ख्रीष्‍टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्‍ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्‍त्र लगाउनलाई पुरानो वस्‍त्र फ्याँकेको जस्‍तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

163COL310brx6figs-metaphorκαὶ ἐνδυσάμενοι τὸν νέον1र तिमीहरूले नयाँ मानिसलाई धारण गरेका छौ

यहाँ पावलले एक ख्रीष्‍टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्‍ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्‍त्र लगाउनलाई पुरानो वस्‍त्र फ्याँकेको (पद ९) जस्‍तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

164COL310d15vfigs-metonymyεἰκόνα1चित्रण

यसले येशू ख्रीष्‍टलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

165COL311t2w2figs-metonymyοὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος1त्यहाँ कुनै ग्रीक र यहूदी, खतना र बेखतना, असभ्य, सिथियन, कमारा, फुक्‍का छैन

यी नामावलीहरू मानिसहरूका वर्गहरूका उदाहरणहरू हुन् जुन परमेश्‍वरको लागि कुनै अर्थका हुँदैनन् भनी पावल बताउँछन् । परमेश्‍वरले हरेक व्यक्तिलाई एउटै दृष्‍टिले हेर्नुहुन्छ, र जात, धर्म, राष्‍ट्रियता, वा सामाजिक स्तर अनुसार हेर्नुहुँदैन । वैकल्‍पिक अनुवादः “जात, धर्म, संस्कृति, र सामाजिक स्तरको मतलब हुँदैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

166COL311vt4tβάρβαρος1असभ्य

एक विदेशी जसलाई स्थानीय चलनचल्‍तीको बारेमा ज्ञान छैन

167COL311n7byΣκύθης1सिथियन

यो रोमी साम्राज्यभन्दा बाहिर रहेको सिथिया देशबाटको कोही व्यक्ति हो । ग्रीकहरू र रोमीहरूले यो शब्द कोही एउटा व्यक्तिको लागि प्रयोग गर्थे जो त्यस्‍तो एउटा ठाउँमा हुर्केको हुन्थ्यो जहाँ सबैजनाले सधैँ दुष्‍ट कुराहरू मात्रै गर्ने गर्थे ।

168COL311i964figs-explicitἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός1ख्रीष्‍ट नै सबथोक हुनुहुन्छ, र सबैथोकमा हुनुहुन्छ

कुनै पनि कुरा ख्रीष्‍टको शासनबाट छुटको छैन वा त्यसभन्दा बाहिर छोडिएको छैन । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ र उहाँका सबै मानिसहरूमा रहनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

169COL312b5tifigs-activepassiveὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι1परमेश्‍वरका चुनिएकाहरूको रूपमा, पवित्र र प्रिय

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूको रूपमा जसलाई परमेश्‍वरले आफ्‍नै लागि चुन्‍नुभएको छ, जसले केवल उहाँको लागि जिएको उहाँले देख्‍न चाहनुहुन्छ, र जसलाई उहाँले प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

170COL312d217figs-metaphorἐνδύσασθε…σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν1करुणा, दया, दीनता, नम्रता, र धैर्यको हृदय धारण गर

“हृदय” भनेको भावनाहरू र स्वभावहरूको लागि अलङ्कार हो । यहाँ यसको विषयमा यसरी बताइएको छ कि मानौँ यससँग केही निश्‍चित भावनाहरू र स्वभावहरू छ, र मानौँ यो कुनै पहिरने वस्‍त्र हो । वैकल्‍पिक अनुवादः “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी हृदय राख” वा “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी बन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

171COL313r8iyἀνεχόμενοι ἀλλήλων1एक अर्कालाई सहो

“एक अर्कासँग धीरजी होओ” वा “एक अर्कालाई स्वीकार गर जब तिमीहरूले एक अर्कालाई निराश पार्छौ”

172COL313rts1χαριζόμενοι ἑαυτοῖς1एक अर्काप्रति कृपालु होओ

“तिमीहरूले तिनीहरूलाई गर्नुपर्ने भन्दा बढी असल तरिकाले एक अर्कालाई व्यवहार गर”

173COL313p474figs-abstractnounsπρός…ἔχῃ μομφήν1... विरुद्धमा केही गुनासो छ

भाववाचक नामपद शब्‍द “गुनासो”लाई “गुनासो गर्नु” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... विरुद्धमा गुनासो गर्ने केही कारण छ भने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

174COL314x5g8figs-metaphorτὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος1प्रेम धारण गर, जुन सिद्धताको बन्धन हो

यहाँ “सिद्धताको बन्धन” भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जसले मानिसहरूको माझमा सिद्ध एकता ल्याउँछ । वैकल्‍पिक अनुवादः “एक अर्कालाई प्रेम गर किनभने यसले तिमीहरूलाई पूर्ण रूपले एकसाथ बाँध्‍नेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

175COL315hdg5figs-metonymyἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν1ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयहरूमा राज गरोस्

ख्रीष्‍टले दिनुहुने शान्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै शासक हो । सम्‍भावित अर्थहरू हुन् १) “सबैथोक गर ताकि तिमीहरूसँग एक अर्काको बीचमा शान्तिपूर्ण सम्बन्ध हुन सकोस्” वा २) “परमेश्‍वरलाई तिमीहरूको हृदयमा शान्ति दिन देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

176COL315i9hgfigs-metonymyἐν ταῖς καρδίαις ὑμῶν1तिमीहरूका हृदयहरूमा

यहाँ “हृदयहरू” भनेको मानिसहरूका मनहरू वा भित्री व्यक्तित्वको प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनहरूमा” वा “तिमीहरूभित्र” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

177COL316w9dvfigs-metaphorὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν1ख्रीष्‍टको वचनले तिमीहरूमा वास गरोस्

पावल ख्रीष्‍टको वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कोही व्यक्ति हो जो अरू मानिसहरूभित्र वास गर्नलाई सक्षम थियो । यहाँ “ख्रीष्‍टको वचन” भनेको ख्रीष्‍टका शिक्षाहरूका लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टका निर्देशनहरूप्रति आज्ञाकारी होओ” वा “ख्रीष्‍टका प्रतिज्ञाहरूलाई सधैँ भरोसा गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])

178COL316h5k9νουθετοῦντες ἑαυτοὺς1एक अर्कालाई अर्ती देओ

“एक अर्कालाई होशियार गराओ र उत्साह देओ”

179COL316ubi5ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς1भजन, स्तुति र आत्मिक गानहरूसँग

“परमेश्‍वरलाई प्रशंसा गर्ने सबै किसिमका गीतहरूको साथ”

180COL316cnj1figs-metonymyἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν1तिमीहरूका हृदयमा धन्यवादीपनको साथमा गाओ

यहाँ “हृदयहरू” भनेको मानिसहरूका मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनहरूमा धन्यवादीपनको साथमा गाओ” वा “गाओ र धन्यवादी होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

181COL317g8p8ἐν λόγῳ ἢ ἐν ἔργῳ1बोलीमा वा काममा

“भनाइमा वा काम गर्नमा”

182COL317uix9figs-metonymyἐν ὀνόματι Κυρίου Ἰησοῦ1प्रभु येशूको नाममा

यहाँ कोही व्यक्तिको नाममा काम गर्नु भनेको त्यस व्यक्तिको विषयमा अरू मानिसहरूलाई असल कुराहरू सोच्‍नलाई सहयोग गर्नका निमित्त काम गर्ने कुरालाई जनाउने प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभु येशूलाई सम्‍मान गर्न” वा “ताकि अरूहरूले जानून कि तिमीहरू प्रभु येशूका हौ र उहाँका बारेमा असल सोचून्” वा “मानौँ प्रभु येशू आफैँले त्यसो गरिरहनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

183COL317bv84figs-metaphorδι’ αὐτοῦ1उहाँद्वारा

सम्भावित अर्थहरू हुन् १) किनभने उहाँले महान् कामहरू गर्नुभएको छ वा २) किनभने मानिसहरूले परमेश्‍वरसँग कुरा गर्नलाई उहाँले सम्भव बनाउनुभएको छ र त्यसैले उहाँलाई धन्यवाद देओ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

184COL318flu90जोड्ने कथनः

त्यसपछि पावलले पत्नीहरू, पतिहरू, छोराछोरीहरू, बुबाहरू, दासहरू, र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् ।

185COL318tt9uαἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν1पत्‍नीहरू हो, ... अधीनमा बस

“पत्‍नीहरू हो, ... आज्ञापालन गर”

186COL318b2y3ἀνῆκεν1यो सुहाउँदो छ

“यो उपयुक्त छ” वा “यो ठीक छ”

187COL319lc4aμὴ πικραίνεσθε πρὸς1... प्रति खस्रो नहोओ

“ ... सँग कठोर नहोओ” वा “ ... सँग नरिसाओ”

188COL321bvi3μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν1आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ

“अनावश्यक रूपमा आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ”

189COL322cx6aὑπακούετε…τοῖς κατὰ σάρκα κυρίοις1शरीरअनुसारका आफ्ना मालिकहरूको आज्ञापालन गर

“तिमीहरूका मानव मालिकहरूको आज्ञापालन गर”

190COL322iy1nπάντα…μὴ ἐν ὀφθαλμοδουλεία, ὡς ἀνθρωπάρεσκοι1मानिसहरूलाई खुशी बनाउनेहरू जसरी आँखाको अगाडि मात्र होइन

“तिमीहरूका मालिकहरूले हेरिरहेका बेलामा मात्रै आज्ञापालन नगर, मानौँ तिमीहरूले केवल मानिसहरूलाई मात्र खुशी बनाउन जरुरी छ”

191COL322r22mfigs-metonymyἐν ἁπλότητι καρδίας1सच्‍चा हृदयको साथ

यहाँ “हृदय” भनेको व्यक्तिको विचारहरू वा अभिप्रायहरूको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सारा इमान्दार अभिप्रायहरूसाथ” वा “सच्‍चापनको साथ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

192COL323arw4ὡς τῷ Κυρίῳ1प्रभुको लागि जसरी

“जसरी तिमीहरूले प्रभुको लागि काम गर्ने थियौ”

193COL324f3edτὴν ἀνταπόδοσιν τῆς κληρονομίας1उत्तराधिकारको इनाम

“तिमीहरूका इनामको रूपमा उत्तराधिकार”

194COL324p3pwfigs-metaphorτῆς κληρονομίας1उत्तराधिकार

परमेश्‍वरले विश्‍वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

195COL325u5lxὁ…ἀδικῶν, κομιεῖται ὃ ἠδίκησεν1अधार्मिकता गर्नेले दण्ड पाउनेछ

“दण्‍ड पाउनु” भन्‍ने वाक्यांशको अर्थ सजाय पाउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “अधार्मिकता गर्नेले सजाय पाउनेछ” वा “अधार्मिकता गर्ने जो कोही पनि व्यक्तिलाई परमेश्‍वरले सजाय दिनुहुनेछ”

196COL325ak8jἀδικῶν1जसले अधार्मिकता गर्छ

जसले सक्रिय रूपमा कुनै पनि किसिमको खराबी गर्छ

197COL325c9fxfigs-abstractnounsοὐκ ἔστιν προσωπολημψία1त्यहाँ कुनै कृपावाद छैन

भाववाचक नामपद शब्द “कृपावाद”लाई “कृपा गर्नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । केही मानिसहरूलाई कृपा गर्नु भनेको तिनीहरूलाई फरक-फरक मापदण्डद्वारा इन्साफ गर्नु हो, त्यसैले यसको परिणाम त्यही नै कामहरू गर्ने अरूहरूभन्दा बढी असल तिनीहरूको लागि हुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कसैलाई कृपा देखाउनुहुन्‍न” वा “परमेश्‍वरले सबैलाई एउटै मापदण्डद्वारा इन्साफ गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])

198COL4intronm3y0

कलस्‍सीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस्तो देखिन्छ कि कलस्‍सी ४:१ चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको विषयहरूको हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मेरो आफ्‍नै हातमा”

प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले भन्‍ने र कोही अरू व्यक्तिले ती शब्दहरू लेख्‍नु चाहिँ चलनचल्‍तीको कुरा थियो । नयाँ करारका थुप्रै पत्रहरू यसरी नै लेखिएका थिए । अन्तिम अभिवादन पावल आफैँले लेखे ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

गोप्‍य सत्यता

पावलले यस अध्यायमा एउटा “गोप्‍य सत्यता”लाई जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एकसमयमा जानकारी थिएन । तर अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ । यसको एउटा भागले परमेश्‍वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बराबर उभ्याइलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/reveal]])

199COL41qhd20जोड्ने कथनः

मालिकहरूसँग कुरा गरिसकेपछि, पावलले कलस्सीको मण्डलीमा रहेका विभिन्‍न विश्‍वासीहरूको लागि भएको उनको विशेष निर्देशनहरूलाई अन्त गर्छन् ।

200COL41ae3yfigs-doubletτὸ δίκαιον καὶ τὴν ἰσότητα1सही र उचित

यी शब्दहरूको लगभग एउटै अर्थ हुन्छ र नैतिक रूपमा ठीक रहेका कुराहरूलाई जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])

201COL41t9wyκαὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανῷ1तिमीहरूको स्वर्गमा पनि एक मालिक हुनुहुन्छ

कोही पार्थिव मालिक र उसको दासको बीचको सम्बन्ध प्रेमपूर्ण भएको परमेश्‍वर चाहनुहुन्छ, जसरी परमेश्‍वर, स्वर्गीय मालिकले उहाँका पार्थिव दासहरूलाई प्रेम गर्नुहुन्छ, जसमा पार्थिव दासहरूका मालिकहरू पनि पर्छन् ।

202COL42sct4figs-exclusive0सामान्य जानकारीः

यहाँ “हामीलाई” भन्‍ने शब्दले पावल र तिमोथीलाई जनाउँछ तर कलस्‍सीहरूलाई होइन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

203COL42wx860जोड्ने कथनः

कसरी जिउने र बोल्‍ने भनेर पावलले विश्‍वासीहरूलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।

204COL42pp1cτῇ προσευχῇ προσκαρτερεῖτε1स्थिर भई निरन्तर प्रार्थनामा लागिरहो

“विश्‍वासकासाथ प्रार्थना गरिरहो” वा “एकनासले प्रार्थना गरिरहो”

205COL43ub1ifigs-metaphorὁ Θεὸς ἀνοίξῃ…θύραν1परमेश्‍वरले ढोका खोलिदिनुभएको होस्

कसैको लागि ढोका खोल्नु भनेको त्यो व्यक्तिलाई केही गर्ने अवसर दिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अवसरहरू जुटाइदिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

206COL43lj4fἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου1वचनको लागि एउटा ढोका खोल्‍नु

“उहाँको सन्देश प्रचार गर्नको लागि हाम्रो लागि एउटा अवसर बनाउनु”

207COL43ce37τὸ μυστήριον τοῦ Χριστοῦ1ख्रीष्‍टको गोप्‍य सत्यता

यसले येशू ख्रीष्‍टको सुसमाचारलाई जनाउँछ, जुन ख्रीष्‍ट आउनभन्दा अगाडि बुझिएको थिएन ।

208COL43q4jxfigs-metonymyδι’ ὃ καὶ δέδεμαι1यसकै कारण, म साङ्लामा बाँधिएको छु

यहाँ “साङ्लामा बाँधिनु” भनेको झ्यालखानामा हुनुको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “यो येशू ख्रीष्‍टको सन्देशको घोषणा गरेको कारणले हो कि म अहिले झ्यालखानामा छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

209COL44hm5wἵνα φανερώσω αὐτὸ1मैले यसलाई स्पष्‍ट बनाउन सकूँ भनेर प्रार्थना गर

“मैले येशू ख्रीष्‍टको सन्देश स्पष्‍ट प्रकारले बोल्न सकूँ भनेर प्रार्थना गर”

210COL45z3axfigs-metaphorἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω1बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक हिँड

हिँड्नुको अवधारणालाई धेरैपटक कोही व्यक्तिले उसको जीवन चलाउने कुराको धारणाको लागि प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः “यस्तो तरिकाले जिओ कि जो विश्‍वासीहरू होइनन् तिनीहरूले तिमीहरू बुद्धिमान् छौ भनी देखून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

211COL45b525figs-metaphorτὸν καιρὸν ἐξαγοραζόμενοι1समयको उद्धार गर्नु

केही कुराको “उद्धार गर्नु”को अर्थ त्यसलाई त्यसको उचित मालिकलाई फिर्ता गर्नु भन्‍ने हुन्छ । यहाँ समयको विषयमा त्यो चाहिँ फिर्ता गर्न सकिने र परमेश्‍वरको सेवा गर्न प्रयोग गर्न सकिने कुनै थोक भए झैँ गरी बताइएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफ्‍नो समयको साथमा गर्न सक्‍ने सर्वोत्तम थोकहरू गर” वा “समयलाई त्यसको सर्वोत्तम उपयोगितामा राख” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

212COL46fuv5figs-metaphorὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος1तिमीहरूका वचनहरू सधैँ कृपालु होऊन् । तिनीहरू नूनले स्वादिलो पारिएका होऊन्

नून हालिएको खानेकुरा भनेको ती शब्दहरूको लागि अलङ्कार हो जसले अरूहरूलाई सिकाउँछन् र जुन सुनेर अरूहरू रमाउँछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूका संवादहरू सधैँ कृपालु र आकर्षक होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

213COL46c1w4εἰδέναι πῶς δεῖ ὑμᾶς…ἀποκρίνεσθαι1ताकि कसरी जवाफ दिनुपर्छ भनेर तिमीहरूलाई थाहा होस्

“ताकि येशू ख्रीष्‍टको बारेमा कसैले सोधेको प्रश्‍नहरूलाई कसरी जवाफ दिने भनेर तिमीहरूलाई थाहा होस्” वा “ताकि तिमीहरूले हरेक व्यक्तिलाई असल तरिकाले व्यवहार गर्न सक”

214COL47vtb10सामान्य जानकारीः

ओनेसिमस कलस्सीमा फिलेमोनका एक दास थिए । उनले फिलेमोनबाट पैसा चोरेका थिए र भागेर रोम पुगेका थिए जहाँ उनी पावलको सेवकाईमार्फत एक ख्रीष्‍टिएन बनेका थिए । अब तुखिकस र ओनेसिमसले नै पावलको पत्रलाई कलस्‍सीमा ल्याइरहेका थिए ।

215COL47ut910जोड्ने कथनः

केही निश्‍चित मानिसहरूको बारेमा भएको विशेष निर्देशनहरूको साथसाथै विश्‍वासीहरूलाई र विश्‍वासीहरूबाटका व्यक्तिगत अभिवादनहरूसँगै पावलले अन्त गर्छन् ।

216COL47xzz4τὰ κατ’ ἐμὲ1मेरो बारेमा भएका कुराहरू

“ती सबै कुराहरू जुन मलाई भइरहेका छन्”

217COL47p7c1σύνδουλος1सङ्गी दास

“सङ्गी सेवक ।” हुन त पावल एक स्वतन्‍त्र मानिस हुन्, उनले आफँलाई ख्रीष्‍टको सेवकको रूपमा देख्‍छन् र तुखिकसलाई सङ्गी सेवकको रूपमा देख्‍छन् ।

218COL48vyq5figs-exclusiveτὰ περὶ ἡμῶν1हाम्रो बारेमा

यी शब्दहरूले कलस्‍सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

219COL48fr1zfigs-metaphorπαρακαλέσῃ τὰς καρδίας ὑμῶν1तिमीहरूका हृदयहरूलाई प्रोत्साहित गर्न सकून्

हृदयलाई थुप्रै भावनाहरूको केन्द्र भनेर मानिन्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई प्रोत्साहित गर्न सकून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

220COL49yqh9τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ1विश्‍वासयोग्य र प्रिय भाइ

पावलले ओनेसिमसलाई एक सङ्गी ख्रीष्‍टिएन र ख्रीष्‍टको सेवक भनी भन्छन् ।

221COL49n15dὑμῖν γνωρίσουσιν1तिनीहरूले ... बताउनेछन्

“तुखिकस र ओनेसिमसले ... बताउनेछन्”

222COL49vb7jπάντα…τὰ ὧδε1ती सबैकुराहरू जुन यहाँ भएका छन्

तिनीहरूले कलस्‍सी विश्‍वासीहरूलाई पावल हालमा बसिरहेको ठाउँमा भइरहेका सबै कुराहरू बताउनेछन् । परम्‍पराले बताउँछ कि पावल त्यो समयमा रोममा घरभित्र बन्धनमा राखिएका थिए वा झ्यालखानामा हालिएका थिए ।

223COL410wmf4Ἀρίσταρχος1अरिस्ताखर्स

तिनी पावलसँगै एफिससमा झ्यालखानामा थिए जब पावलले यो पत्र कलस्‍सीहरूलाई लेखे ।

224COL410cg3aἐὰν ἔλθῃ1यदि तिनी आउँछन् भने

“यदि मर्कूस आउँछन् भने”

225COL411bm6sἸησοῦς, ὁ λεγόμενος Ἰοῦστος1युस्तस भनी बोलाइने येशू

यिनी एक मानिस हुन् जसले पनि पावलसँगै काम गरेका थिए ।

226COL411ci74figs-metonymyοἱ ὄντες ἐκ περιτομῆς οὗτοι, μόνοι συνεργοὶ εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ1खतना भएकाहरूमा यिनीहरू मात्र परमेश्‍वरको राज्यको लागि मेरा सङ्गी सहकर्मीहरू हुन्

यहाँ यहूदीहरूलाई जनाउन पावलले “खतना”लाई प्रयोग गर्छन् किनभने पुरानो करारको व्यवस्थामुनि सबै पुरुष यहूदीहरूको खतना हुनुपर्थ्यो । वैकल्‍पिक अनुवादः “यी तीन मानिसहरू मात्र ती यहूदी विश्‍वासीहरू हुन् जसले ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरलाई राजाको रूपमा घोषणा गर्नको लागि मसँग काम गरिरहेका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

227COL411p8e9οὗτοι1खतना भएकाहरूमा यिनीहरू मात्र

“यी मानिसहरू-अरिस्ताखर्स, मर्कूस, र युस्तस-खतना भएकाहरूमा यी मात्रै”

228COL412et2g0सामान्य जानकारीः

लाउडिकिया र हिरापोलिस कलस्‍सीको नजिकै रहेका सहरहरू थिए ।

229COL412gg86Ἐπαφρᾶς1इपाफ्रस

इपाफ्रास ती मानिस थिए जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए । (हेर्नुहोस्ः कलस्‍सीहरू १:७)

230COL412rq61ὁ ἐξ ὑμῶν1तिमीहरूमध्येको एकजना

“तिमीहरूको सहरबाट” वा “तिमीहरूको सङ्गी सहरवासी”

231COL412ek51δοῦλος Χριστοῦ Ἰησοῦ1ख्रीष्‍ट येशूको एक दास

“ख्रीष्‍ट येशूको एक प्रतिबद्ध चेला”

232COL412p8ffπάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς1तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्

“तिमीहरूका लागि व्यग्रताका साथ प्रार्थना गर्छन्”

233COL412nuh9σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι1तिमीहरू पूर्ण भएर र सम्पूर्ण रूपमा निर्धक्‍क भएर उभिन सक

“तिमीहरू परिपक्व र ढुक्‍क भएर उभिन सक”

234COL413k8vvμαρτυρῶ…αὐτῷ, ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν1म तिनको साक्षी छु कि तिनले तिमीहरूको लागि कडा परिश्रम गर्छन्

“मैले देखेको छु कि तिनले तिमीहरूको लागि धेरै कडा परिश्रम गरेका छन्”

235COL414hq1kΔημᾶς1डेमास

यिनी पावलसँगै भएका अर्का सहकर्मी हुन् ।

236COL415sc5gτοὺς…ἀδελφοὺς1भाइहरू

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

237COL415zkp3ἐν Λαοδικίᾳ1लाउडिकियामा

कलस्‍सेको धेरै नजिकमा रहेको सहर जहाँ एउटा मण्‍डली पनि थियो

238COL415wyk3Νύμφαν, καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν1नुम्फास, र तिनको घरमा भएको मण्डली

नुम्फास नाम गरेकी एक स्‍त्रीले एक घरेलु मण्‍डली चलाउँथिन् । वैकल्‍पिक अनुवादः “नुम्‍फास र विश्‍वासीहरूको एक समूह जो तिनको घरमा भेला हुन्थे”

239COL417d39xfigs-youεἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.1अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवकाइलाई तिमीले पूरा गर्नुपर्छ भन्‍ने कुरामा ध्यान देऊ”

पावलले अर्खिप्पसलाई परमेश्‍वरले तिनलाई दिनुभएको कामको सम्झना गराउँछन् र तिनी, अर्खिप्पस, प्रभुको अगाडि त्यस कामलाई पूरा गर्ने दायित्वमुनि थिए । “हेर”, “तिमीले पाएका छौ” र “तिमीले पूरा गर्नुपर्छ” जस्ता शब्दहरू सबैले अर्खिप्पसलाई जनाउँछन् र ती एकवचनमा हुनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])

240COL418an7s0जोड्ने कथनः

पावलले उनको आफ्‍नै हस्तलेखनमा लेखिएको एक अभिवादनसहित उनको पत्रलाई अन्त गर्छन् ।

241COL418h3kxfigs-metonymyμνημονεύετέ μου τῶν δεσμῶν1मेरा साङ्लाहरूलाई याद गर

पावलले उनको कारावासको विषयमा बताउन खोजेका समयमा साङ्लाहरूको विषयमा कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “मलाई सम्झ र म झ्यालखानामा हुँदा मेरो लागि प्रार्थना गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

242COL418w2vmfigs-metonymyἡ χάρις μεθ’ ὑμῶν1तिमीहरूसँग अनुग्रह रहोस्

यहाँ “अनुग्रह”ले परमेश्‍वरको अर्थ दिन्छ, जसले विश्‍वासीहरूलाई अनुग्रह देखाउनुहुन्छ वा तिनीहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ । वैकल्‍पिक अुनवादः “म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीहरू सबैप्रति अनुग्रही हुनुभएर व्यवहार गरिरहनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])