ne_tn/ne_tn_65-3JN.tsv

47 lines
24 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

Book Chapter Verse ID SupportReference OrigQuote Occurrence GLQuote OccurrenceNote
3JN front intro kwv9 0 # ३ यूहन्‍नाको परिचय

## भाग १: सामान्य जानकारी

### ३ यूहन्‍नाको पुस्तकको रूपरेखा

१. परिचय (१:१)
१. अतिथि-सत्कार देखाउन उत्साह र निर्देशनहरू (१:२-८)
१. डियोत्रिफस र डेमेत्रियस (१:९-१२)
१. निष्कर्ष (१:१३-१४)

### ३ यूहन्‍नाको पुस्तकलाई कसले लेख्यो ?

पत्रले लेककको नाम दिँदैन । लेखकले आफैँलाई केवल “एल्डर”को रूपमा मात्र चिनाएका छन् (१:१)। यो पत्र सम्भवत प्रेरित यूहन्‍नाद्वारा उनको जीवनको अन्त्यको नजिकतिर लेखिएको हुन सक्छ ।

### ३ यूहन्‍नाको पुस्तक केको बारेमा हो ?

यूहन्‍नाले यो पत्र गाएस नाम भएका एक विश्‍वासीलाई लेखे । उनले गाएसलाई उनको क्षेत्रबाट यात्रा गरिरहेका सङ्गी विश्‍वासीहरूतर्फ अतिथि-सत्कारपूर्ण हुन निर्देशन दिए ।

### यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “३ यूहन्‍ना” वा “तेस्रो यूहन्‍ना” भनेर बोलाउन छान्‍न सक्छन् । अथवा उनीहरूले अझ स्पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तो कि “यूहन्‍नाबाट तेस्रो पत्र” वा “यूहन्‍नाले लेखेको तेस्रो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

## भाग २: महत्त्‍वपूर्ण धार्मिक र साँस्कृतिक अवधारणाहरू

### अतिथि-सत्कार भनेको के हो ?

प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले झुटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन निरुत्साहित गरे । ३ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टिएनहरूलाई विश्‍वासीलो शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन उत्साहित गरे ।

## भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

### लेखकले कसरी उनको पत्रमा पारिवारिक सम्बन्धहरूलाई प्रयोग गर्छन् ?

लेखकले “भाइ” र “बालकहरू” जस्ता शब्दहरू यस्तो किसिमले चलाएका छन् जुन अलमल्याउने हुनसक्छ । धर्मशास्‍त्रले धेरैपटक “भाइहरू” भन्‍ने शब्द यहूदीहरूलाइ जनाउन प्रयोग गरेको छ । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरेका छन् । साथै, यूहन्‍नाले केहि विश्‍वासीहरूलाई उनका “बालकहरू” भनेका छन् । यी ती विश्‍वासीहरू हुन् जसलाई उनले ख्रीष्‍टको आज्ञापालन गर्न सिकाए ।

यूहन्‍नाले “अन्यजाति” भन्‍ने शब्द पनि यस्तो किसिमले प्रयोग गरेका छन् जुन अलमल्याउने हुन सक्छ । धर्मशास्‍त्रले धेरैपटक “अन्यजाति” भन्‍ने शब्द ती मानिसहरूलाई जनाउन प्रयोग गरेको छ जो यहूदी होइनन् । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द तिनीहरूलाई जनाउन प्रयोग गरेका छन् जसले येशूमा विश्‍वास गर्दैनन् ।
3JN 1 1 rni7 figs-you 0 सामान्य जानकारीः यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])
3JN 1 1 w99t figs-explicit ὁ πρεσβύτερος 1 एल्डर यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
3JN 1 1 lls6 translate-names Γαΐῳ 1 गायस यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
3JN 1 1 mp9w ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ 1 जसलाई म सत्यतामा प्रेम गर्छु “जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)
3JN 1 2 v6dv περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν 1 तिमीले सबै कुराहरूमा उन्‍नति गर र तिमी स्वस्थ होओ “तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”
3JN 1 2 i269 καθὼς εὐοδοῦταί σου ἡ ψυχή 1 जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ “जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”
3JN 1 3 b4zh ἐρχομένων ἀδελφῶν 1 भाइहरू आए “सङ्गी विश्‍वासीहरू आए ।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।
3JN 1 3 y7q3 figs-metaphor σὺ ἐν ἀληθείᾳ περιπατεῖς 1 जसरी तिमी सत्यमा हिँड्छौ कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3JN 1 4 w79m figs-metaphor τὰ ἐμὰ τέκνα 1 मेरा छोराछोरीहरू यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3JN 1 5 jtc6 figs-inclusive 0 सामान्य जानकारीः यहाँ “हामी” शब्दले यूहन्‍ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
3JN 1 5 vl13 0 जोड्ने कथनः यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।
3JN 1 5 tmh1 ἀγαπητέ 1 प्रिय हो यहाँ यसलाई सङ्गी विश्‍वासीको निम्ति प्यारको शब्दको रूपमा प्रयोग गरिएको छ ।
3JN 1 5 gs6x πιστὸν ποιεῖς 1 तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ “परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”
3JN 1 5 g4gz ὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους 1 भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा “सङ्गी विश्‍वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”
3JN 1 6 wzf6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας 1 परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्छ (पद ५) । “परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”
3JN 1 6 pb64 οὓς καλῶς ποιήσεις, προπέμψας 1 तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौ यूहन्‍नाले गाएसलाई उनको यि विश्‍वासीहरूलाई सहयोग गर्ने चलनको निम्ति धन्यवाद दिइरहेका छन् ।
3JN 1 7 d8y1 figs-metonymy ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον 1 किनकि ... नाउँको खातिर तिनीहरू गए यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
3JN 1 7 yzc8 μηδὲν λαμβάνοντες 1 केही नलिइ कुनै उपहार वा सहायता नलिईकन नै
3JN 1 7 hk3p τῶν ἐθνικῶν 1 अन्यजातिहरू यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।
3JN 1 8 d2l7 ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ 1 ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ “ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”
3JN 1 9 dp1v figs-exclusive ἡμᾶς 1 सामान्य जानकारीः यहाँ “हामीलाई” शब्दले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
3JN 1 9 tm9q τῇ ἐκκλησίᾳ 1 मण्डली यसले गायस र परमेश्‍वरको आराधना गर्न भेला हुने विश्‍वासीहरूको समूहलाई जनाउँछ ।
3JN 1 9 cz9d translate-names Διοτρέφης 1 डियोत्रिफस तिनी मण्डलीका एक जना सदस्य थिए । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
3JN 1 9 s82w ὁ φιλοπρωτεύων αὐτῶν 1 जसले तिनीहरूमा पहिलो हुन रुचाउँछ “जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”
3JN 1 10 f6qj λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς 1 त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ “र कसरी त्यसले हाम्रो बारेमा खराब कुराहरू भन्छ, जुन नि:सन्देह सत्य छैन ।”
3JN 1 10 wi6a οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς 1 भाइहरूलाई स्वीकार गर्दैन “सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैन”
3JN 1 10 it7p figs-ellipsis τοὺς βουλομένους κωλύει 1 यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ “त्यसले विश्‍वासीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ”
3JN 1 10 g98b ἐκ τῆς ἐκκλησίας ἐκβάλλει 1 तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ “र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँछ”
3JN 1 11 a3z8 ἀγαπητέ 1 प्रिय यहाँ यो सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले १:५(../01/05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
3JN 1 11 pv24 μὴ μιμοῦ τὸ κακὸν 1 जे खराब छ त्यसको अनुकरण नगर “मानिसहरूले गर्ने खराब कुराहरूको नक्‍कल नगर”
3JN 1 11 sz2h figs-ellipsis ἀλλὰ τὸ ἀγαθόν 1 तर जे असल छ त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्‍कल गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])
3JN 1 11 cm8t ἐκ τοῦ Θεοῦ ἐστιν 1 परमेश्‍वरको हो “परमेश्‍वरको स्वामित्वमा हुन्छ”
3JN 1 11 zan2 figs-metaphor οὐχ ἑώρακεν τὸν Θεόν 1 परमेश्‍वरलाई देखेको छैन “परमेश्‍वरको होइन” वा “परमेश्‍वरमा भरोसा गर्दैन”
3JN 1 12 a16a figs-exclusive ἡμεῖς 1 सामान्य जानकारीः यहाँ “हामी” ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])
3JN 1 12 pl7i figs-activepassive Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων 1 डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छ यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीले तिनको बारेमा राम्रो कुरा गर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3JN 1 12 m22h translate-names Δημητρίῳ 1 डेमेत्रियस सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
3JN 1 12 rad4 figs-personification ὑπὸ αὐτῆς τῆς ἀληθείας 1 र सत्यता आफैँद्वारा “र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-rpronouns]])
3JN 1 12 s712 figs-explicit ἡμεῖς δὲ μαρτυροῦμεν 1 हामी पनि गवाही दिन्छौँ यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])
3JN 1 13 v27c 0 सामान्य जानकारीः यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । तिनी केही अन्तिम भनाइहरू र समापनका अभिवादन दिन्छन् ।
3JN 1 13 am6k figs-doublet οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν 1 मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ यूहन्‍नाले अरू कुराहरू लेख्‍न चाहेका होइनन् । तिनले कलम र मसीबाहेक अरूले केही लेख्‍थे भनेका पनि होइनन् ।
3JN 1 14 r8i4 figs-idiom στόμα πρὸς στόμα 1 आमनेसामने यहाँ “आमनेसामने” एउटा उखान हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
3JN 1 15 v8yj εἰρήνη σοι 1 तिमीलाई शान्ति होस् “परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”
3JN 1 15 mhs1 ἀσπάζονταί σε οἱ φίλοι 1 मित्रहरूले तिमीलाई अभिवादन गर्छन् “यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”
3JN 1 15 lq8r ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα 1 मित्रहरूलाई नाउँद्वारा अभिवादन गर “त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन गर”