ne_tn/ne_tn_65-3JN.tsv

24 KiB
Raw Permalink Blame History

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
23JNfrontintrokwv90

३ यूहन्‍नाको परिचय

भाग १: सामान्य जानकारी

३ यूहन्‍नाको पुस्तकको रूपरेखा

१. परिचय (१:१) १. अतिथि-सत्कार देखाउन उत्साह र निर्देशनहरू (१:२-८) १. डियोत्रिफस र डेमेत्रियस (१:९-१२) १. निष्कर्ष (१:१३-१४)

३ यूहन्‍नाको पुस्तकलाई कसले लेख्यो ?

पत्रले लेककको नाम दिँदैन । लेखकले आफैँलाई केवल “एल्डर”को रूपमा मात्र चिनाएका छन् (१:१)। यो पत्र सम्भवत प्रेरित यूहन्‍नाद्वारा उनको जीवनको अन्त्यको नजिकतिर लेखिएको हुन सक्छ ।

३ यूहन्‍नाको पुस्तक केको बारेमा हो ?

यूहन्‍नाले यो पत्र गाएस नाम भएका एक विश्‍वासीलाई लेखे । उनले गाएसलाई उनको क्षेत्रबाट यात्रा गरिरहेका सङ्गी विश्‍वासीहरूतर्फ अतिथि-सत्कारपूर्ण हुन निर्देशन दिए ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “३ यूहन्‍ना” वा “तेस्रो यूहन्‍ना” भनेर बोलाउन छान्‍न सक्छन् । अथवा उनीहरूले अझ स्पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तो कि “यूहन्‍नाबाट तेस्रो पत्र” वा “यूहन्‍नाले लेखेको तेस्रो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

भाग २: महत्त्‍वपूर्ण धार्मिक र साँस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले झुटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन निरुत्साहित गरे । ३ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टिएनहरूलाई विश्‍वासीलो शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन उत्साहित गरे ।

भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

लेखकले कसरी उनको पत्रमा पारिवारिक सम्बन्धहरूलाई प्रयोग गर्छन् ?

लेखकले “भाइ” र “बालकहरू” जस्ता शब्दहरू यस्तो किसिमले चलाएका छन् जुन अलमल्याउने हुनसक्छ । धर्मशास्‍त्रले धेरैपटक “भाइहरू” भन्‍ने शब्द यहूदीहरूलाइ जनाउन प्रयोग गरेको छ । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरेका छन् । साथै, यूहन्‍नाले केहि विश्‍वासीहरूलाई उनका “बालकहरू” भनेका छन् । यी ती विश्‍वासीहरू हुन् जसलाई उनले ख्रीष्‍टको आज्ञापालन गर्न सिकाए ।

यूहन्‍नाले “अन्यजाति” भन्‍ने शब्द पनि यस्तो किसिमले प्रयोग गरेका छन् जुन अलमल्याउने हुन सक्छ । धर्मशास्‍त्रले धेरैपटक “अन्यजाति” भन्‍ने शब्द ती मानिसहरूलाई जनाउन प्रयोग गरेको छ जो यहूदी होइनन् । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द तिनीहरूलाई जनाउन प्रयोग गरेका छन् जसले येशूमा विश्‍वास गर्दैनन् ।

33JN11rni7figs-you0सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])

43JN11w99tfigs-explicitὁ πρεσβύτερος1एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

53JN11lls6translate-namesΓαΐῳ1गायस

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

63JN11mp9wὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ1जसलाई म सत्यतामा प्रेम गर्छु

“जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)

73JN12v6dvπερὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν1तिमीले सबै कुराहरूमा उन्‍नति गर र तिमी स्वस्थ होओ

“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

83JN12i269καθὼς εὐοδοῦταί σου ἡ ψυχή1जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ

“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

93JN13b4zhἐρχομένων ἀδελφῶν1भाइहरू आए

“सङ्गी विश्‍वासीहरू आए ।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।

103JN13y7q3figs-metaphorσὺ ἐν ἀληθείᾳ περιπατεῖς1जसरी तिमी सत्यमा हिँड्छौ

कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

113JN14w79mfigs-metaphorτὰ ἐμὰ τέκνα1मेरा छोराछोरीहरू

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])

123JN15jtc6figs-inclusive0सामान्य जानकारीः

यहाँ “हामी” शब्दले यूहन्‍ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])

133JN15vl130जोड्ने कथनः

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

143JN15tmh1ἀγαπητέ1प्रिय हो

यहाँ यसलाई सङ्गी विश्‍वासीको निम्ति प्यारको शब्दको रूपमा प्रयोग गरिएको छ ।

153JN15gs6xπιστὸν ποιεῖς1तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ

“परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

163JN15g4gzὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους1भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा

“सङ्गी विश्‍वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”

173JN16wzf6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας1परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्

यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्छ (पद ५) । “परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

183JN16pb64οὓς καλῶς ποιήσεις, προπέμψας1तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौ

यूहन्‍नाले गाएसलाई उनको यि विश्‍वासीहरूलाई सहयोग गर्ने चलनको निम्ति धन्यवाद दिइरहेका छन् ।

193JN17d8y1figs-metonymyὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον1किनकि ... नाउँको खातिर तिनीहरू गए

यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])

203JN17yzc8μηδὲν λαμβάνοντες1केही नलिइ

कुनै उपहार वा सहायता नलिईकन नै

213JN17hk3pτῶν ἐθνικῶν1अन्यजातिहरू

यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

223JN18d2l7ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ1ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ

“ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”

233JN19dp1vfigs-exclusiveἡμᾶς1सामान्य जानकारीः

यहाँ “हामीलाई” शब्दले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

243JN19tm9qτῇ ἐκκλησίᾳ1मण्डली

यसले गायस र परमेश्‍वरको आराधना गर्न भेला हुने विश्‍वासीहरूको समूहलाई जनाउँछ ।

253JN19cz9dtranslate-namesΔιοτρέφης1डियोत्रिफस

तिनी मण्डलीका एक जना सदस्य थिए । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

263JN19s82wὁ φιλοπρωτεύων αὐτῶν1जसले तिनीहरूमा पहिलो हुन रुचाउँछ

“जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”

273JN110f6qjλόγοις πονηροῖς φλυαρῶν ἡμᾶς1त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ

“र कसरी त्यसले हाम्रो बारेमा खराब कुराहरू भन्छ, जुन नि:सन्देह सत्य छैन ।”

283JN110wi6aοὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς1भाइहरूलाई स्वीकार गर्दैन

“सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैन”

293JN110it7pfigs-ellipsisτοὺς βουλομένους κωλύει1यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ

“त्यसले विश्‍वासीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ”

303JN110g98bἐκ τῆς ἐκκλησίας ἐκβάλλει1तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ

“र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँछ”

313JN111a3z8ἀγαπητέ1प्रिय

यहाँ यो सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले १:५(../01/05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

323JN111pv24μὴ μιμοῦ τὸ κακὸν1जे खराब छ त्यसको अनुकरण नगर

“मानिसहरूले गर्ने खराब कुराहरूको नक्‍कल नगर”

333JN111sz2hfigs-ellipsisἀλλὰ τὸ ἀγαθόν1तर जे असल छ

त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्‍कल गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])

343JN111cm8tἐκ τοῦ Θεοῦ ἐστιν1परमेश्‍वरको हो

“परमेश्‍वरको स्वामित्वमा हुन्छ”

353JN111zan2figs-metaphorοὐχ ἑώρακεν τὸν Θεόν1परमेश्‍वरलाई देखेको छैन

“परमेश्‍वरको होइन” वा “परमेश्‍वरमा भरोसा गर्दैन”

363JN112a16afigs-exclusiveἡμεῖς1सामान्य जानकारीः

यहाँ “हामी” ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]])

373JN112pl7ifigs-activepassiveΔημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων1डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीले तिनको बारेमा राम्रो कुरा गर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])

383JN112m22htranslate-namesΔημητρίῳ1डेमेत्रियस

सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

393JN112rad4figs-personificationὑπὸ αὐτῆς τῆς ἀληθείας1र सत्यता आफैँद्वारा

“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-rpronouns]])

403JN112s712figs-explicitἡμεῖς δὲ μαρτυροῦμεν1हामी पनि गवाही दिन्छौँ

यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])

413JN113v27c0सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । तिनी केही अन्तिम भनाइहरू र समापनका अभिवादन दिन्छन् ।

423JN113am6kfigs-doubletοὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν1मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ

यूहन्‍नाले अरू कुराहरू लेख्‍न चाहेका होइनन् । तिनले कलम र मसीबाहेक अरूले केही लेख्‍थे भनेका पनि होइनन् ।

433JN114r8i4figs-idiomστόμα πρὸς στόμα1आमनेसामने

यहाँ “आमनेसामने” एउटा उखान हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])

443JN115v8yjεἰρήνη σοι1तिमीलाई शान्ति होस्

“परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”

453JN115mhs1ἀσπάζονταί σε οἱ φίλοι1मित्रहरूले तिमीलाई अभिवादन गर्छन्

“यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”

463JN115lq8rἀσπάζου τοὺς φίλους κατ’ ὄνομα1मित्रहरूलाई नाउँद्वारा अभिवादन गर

“त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन गर”