ne_ta/translate/figs-synecdoche/01.md

40 lines
4.4 KiB
Markdown

### वर्णन
कुनै वस्तुको एक भागको नामलाई सम्पूर्ण वस्तुलाई जनाउन वा कुनै वस्तुको एउटा भागलाई जनाउनको लागि प्रयोग गरिने अलङ्‍कारलाई उपलक्षण भनिन्छ।
> **मेरो प्राणले** परमप्रभुको गुणगान गर्दछ। (लूका १:४६ख यूएलटि)
परमप्रभुले गर्नुभएको कुरामा मरियम खुसी थिइन् त्यसैले तिनले आफूलाई सम्पूर्ण रूपमा जनाउनको निम्ति "मेरो प्राण" भनिन् यसको अर्थ उनको भित्री र भावनात्मक भाग हो।
> **फरिसीहरूले** उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्‍यही गर्दछन्‌?” (मर्कूस २:२४क यूएलटि)
त्यहाँ उभिएका सबै फरिसीहरूले एकै समयमा एउटै कुरा भनेनन्। सायद सम्पूर्ण समूहको प्रतिनिधित्व गरेर एक जना बोलेको हुनुपर्छ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* केही पाठकहरूले शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍न सक्छन्।
* केही पाठकहरूलाई ती शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍नुहुँदैन भन्‍ने महसुस भएको हुन सक्छ, तर तिनको अर्थ थाहा नहुन सक्छ।
### बाइबलबाट उदाहरण
> मेरा **हातहरूले** गरेका सबै कार्यहरू (उपदेशक २:११क यूएलटि)
"मेरा हातहरू" सम्पूर्ण व्यक्तिको लागि एक सिनेकडोक हो किनभने स्पष्ट रूपमा हातहरू र बाँकी शरीर र दिमाग पनि व्यक्तिको उपलब्धिहरूमा संलग्‍न थिए। हातहरू व्यक्तिको प्रतिनिधित्व गर्न छनौट गरिन्छ किनभने तिनीहरू शरीरका अंगहरू हुन् जुन काममा प्रत्यक्ष रूपमा संलग्‍न हुन्छन्।
### अनुवादका रणनीतिहरू
उपलक्षणको प्रयोग स्वभाविक हुन्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस् नत्र भने अर्को विकल्प तल दिइएको छः
(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।
* ”**मेरो प्राणले** परमप्रभुको गुणगान गर्दछ।" (लूका १:४६ख यूएलटि)
* “**म** परमप्रभुको गुणगान गर्दछु।”
* **फरिसीहरूले** उहाँलाई भने (मर्कूस २:२४क यूएलटि)
* **फरिसीहरूको प्रतिनिधिले** उहाँलाई भने
* मेरा **हातहरूले** गरेका सबै कार्यहरू (उपदेशक २:११क यूएलटि)
* **मैले** गरेका सबै कार्यहरू।