ne_ta/translate/figs-synecdoche/01.md

4.4 KiB

वर्णन

कुनै वस्तुको एक भागको नामलाई सम्पूर्ण वस्तुलाई जनाउन वा कुनै वस्तुको एउटा भागलाई जनाउनको लागि प्रयोग गरिने अलङ्‍कारलाई उपलक्षण भनिन्छ।

मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ। (लूका १:४६ख यूएलटि)

परमप्रभुले गर्नुभएको कुरामा मरियम खुसी थिइन् त्यसैले तिनले आफूलाई सम्पूर्ण रूपमा जनाउनको निम्ति "मेरो प्राण" भनिन् यसको अर्थ उनको भित्री र भावनात्मक भाग हो।

फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्‍यही गर्दछन्‌?” (मर्कूस २:२४क यूएलटि)

त्यहाँ उभिएका सबै फरिसीहरूले एकै समयमा एउटै कुरा भनेनन्। सायद सम्पूर्ण समूहको प्रतिनिधित्व गरेर एक जना बोलेको हुनुपर्छ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • केही पाठकहरूले शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍न सक्छन्।
  • केही पाठकहरूलाई ती शब्दहरूलाई आक्षरिक रूपमा बुझ्‍नुहुँदैन भन्‍ने महसुस भएको हुन सक्छ, तर तिनको अर्थ थाहा नहुन सक्छ।

बाइबलबाट उदाहरण

मेरा हातहरूले गरेका सबै कार्यहरू (उपदेशक २:११क यूएलटि)

"मेरा हातहरू" सम्पूर्ण व्यक्तिको लागि एक सिनेकडोक हो किनभने स्पष्ट रूपमा हातहरू र बाँकी शरीर र दिमाग पनि व्यक्तिको उपलब्धिहरूमा संलग्‍न थिए। हातहरू व्यक्तिको प्रतिनिधित्व गर्न छनौट गरिन्छ किनभने तिनीहरू शरीरका अंगहरू हुन् जुन काममा प्रत्यक्ष रूपमा संलग्‍न हुन्छन्।

अनुवादका रणनीतिहरू

उपलक्षणको प्रयोग स्वभाविक हुन्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस् नत्र भने अर्को विकल्प तल दिइएको छः

(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।

  • मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ।" (लूका १:४६ख यूएलटि)
  • परमप्रभुको गुणगान गर्दछु।”
  • फरिसीहरूले उहाँलाई भने (मर्कूस २:२४क यूएलटि)
  • फरिसीहरूको प्रतिनिधिले उहाँलाई भने
  • मेरा हातहरूले गरेका सबै कार्यहरू (उपदेशक २:११क यूएलटि)
  • मैले गरेका सबै कार्यहरू।