94 lines
13 KiB
Markdown
94 lines
13 KiB
Markdown
### वर्णन
|
||
|
||
एउटा पूर्ण विचार व्यक्त गर्ने शब्दहरूको समूहलाई **वाक्य** भनिन्छ । वाक्यका आधारभूत प्रकारहरू तिनका कार्यसहित तल दिइएका छन् ।
|
||
|
||
* **अभिव्यक्तिहरू** - यिनीहरूको प्रयोग जानकारी दिनको निम्ति गरिन्छ । ‘_यो एउटा तथ्य हो ।_’
|
||
* **प्रश्नहरू** - जानकारी माग गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । ‘_के तपाईं उहाँलाई चिन्नुहुन्छ ?_’
|
||
* **आज्ञार्थ वाक्यहरू** - इच्छा व्यक्त गर्न वा कसैले कुनै कुरा गर्नुपर्छ भन्ने जनाउन यिनीहरूको प्रयोग गरिन्छ । ‘_त्यसलाई टिप ।_’
|
||
* **विस्मयादिबोधक** - गहिरो भावना व्यक्त गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । ‘_ऐया, दुख्यो !_’
|
||
|
||
#### यो अनुवादको विषय हुनुका कारणहरू
|
||
|
||
* कुनै निश्चित कार्यहरू अभिव्यक्त गर्नको निम्ति भाषाहरूमा विभिन्न किसिमका वाक्यहरूका प्रकारहरू प्रयोग गरिन्छ ।
|
||
* धेरैजसो भाषाहरूमा एउटा कार्यलाई जनाउनको यी वाक्यका प्रकारहरूको प्रयोग गरिन्छ ।
|
||
* बाइबलका हरेक वाक्यहरू कुनै न कुनै प्रकारका वाक्यका प्रकारमा पर्छन्, तर केही भाषाहरूमा त्यही कार्यलाई जनाउनको निम्ति त्यस प्रकारको वाक्यको प्रयोग गरिन्न ।
|
||
|
||
#### बाइबलबाट उदाहरणहरू
|
||
|
||
यी वाक्यका प्रकारहरूका मुख्य कार्यहरूका उदाहरणहरू तल दिइएको छ ।
|
||
|
||
#### अभिव्यक्तिहरू
|
||
|
||
>आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । (उत्पत्ति १:१ )
|
||
|
||
अभिव्यक्तिहरूका अन्य कार्यहरू पनि हुन्छन् । (हेर्नुहोस् [अभिव्यक्तिहरू - अन्य प्रयोगहरू](../figs-declarative/01.md))
|
||
|
||
#### प्रश्नहरू
|
||
|
||
तलका वक्ताहरूले जानकारी प्राप्त गर्नको निम्ति यी प्रश्नहरूको प्रयोग गरेका छन् र तिनीहरूले प्रश्न सोधेका मानिसहरूले तिनको जवाफ पनि दिएका छन् ।
|
||
|
||
<blockquote>येशूले तिनीहरूलाई भन्नुभयो, “<u>म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?</u>” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”(मत्ती ९:२८ ) </blockquote>
|
||
|
||
<blockquote>उनले भने, “<u>उद्धार पाउनलाई मैले के गर्नुपर्छ?</u>” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुने छ— तपाईं र तपाईंका परिवारले ।" (प्रेरित १६:२९-३१ )</blockquote>
|
||
|
||
प्रश्नहरूका अन्य कार्यहरू पनि हुन सक्छन् ।(हेर्नुहोस् [आलङ्कारिक प्रश्नहरू](../figs-rquestion/01.md))
|
||
|
||
#### आज्ञार्थ वाक्यहरू
|
||
|
||
आज्ञार्थ वाक्यहरू विभिन्न प्रकारका छन्ः आज्ञा दिने, निर्देशन दिने, सल्लाह दिने, निमन्त्रणा दिने, अनुरोध गर्ने, इच्छा व्यक्त गर्ने ।
|
||
|
||
**आज्ञा**द्वारा वक्ताले आफ्नो अधिकारको प्रयोग गर्छ र कसैलाई काम गर्न लगाउँछ ।
|
||
|
||
>ए बालाक, <u>उठेर सुन्</u>, ए सिप्पोरको छोरो, मेरो कुरामा <u>कान थाप्</u> । (गन्ती २३:१८ )
|
||
|
||
**निर्देशन**द्वारा वक्ताले कुनै कुरा कसरी गर्नुपर्छ भनेर कसैलाई बताउँछ ।
|
||
|
||
>...तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, <u>आज्ञाहरू पालन गर</u> । ... तिमी सिद्ध हुन चाहन्छौ भने, <u>गएर</u> तिमीसित भएका सबै <u>बेचेर</u> दरिद्रहरूलाई <u>देऊ</u>, र तिमीले स्वर्गमा धन प्राप्त गर्ने छौ । (मत्ती १९:१७, २१ )
|
||
|
||
**सल्लाह**द्वारा वक्ताले कसैलाई केही कुरा कुरा गर्ने कि नगर्ने भनेर बताउँछ जसले त्यस मानिसलाई मदत गर्न सक्छ । तल दिइएको उदाहरणहरूमा दुबै अन्धा मानिसले अर्कोलाई अगुवाइ नगरेको राम्रो भनेर बताइएको छ।
|
||
|
||
>एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन हुँदैन । यसो गरेमा दुवै खाडलमा पर्छन् ।( लूका ६:३९)
|
||
|
||
वक्ताहरू त्यसको सल्लाह दिएबमोजिम गर्ने समूहमा सामेल हुन चाहन्छन्। उत्पत्ति ११ मा मानिसहरूले सबै मिलेर इँट बनाउँदा राम्रो हुन्छ भनिरहेका छन् ।
|
||
>तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर <u>पोलौं</u> ।” (उत्पत्ति ११:३ )
|
||
|
||
**निमन्त्रणा**द्वारा कुनै व्यक्तिले चाहन्छ भने कुनै कुरा गर्न सक्छ भनेर वक्ताले नम्रता र मित्रवत रूपमा सल्लाह दिन्छ । यो कार्य गर्दा सुन्ने व्यक्ति पक्कै रमाउँछ भन्ने वक्ताले सोचेको हुन्छ ।
|
||
|
||
>तपाईं पनि हामीसितै <u>आउनुहोस्</u>, हामी तपाईंलाई हित नै गर्ने छौं । (गन्ती १०:२९)
|
||
|
||
**अनुरोध**द्वारा वक्ताले कुनै व्यक्तिलाई कुनै काम नम्रताका साथ भन्छ । यो आज्ञा नभइ अनुरोध भन्ने कुरालाई स्पष्ट पार्नको निम्ति यसमा 'कृपया' शब्दको प्रयोग पनि गर्न सकिन्छ । यसले प्रायः वक्ताको भलाइ गर्छ ।
|
||
|
||
<blockquote>हामीलाई आज हाम्रो दैनिक भोजन <u>दिनुहोस्</u> । (मत्ती ६:११ ) </blockquote>
|
||
|
||
<blockquote>म बिन्ती गर्दछु, <u>मलाई माफी होस्</u> । (लूका १४:१८ )</blockquote>
|
||
|
||
कुनै कुरा भए हुन्थ्यो भन्ने कुरा व्यक्त गर्नको निम्ति **इच्छा**को प्रयोग गरिन्छ । अङ्ग्रेजीमा यी वाक्यहरू "may” वा “let” बाट सुरु हुन्छन् ।
|
||
|
||
उत्पत्ति २८ मा याकूबको निम्ति परमेश्वरबाट चाहना गरेका छन् ।
|
||
><u>सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्</u>, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन् । (उत्पत्ति २८:३ )
|
||
|
||
उत्पत्ति ९ मा नोआले कनानको विषयमा चाहना व्यक्त गरेका छन् ।
|
||
><u>श्रापित होस्</u>, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो <u>हुने छ</u> ।” (उत्पत्ति ९:२५ )
|
||
|
||
उत्पत्ति २१ मा हागारले आफ्नो छोरो मरेको देख्न नचाहेको कुरा बताएकी छिन् र ऊ मरेको हेर्न नपरोस् भनेर टाढा गएकी छिन् ।
|
||
>मैले यो बालक मरेको <u>हेर्नु नपरोस्</u> । (उत्पत्ति २१:१६ )
|
||
|
||
आज्ञार्थ वाक्यका अन्य कार्यहरू पनि हुन्छन् । हेर्नुहोस् [आज्ञार्थ - अन्य प्रयोगहरू](../figs-imperative/01.md)
|
||
|
||
#### विस्मयादिबोधक
|
||
|
||
विस्मयादिबोधकले गहिरो अनुभूति व्यक्त गर्छ । युसएटीमा यसलाई जनाउनको निम्ति अन्तमा विस्मयादिबोधक चिन्हको (!) प्रयोग गरिएको छ ।
|
||
>“बचाउनुहोस् प्रभु; हामीहरू नष्ट हुन लाग्यौं ! (मत्ती ८:२५ )
|
||
|
||
( विस्मयादिबोधकको बारेमा थप जानकारी प्राप्त गर्न र तिनीहरूलाई अनुवाद गर्ने तरिकाहरूको लागि [विस्मयादिबोधक](../figs-exclamations/01.md) हेर्नुहोस् ।)
|
||
|
||
### अनुवादका रणनीतिहरू
|
||
|
||
१. वाक्यको कार्यलाई जनाउने तपाईंको भाषाको तरिकाको प्रयोग गर्नुहोस् ।
|
||
२. बाइबलको कुनै एउटा वाक्यको प्रकार तपाईंको भाषामा प्रयोग गरिन्न भने, अनुवादका रणनीतिहरूको लागि तलका पृष्ठहरू हेर्नुहोस् ।
|
||
|
||
* [अभिव्यक्तिहरू - अन्य प्रयोगहरू](../figs-declarative/01.md)
|
||
* [आलङ्कारिक प्रश्न](../figs-rquestion/01.md)
|
||
* [आज्ञार्थहरू - अन्य प्रयोगहरू](../figs-imperative/01.md)
|
||
* [विस्मयादिबोधक](../figs-exclamations/01.md)
|