13 KiB
वर्णन
एउटा पूर्ण विचार व्यक्त गर्ने शब्दहरूको समूहलाई वाक्य भनिन्छ । वाक्यका आधारभूत प्रकारहरू तिनका कार्यसहित तल दिइएका छन् ।
- अभिव्यक्तिहरू - यिनीहरूको प्रयोग जानकारी दिनको निम्ति गरिन्छ । ‘यो एउटा तथ्य हो ।’
- प्रश्नहरू - जानकारी माग गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । ‘के तपाईं उहाँलाई चिन्नुहुन्छ ?’
- आज्ञार्थ वाक्यहरू - इच्छा व्यक्त गर्न वा कसैले कुनै कुरा गर्नुपर्छ भन्ने जनाउन यिनीहरूको प्रयोग गरिन्छ । ‘त्यसलाई टिप ।’
- विस्मयादिबोधक - गहिरो भावना व्यक्त गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । ‘ऐया, दुख्यो !’
यो अनुवादको विषय हुनुका कारणहरू
- कुनै निश्चित कार्यहरू अभिव्यक्त गर्नको निम्ति भाषाहरूमा विभिन्न किसिमका वाक्यहरूका प्रकारहरू प्रयोग गरिन्छ ।
- धेरैजसो भाषाहरूमा एउटा कार्यलाई जनाउनको यी वाक्यका प्रकारहरूको प्रयोग गरिन्छ ।
- बाइबलका हरेक वाक्यहरू कुनै न कुनै प्रकारका वाक्यका प्रकारमा पर्छन्, तर केही भाषाहरूमा त्यही कार्यलाई जनाउनको निम्ति त्यस प्रकारको वाक्यको प्रयोग गरिन्न ।
बाइबलबाट उदाहरणहरू
यी वाक्यका प्रकारहरूका मुख्य कार्यहरूका उदाहरणहरू तल दिइएको छ ।
अभिव्यक्तिहरू
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । (उत्पत्ति १:१ )
अभिव्यक्तिहरूका अन्य कार्यहरू पनि हुन्छन् । (हेर्नुहोस् अभिव्यक्तिहरू - अन्य प्रयोगहरू)
प्रश्नहरू
तलका वक्ताहरूले जानकारी प्राप्त गर्नको निम्ति यी प्रश्नहरूको प्रयोग गरेका छन् र तिनीहरूले प्रश्न सोधेका मानिसहरूले तिनको जवाफ पनि दिएका छन् ।
येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”(मत्ती ९:२८ )
उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुने छ— तपाईं र तपाईंका परिवारले ।" (प्रेरित १६:२९-३१ )
प्रश्नहरूका अन्य कार्यहरू पनि हुन सक्छन् ।(हेर्नुहोस् आलङ्कारिक प्रश्नहरू)
आज्ञार्थ वाक्यहरू
आज्ञार्थ वाक्यहरू विभिन्न प्रकारका छन्ः आज्ञा दिने, निर्देशन दिने, सल्लाह दिने, निमन्त्रणा दिने, अनुरोध गर्ने, इच्छा व्यक्त गर्ने ।
आज्ञाद्वारा वक्ताले आफ्नो अधिकारको प्रयोग गर्छ र कसैलाई काम गर्न लगाउँछ ।
ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप् । (गन्ती २३:१८ )
निर्देशनद्वारा वक्ताले कुनै कुरा कसरी गर्नुपर्छ भनेर कसैलाई बताउँछ ।
...तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर । ... तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्ने छौ । (मत्ती १९:१७, २१ )
सल्लाहद्वारा वक्ताले कसैलाई केही कुरा कुरा गर्ने कि नगर्ने भनेर बताउँछ जसले त्यस मानिसलाई मदत गर्न सक्छ । तल दिइएको उदाहरणहरूमा दुबै अन्धा मानिसले अर्कोलाई अगुवाइ नगरेको राम्रो भनेर बताइएको छ।
एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन हुँदैन । यसो गरेमा दुवै खाडलमा पर्छन् ।( लूका ६:३९)
वक्ताहरू त्यसको सल्लाह दिएबमोजिम गर्ने समूहमा सामेल हुन चाहन्छन्। उत्पत्ति ११ मा मानिसहरूले सबै मिलेर इँट बनाउँदा राम्रो हुन्छ भनिरहेका छन् ।
तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं ।” (उत्पत्ति ११:३ )
निमन्त्रणाद्वारा कुनै व्यक्तिले चाहन्छ भने कुनै कुरा गर्न सक्छ भनेर वक्ताले नम्रता र मित्रवत रूपमा सल्लाह दिन्छ । यो कार्य गर्दा सुन्ने व्यक्ति पक्कै रमाउँछ भन्ने वक्ताले सोचेको हुन्छ ।
तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्ने छौं । (गन्ती १०:२९)
अनुरोधद्वारा वक्ताले कुनै व्यक्तिलाई कुनै काम नम्रताका साथ भन्छ । यो आज्ञा नभइ अनुरोध भन्ने कुरालाई स्पष्ट पार्नको निम्ति यसमा 'कृपया' शब्दको प्रयोग पनि गर्न सकिन्छ । यसले प्रायः वक्ताको भलाइ गर्छ ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस् । (मत्ती ६:११ )
म बिन्ती गर्दछु, मलाई माफी होस् । (लूका १४:१८ )
कुनै कुरा भए हुन्थ्यो भन्ने कुरा व्यक्त गर्नको निम्ति इच्छाको प्रयोग गरिन्छ । अङ्ग्रेजीमा यी वाक्यहरू "may” वा “let” बाट सुरु हुन्छन् ।
उत्पत्ति २८ मा याकूबको निम्ति परमेश्वरबाट चाहना गरेका छन् ।
सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन् । (उत्पत्ति २८:३ )
उत्पत्ति ९ मा नोआले कनानको विषयमा चाहना व्यक्त गरेका छन् ।
श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुने छ ।” (उत्पत्ति ९:२५ )
उत्पत्ति २१ मा हागारले आफ्नो छोरो मरेको देख्न नचाहेको कुरा बताएकी छिन् र ऊ मरेको हेर्न नपरोस् भनेर टाढा गएकी छिन् ।
मैले यो बालक मरेको हेर्नु नपरोस् । (उत्पत्ति २१:१६ )
आज्ञार्थ वाक्यका अन्य कार्यहरू पनि हुन्छन् । हेर्नुहोस् आज्ञार्थ - अन्य प्रयोगहरू
विस्मयादिबोधक
विस्मयादिबोधकले गहिरो अनुभूति व्यक्त गर्छ । युसएटीमा यसलाई जनाउनको निम्ति अन्तमा विस्मयादिबोधक चिन्हको (!) प्रयोग गरिएको छ ।
“बचाउनुहोस् प्रभु; हामीहरू नष्ट हुन लाग्यौं ! (मत्ती ८:२५ )
( विस्मयादिबोधकको बारेमा थप जानकारी प्राप्त गर्न र तिनीहरूलाई अनुवाद गर्ने तरिकाहरूको लागि विस्मयादिबोधक हेर्नुहोस् ।)
अनुवादका रणनीतिहरू
१. वाक्यको कार्यलाई जनाउने तपाईंको भाषाको तरिकाको प्रयोग गर्नुहोस् । २. बाइबलको कुनै एउटा वाक्यको प्रकार तपाईंको भाषामा प्रयोग गरिन्न भने, अनुवादका रणनीतिहरूको लागि तलका पृष्ठहरू हेर्नुहोस् ।