52 lines
7.5 KiB
Markdown
52 lines
7.5 KiB
Markdown
### वर्णन
|
|
|
|
भूतकालको प्रयोगद्वारा भविष्यमा हुने कुरालाई बताउने अलङ्कारलाई भविष्यवाणीयुक्त भूत भनिन्छ। कुनै कुरा पक्कै हुन्छ भन्ने बताउनलाई कहिलेकाहीँ भविष्यवाणीमा यसको प्रयोग गरिन्छ। यसलाई भविष्यवाणीयुक्त पूर्ण पक्ष पनि भनिन्छ।
|
|
|
|
> यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्,
|
|
> र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीडित हुनेछन्। (यशैया ५:१३ यूएलटि)
|
|
|
|
माथिको उदाहरणमा, इस्राएलका मानिसहरू कैदमा परिसकेका थिएनन्, तर परमेश्वरले उक्त कैद पहिले नै भएको जस्तो गरेर भन्नुभयो किनकि तिनीहरू निश्चय नै कैदमा जाने छन् भनेर उहाँले निर्णय गर्नुभएको थियो।
|
|
|
|
#### यो अनुवादको विषय हुनुको कारण:
|
|
|
|
भूत कालको प्रयोग गरेर भविष्यमा हुने घटनाहरूको बारेमा भविष्यवाणी गरिन्छ भन्ने कुरा थाहा नभएका पाठकहरू यसको प्रयोगले अलमलमा पर्न सक्छन्।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
> त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।” (यहोशू ६:१-२ यूएलटि)
|
|
|
|
> किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुने छ। (यशैया ९:६क यूएलटि)
|
|
|
|
माथि उल्लेख गरिएका उदाहरणहरूमा भविष्यमा हुने कुराहरूलाई परमेश्वरले पहिले नै भएको जस्तै गरी बताउनुभएको छ।
|
|
|
|
> आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, (यहूदा १:१४ यूएलटि)
|
|
|
|
हनोकले भविष्यमा हुने कुराको बारेमा बताइरहेका थिए तर उनले "परमप्रभु आउनुभयो" भनेर भूत कालको प्रयोग गरेका छन्।
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
यदि तपाईंको भाषामा भूतकालको प्रयोग स्वभाविक हुन्छ र त्यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि होइन भने अन्य विकल्पहरू तल दिइएका छन्ः
|
|
|
|
१. भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्य कालको प्रयोग गर्नुहोस्।
|
|
|
|
(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस्।
|
|
|
|
(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
(१) भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्यत्कालको प्रयोग गर्नुहोस्।
|
|
|
|
* किनभने हाम्रा निम्ति एक जना बालकको **जन्म भएको छ**। हाम्रा निम्ति एक जना छोरो **दिइएको छ**। (यशैया ९:६क )
|
|
* “किनभने हाम्रा निम्ति एक जना बालकको **जन्म हुने छ।** हाम्रा निम्ति एक जना छोरो **दिइने छ**।
|
|
|
|
(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस् ।
|
|
|
|
* तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा **पारिदिएको छु।** (यहोशू ६:२ यूएलटि)
|
|
* तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा **पार्न लागेको छु**।”
|
|
|
|
(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।
|
|
|
|
* तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा **पारिदिएको छु।**” (यहोशू ६:२ यूएलटि)
|
|
* तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा **पार्न गइरहेको छु**।”
|