ne_ta/translate/figs-pastforfuture/01.md

7.5 KiB

वर्णन

भूतकालको प्रयोगद्वारा भविष्यमा हुने कुरालाई बताउने अलङ्‍कारलाई भविष्यवाणीयुक्त भूत भनिन्छ। कुनै कुरा पक्कै हुन्छ भन्‍ने बताउनलाई कहिलेकाहीँ भविष्यवाणीमा यसको प्रयोग गरिन्छ। यसलाई भविष्यवाणीयुक्त पूर्ण पक्ष पनि भनिन्छ।

यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्‍च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्‍यासले पीडित हुनेछन्‌। (यशैया ५:१३ यूएलटि)

माथिको उदाहरणमा, इस्राएलका मानिसहरू कैदमा परिसकेका थिएनन्, तर परमेश्‍वरले उक्त कैद पहिले नै भएको जस्तो गरेर भन्‍नुभयो किनकि तिनीहरू निश्‍चय नै कैदमा जाने छन् भनेर उहाँले निर्णय गर्नुभएको थियो।

यो अनुवादको विषय हुनुको कारण:

भूत कालको प्रयोग गरेर भविष्यमा हुने घटनाहरूको बारेमा भविष्यवाणी गरिन्छ भन्‍ने कुरा थाहा नभएका पाठकहरू यसको प्रयोगले अलमलमा पर्न सक्छन्।

बाइबलबाट उदाहरणहरू

त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो। तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।” (यहोशू ६:१-२ यूएलटि)

किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुने छ। (यशैया ९:६क यूएलटि)

माथि उल्लेख गरिएका उदाहरणहरूमा भविष्यमा हुने कुराहरूलाई परमेश्‍वरले पहिले नै भएको जस्तै गरी बताउनुभएको छ।

आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो, (यहूदा १:१४ यूएलटि)

हनोकले भविष्यमा हुने कुराको बारेमा बताइरहेका थिए तर उनले "परमप्रभु आउनुभयो" भनेर भूत कालको प्रयोग गरेका छन्।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा भूतकालको प्रयोग स्वभाविक हुन्छ र त्यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि होइन भने अन्य विकल्पहरू तल दिइएका छन्ः

१. भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्य कालको प्रयोग गर्नुहोस्।

(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस्।

(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्यत्‌कालको प्रयोग गर्नुहोस्।

  • किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। (यशैया ९:६क )
  • “किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म हुने छ। हाम्रा निम्‍ति एक जना छोरो दिइने छ

(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस् ।

  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु। (यहोशू ६:२ यूएलटि)
  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पार्न लागेको छु।”

(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।

  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।” (यहोशू ६:२ यूएलटि)
  • तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पार्न गइरहेको छु।”