60 lines
12 KiB
Markdown
60 lines
12 KiB
Markdown
### व्याख्या
|
|
|
|
बाइबलका घटनाहरूलाई सधैँ तिनीहरू घटेकै क्रमअनुसार बताइएका छैनन् । कहिलेकहीँ लेखकले आफूले भर्खरै बताएका घटनाभन्दा अगाडि नै घटेका घटनाहरूका बारे कुरा गर्न चाहन्छन् । यसले पाठकलाई अन्योलमा पार्न सक्छ ।
|
|
|
|
### यो अनुवादको विषय बन्नुको कारण
|
|
|
|
पाठकहरूले घटनाहरू बताइएकै क्रममा भएका हुन् भन्ने सोच्न सक्छन् । उनीहरूलाई घटनाहरूको सही क्रम बुझ्न सहायता गर्नु महत्त्वपूर्ण हुन्छ ।
|
|
|
|
### बाइबलबाट लिइएका उदाहरणहरू
|
|
|
|
> उहाँले उनीहरू सबैलाई यो थप्नुभयोः उनले यूहन्नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्तिस्मा दिइयो, तब येशूलाई पनि बप्तिस्मा दिइयो । (लूका ३ः२०-२१ ULT)
|
|
|
|
यहाँ यूहन्नालाई झ्यालखानमा थुनेपछि यूहन्नाले येशूलाई बप्तिमा दिएका थिएजस्तो लाग्न सक्थ्यो, तर यूहन्ना झ्यालखानमा पर्नअघि नै उनले येशूलाई बप्तिस्मा दिएका थिए ।
|
|
|
|
> यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
|
|
|
|
यो यहोशूले फौज अघि बढ्न थालेपछि भनेका थिए जस्तो लाग्न सक्छ, तर तिनले यो आदेश उनीहरू अघि बढ्न अघि नै दिएका थिए ।
|
|
|
|
> मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्यको को छ? (प्रकाश ५ः२ ULT)
|
|
|
|
यो उक्त व्यक्तिले पहिले मुट्ठो खोल्नुपर्ने र त्यसपछि मोहोर तोड्नुपर्ने जस्तो लाग्न सक्छ, तर त्यो मुट्ठो फुकाउन अघि त्यसलाई बन्द गर्ने मोहोर तोड्नुपर्छ ।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्नुहुन्छ ।
|
|
|
|
(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । ([क्रियाहरू](../figs-verbs/01.md) को "रूप"को खण्ड हेर्नु होला ।)
|
|
|
|
(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्न सक्नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्नुपर्ने हुन सक्छ (जस्तै ५-६)। ([पद सम्बन्धहरू](../translate-versebridge/01.md) हेर्नु होला ।)
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोग गरिएका उदाहरणहरू
|
|
|
|
(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्नुहुन्छ ।
|
|
|
|
> २० उहाँले उनीहरू सबैलाई यो पनि थप्नुभयोः उनले यूहन्नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्तिस्मा दिइयो, तब येशूलाई पनि बप्तिस्मा दिइयो । (लूका ३ः२०-२१, ULT)
|
|
>
|
|
>> २० तर त्यसपछि हेरोदले... यूहन्नालाई झ्यालखानमा थुने । २१ **यूहन्नालाई झ्यालखानमा थुन्नअघि,** यूहन्नाले सबै मानिसहरूलाई बप्तिस्मा दिइरहँदा, येशूलाई पनि बप्तिस्मा दिइयो ।
|
|
>
|
|
> मुट्ठो खोल्न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)
|
|
>
|
|
>> यसको मोहोर तोडे **पछि** मुट्ठो खोल्न योग्य को छ?
|
|
|
|
(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
|
|
|
|
> यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
|
|
>
|
|
>> ८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए, उनीहरू अघि बढ्दा, उनीहरूले तुरही बजाए १० तर यहोशूले, "नकराओ । मैले कराओ नभनेसम्म तिमीहरूका मुखबाट एक शब्द पनि निस्कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउन सक्छौ" भनी मानिसहरूलाई **आदेश दिएका थिए** ।
|
|
|
|
(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्न सक्नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्नुपर्ने हुन सक्छ (जस्तै ५-६)।
|
|
|
|
> ८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
|
|
>
|
|
>> ८, १० यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ । मैले कराओ नभनेको दिनसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउनुपर्छ ।" त्यसपछि यहोशूले भने झैँ सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र उनीहरू अघि बढ्दै गर्दा तुरही बजाए... ।
|
|
>
|
|
> मुट्ठा खोल्न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)
|
|
>
|
|
>> मोहोर तोड्न र मुट्ठालाई खोल्न योग्य को छ?
|
|
|
|
तपाईंले https://ufw.io/figs\_events भिडियो पनि हेर्न सक्नुहुन्छ ।
|