ne_ta/translate/figs-events/01.md

12 KiB

व्याख्या

बाइबलका घटनाहरूलाई सधैँ तिनीहरू घटेकै क्रमअनुसार बताइएका छैनन् । कहिलेकहीँ लेखकले आफूले भर्खरै बताएका घटनाभन्दा अगाडि नै घटेका घटनाहरूका बारे कुरा गर्न चाहन्छन् । यसले पाठकलाई अन्योलमा पार्न सक्छ ।

यो अनुवादको विषय बन्‍नुको कारण

पाठकहरूले घटनाहरू बताइएकै क्रममा भएका हुन्‌ भन्‍ने सोच्‍न सक्छन् । उनीहरूलाई घटनाहरूको सही क्रम बुझ्‍न सहायता गर्नु महत्त्वपूर्ण हुन्छ ।

बाइबलबाट लिइएका उदाहरणहरू

उहाँले उनीहरू सबैलाई यो थप्‍नुभयोः उनले यूहन्‍नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्‍तिस्‍मा दिइयो, तब येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । (लूका ३ः२०-२१ ULT)

यहाँ यूहन्‍नालाई झ्यालखानमा थुनेपछि यूहन्‍नाले येशूलाई बप्‍तिमा दिएका थिएजस्तो लाग्‍न सक्थ्यो, तर यूहन्‍ना झ्यालखानमा पर्नअघि नै उनले येशूलाई बप्‍तिस्मा दिएका थिए ।

यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)

यो यहोशूले फौज अघि बढ्न थालेपछि भनेका थिए जस्तो लाग्‍न सक्छ, तर तिनले यो आदेश उनीहरू अघि बढ्न अघि नै दिएका थिए ।

मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्यको को छ? (प्रकाश ५ः२ ULT)

यो उक्त व्यक्तिले पहिले मुट्ठो खोल्नुपर्ने र त्यसपछि मोहोर तोड्नुपर्ने जस्तो लाग्‍न सक्छ, तर त्यो मुट्ठो फुकाउन अघि त्यसलाई बन्द गर्ने मोहोर तोड्नुपर्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । (क्रियाहरू को "रूप"को खण्ड हेर्नु होला ।)

(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्‍न सक्‍नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्‍नुपर्ने हुन सक्छ (जस्तै ५-६)। (पद सम्बन्धहरू हेर्नु होला ।)

अनुवाद रणनीतिहरू प्रयोग गरिएका उदाहरणहरू

(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

२० उहाँले उनीहरू सबैलाई यो पनि थप्‍नुभयोः उनले यूहन्‍नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्‍तिस्‍मा दिइयो, तब येशूलाई पनि बप्‍तिस्मा दिइयो । (लूका ३ः२०-२१, ULT)

२० तर त्यसपछि हेरोदले... यूहन्‍नालाई झ्यालखानमा थुने । २१ यूहन्‍नालाई झ्यालखानमा थुन्‍नअघि, यूहन्‍नाले सबै मानिसहरूलाई बप्तिस्‍मा दिइरहँदा, येशूलाई पनि बप्‍तिस्मा दिइयो ।

मुट्ठो खोल्न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)

यसको मोहोर तोडे पछि मुट्ठो खोल्न योग्य को छ?

(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)

८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए, उनीहरू अघि बढ्दा, उनीहरूले तुरही बजाए १० तर यहोशूले, "नकराओ । मैले कराओ नभनेसम्म तिमीहरूका मुखबाट एक शब्द पनि निस्‍कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउन सक्‍छौ" भनी मानिसहरूलाई आदेश दिएका थिए

(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्‍न सक्‍नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्‍नुपर्ने हुन सक्छ (जस्तै ५-६)।

८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)

८, १० यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ । मैले कराओ नभनेको दिनसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्‍कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउनुपर्छ ।" त्यसपछि यहोशूले भने झैँ सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र उनीहरू अघि बढ्दै गर्दा तुरही बजाए... ।

मुट्ठा खोल्‍न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)

मोहोर तोड्न र मुट्ठालाई खोल्‍न योग्य को छ?

तपाईंले https://ufw.io/figs_events भिडियो पनि हेर्न सक्‍नुहुन्छ ।