52 lines
12 KiB
Markdown
52 lines
12 KiB
Markdown
डोर फोर्टी थ्रीले ती बाइबल अनुवादहरूलाई समर्थन गर्छ जसले परमेश्वरलाई जनाउँदा यी अवधारणाहरूलाई प्रतिनिधित्व गर्छ।
|
|
|
|
### बाइबलीय साक्षी
|
|
|
|
**“पिता” र “पुत्र” भनेका परमेश्वरले बाइबलमा आफैँलाई बोलाउनुहुने नाउँहरू हुन्।**
|
|
|
|
बाइबलले देखाउँछ कि परमेश्वरले येशूलाई उहाँको पुत्र भन्नुभयोः
|
|
|
|
> उहाँको बप्तिस्मा भइसकेपछि, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो, र …स्वर्गबाट यसो भन्दै एउटा आवाज आयो, “**यिनी मेरा प्रिय पुत्र हुन्**। म यिनीसँग धेरै प्रसन्न छु।” (मत्ती ३:१६-१७ यूएलटी)
|
|
|
|
बाइबलले देखाउँछ कि येशूले परमेश्वरलाई उहाँको पिता भन्नुभयोः
|
|
|
|
> येशूले भन्नुभयो, “म तपाईंको प्रशंसा गर्छु, हे **पिता**, स्वर्ग र पृथ्वीका प्रभु, … **पिता**ले बाहेक कसैले पनि **पुत्र**लाई जान्दैन, र **पुत्र**ले बाहेक कसैले पनि **पिता**लाई जान्दैन” (मत्ती ११:२५-२७ यूएलटी) (यसलाई पनि हेर्नुहोस्ः यूहन्ना ६:२६-५७)
|
|
|
|
ख्रीष्टिएनहरूले पाएका छन् कि “पिता” र “पुत्र” भनेका अवधारणाहरू हुन् जसले मुख्य रूपमा त्रिएकको पहिलो र दोस्रो व्यक्तिको एक अर्काको बीचमा भएको अनन्त सम्बन्धलाई वर्णन गर्छन्। बाइबलले वास्तवमा तिनलाई विभिन्न तरिकाहरूमा जनाउँछ, तर कुनै पनि अरू शब्दहरूले यी व्यक्तिहरूको बीचमा भएको अनन्त प्रेम र घनिष्ठतालाई झल्काउँदैन, नता उहाँहरूको बीचमा भएको अन्तरनिर्भर अनन्त सम्बन्धलाई झल्काउँछ।
|
|
|
|
येशूले परमेश्वरलाई निम्न दिइएका शब्दहरूद्वारा जनाउनुभयोः
|
|
|
|
> तिनीहरूलाई **पिताको, पुत्रको, र पवित्र आत्माको नाउँमा** बप्तिस्मा देओ। (मत्ती २८:१९ यूएलटी)
|
|
|
|
पिता र पुत्रको बीचमा भएको घनिष्ठ, प्रेमी सम्बन्ध अनन्त हो, ठीक जसरी उहाँहरू अनन्त हुनुहुन्छ।
|
|
|
|
> पिताले पुत्रलाई **प्रेम गर्नुहुन्छ**। (हेर्नुहोस् यूहन्ना ३:३५-२६; ५:१९-२० यूएलटी)
|
|
|
|
> म पितालाई **प्रेम गर्छु**, म पिताले मलाई अह्राउनुभएको कुरा गर्छु, जस्तो उहाँले मलाई आज्ञा दिनुभएको छ। (यूहन्ना १४:३१ यूएलटी)
|
|
|
|
> **पिताले बाहेक पुत्र को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन, र पुत्रले बाहेक पिता को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन**। (लूका १०:२२ख यूएलटी)
|
|
|
|
“पिता” र “पुत्र” शब्दहरूले पिता र पुत्र एउटै सारतत्त्वको हुनुहुन्छ भन्ने सन्देश पनि प्रवाह गर्छ; उहाँहरू दुवैजना अनन्त परमेश्वर हुनुहुन्छ।
|
|
|
|
> येशूले भन्नुभयो, “पिता, पुत्रलाई महिमित गर्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित गरोस् … मैले तपाईंलाई पृथ्वीमा महिमित पारेको छु, … अब पिता, **संसारको सृष्टि हुन अगि तपाईंको सामु मसँग भएको** महिमाले मलाई महिमित पार्नुहोस्।” (यूहन्ना १७:१-५ यूएलटी)
|
|
|
|
> तर यी अन्तिम दिनहरूमा, उहाँले [परमेश्वर पिताले] पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको उत्तराधिकार हुन नियुक्त गर्नुभयो। उहाँद्वारा नै परमेश्वरले ब्रह्माण्डलाई पनि बनाउनुभयो। उहाँ परमेश्वरको महिमाको चमक हुन्छ, **उहाँको सारतत्त्वको खास चरित्र**। उहाँले सबैथोकलाई उहाँको शक्तिको वचनले एकसाथ सम्हाल्नु पनि हुन्छ। (हिब्रू १:२-३क यूएलटी)
|
|
|
|
> येशूले उहाँलाई भन्नुभयो, “म तिमीसँग यति लामो समय रहेको छु र अझै पनि तिमीले मलाई चिन्दैनौ, फिलिप? **जसले मलाई देखेको छ उसले पितालाई देखेको छ**। तिमीले कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाउनुहोस्’? (यूहन्ना १४:९ यूएलटी)
|
|
|
|
### मानव सम्बन्धहरू
|
|
|
|
**मानव पिताहरू र पुत्रहरू सिद्ध हुँदैनन, तर पनि बाइबलले पिता र पुत्र, जो सिद्ध हुनुहुन्छ, उहाँहरूको लागि ती शब्दहरूलाई प्रयोग गर्छ।**
|
|
|
|
आज जस्तै, बाइबलका समयहरूमा पनि बाबु-छोराका सम्बन्धहरू येशू र उहाँको पिताको बीचमा भएको सम्बन्ध जस्तै प्रेमी वा सिद्ध कहिल्यै पनि थिएन। तर यसको अर्थ यो होइन कि अनुवादकले पिता र पुत्रका यी अवधारणाहरूलाई नकार्नुपर्छ। धर्मशास्त्रले यी शब्दहरूलाई परमेश्वर, सिद्ध पिता र पुत्र, साथै पापपूर्ण मानव बाबुहरू र छोराहरूलाई जनाउनका लागि प्रयोग गर्छ। परमेश्वरलाई पिता र पुत्रको रूपमा जनाउँदा, तपाईंको भाषामा भएका ती शब्दहरूलाई चयन गर्नुहोस् जुन मानव “पिता” र “पुत्र”लाई जनाउन व्यापक रूपमा प्रयोग गरिन्छ। यसरी तपाईंले सन्देश दिनुहुनेछ कि परमेश्वर पिता र परमेश्वर पुत्र मूलभूत रूपमा एउटै हुनुहुन्छ (उहाँहरू दुवैजना परमेश्वर हुनुहुन्छ), ठीक जसरी मानव बाबु र छोरा मूलभूत रूपमा एउटै हुन्छन्, दुवै मानव हुन् र एउटै गुणहरू बोकेका हुन्छन्।
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
(१) “पुत्र” र “पिता” शब्दहरूलाई अनुवाद गर्नका लागि तपाईंको भाषामा भएका सबै सम्भाव्यताहरूको बारेमा विचार गर्नुहोस्। ईश्वरीय “पुत्र” र “पिता”लाई तपाईंको भाषामा कुन शब्दहरूले सबैभन्दा उत्तम तवरमा प्रतिनिधित्व गर्छ भनेर निधो गर्नुहोस्।
|
|
|
|
(२) यदि तपाईंको भाषामा “पुत्र”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “एकमात्र पुत्र” (वा यदि आवश्यक हुन्छ भने “पहिलो पुत्र”) भन्ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।
|
|
|
|
(३) यदि तपाईंको भाषामा “पिता”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “धर्मपुत्रको रूपमा ग्रहण गर्ने पिता”भन्दा पनि “जन्म दिने पिता” भन्ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।
|
|
|
|
(“पिता” र “पुत्र”लाई अनुवाद गर्नमा सहायता गर्नका लागि [अनुवादका शब्दहरू](https://unfoldingword.bible/tw/) मा भएका *परमेश्वर पिता* र *परमेश्वर पुत्र*का सम्बन्धमा भएका पृष्ठहरूलाई हेर्नुहोस्।)
|