ne_ta/translate/guidelines-sonofgodprinciples/01.md

12 KiB

डोर फोर्टी थ्रीले ती बाइबल अनुवादहरूलाई समर्थन गर्छ जसले परमेश्‍वरलाई जनाउँदा यी अवधारणाहरूलाई प्रतिनिधित्व गर्छ।

बाइबलीय साक्षी

“पिता” र “पुत्र” भनेका परमेश्‍वरले बाइबलमा आफैँलाई बोलाउनुहुने नाउँहरू हुन्।

बाइबलले देखाउँछ कि परमेश्‍वरले येशूलाई उहाँको पुत्र भन्‍नुभयोः

उहाँको बप्‍तिस्मा भइसकेपछि, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो, र …स्वर्गबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्। म यिनीसँग धेरै प्रसन्‍न छु।” (मत्ती ३:१६-१७ यूएलटी)

बाइबलले देखाउँछ कि येशूले परमेश्‍वरलाई उहाँको पिता भन्‍नुभयोः

येशूले भन्‍नुभयो, “म तपाईंको प्रशंसा गर्छु, हे पिता, स्वर्ग र पृथ्‍वीका प्रभु, … पिताले बाहेक कसैले पनि पुत्रलाई जान्दैन, र पुत्रले बाहेक कसैले पनि पितालाई जान्दैन” (मत्ती ११:२५-२७ यूएलटी) (यसलाई पनि हेर्नुहोस्ः यूहन्‍ना ६:२६-५७)

ख्रीष्‍टिएनहरूले पाएका छन् कि “पिता” र “पुत्र” भनेका अवधारणाहरू हुन् जसले मुख्य रूपमा त्रिएकको पहिलो र दोस्रो व्यक्तिको एक अर्काको बीचमा भएको अनन्त सम्बन्धलाई वर्णन गर्छन्। बाइबलले वास्तवमा तिनलाई विभिन्‍न तरिकाहरूमा जनाउँछ, तर कुनै पनि अरू शब्दहरूले यी व्यक्तिहरूको बीचमा भएको अनन्त प्रेम र घनिष्‍ठतालाई झल्काउँदैन, नता उहाँहरूको बीचमा भएको अन्तरनिर्भर अनन्त सम्बन्धलाई झल्काउँछ।

येशूले परमेश्‍वरलाई निम्‍न दिइएका शब्दहरूद्वारा जनाउनुभयोः

तिनीहरूलाई पिताको, पुत्रको, र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ। (मत्ती २८:१९ यूएलटी)

पिता र पुत्रको बीचमा भएको घनिष्‍ठ, प्रेमी सम्बन्ध अनन्त हो, ठीक जसरी उहाँहरू अनन्त हुनुहुन्छ।

पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ। (हेर्नुहोस् यूहन्‍ना ३:३५-२६; ५:१९-२० यूएलटी)

म पितालाई प्रेम गर्छु, म पिताले मलाई अह्राउनुभएको कुरा गर्छु, जस्तो उहाँले मलाई आज्ञा दिनुभएको छ। (यूहन्‍ना १४:३१ यूएलटी)

पिताले बाहेक पुत्र को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन, र पुत्रले बाहेक पिता को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन। (लूका १०:२२ख यूएलटी)

“पिता” र “पुत्र” शब्दहरूले पिता र पुत्र एउटै सारतत्त्वको हुनुहुन्छ भन्‍ने सन्देश पनि प्रवाह गर्छ; उहाँहरू दुवैजना अनन्त परमेश्‍वर हुनुहुन्छ।

येशूले भन्‍नुभयो, “पिता, पुत्रलाई महिमित गर्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित गरोस् … मैले तपाईंलाई पृथ्‍वीमा महिमित पारेको छु, … अब पिता, संसारको सृष्‍टि हुन अगि तपाईंको सामु मसँग भएको महिमाले मलाई महिमित पार्नुहोस्।” (यूहन्‍ना १७:१-५ यूएलटी)

तर यी अन्तिम दिनहरूमा, उहाँले [परमेश्‍वर पिताले] पुत्रद्वारा हामीसँग बोल्‍नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको उत्तराधिकार हुन नियुक्त गर्नुभयो। उहाँद्वारा नै परमेश्‍वरले ब्रह्‌माण्‍डलाई पनि बनाउनुभयो। उहाँ परमेश्‍वरको महिमाको चमक हुन्छ, उहाँको सारतत्त्वको खास चरित्र। उहाँले सबैथोकलाई उहाँको शक्तिको वचनले एकसाथ सम्हाल्‍नु पनि हुन्छ। (हिब्रू १:२-३क यूएलटी)

येशूले उहाँलाई भन्‍नुभयो, “म तिमीसँग यति लामो समय रहेको छु र अझै पनि तिमीले मलाई चिन्दैनौ, फिलिप? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। तिमीले कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाउनुहोस्’? (यूहन्‍ना १४:९ यूएलटी)

मानव सम्बन्धहरू

मानव पिताहरू र पुत्रहरू सिद्ध हुँदैनन, तर पनि बाइबलले पिता र पुत्र, जो सिद्ध हुनुहुन्छ, उहाँहरूको लागि ती शब्दहरूलाई प्रयोग गर्छ।

आज जस्तै, बाइबलका समयहरूमा पनि बाबु-छोराका सम्बन्धहरू येशू र उहाँको पिताको बीचमा भएको सम्बन्ध जस्तै प्रेमी वा सिद्ध कहिल्यै पनि थिएन। तर यसको अर्थ यो होइन कि अनुवादकले पिता र पुत्रका यी अवधारणाहरूलाई नकार्नुपर्छ। धर्मशास्‍त्रले यी शब्दहरूलाई परमेश्‍वर, सिद्ध पिता र पुत्र, साथै पापपूर्ण मानव बाबुहरू र छोराहरूलाई जनाउनका लागि प्रयोग गर्छ। परमेश्‍वरलाई पिता र पुत्रको रूपमा जनाउँदा, तपाईंको भाषामा भएका ती शब्दहरूलाई चयन गर्नुहोस् जुन मानव “पिता” र “पुत्र”लाई जनाउन व्यापक रूपमा प्रयोग गरिन्छ। यसरी तपाईंले सन्देश दिनुहुनेछ कि परमेश्‍वर पिता र परमेश्‍वर पुत्र मूलभूत रूपमा एउटै हुनुहुन्छ (उहाँहरू दुवैजना परमेश्‍वर हुनुहुन्छ), ठीक जसरी मानव बाबु र छोरा मूलभूत रूपमा एउटै हुन्छन्, दुवै मानव हुन् र एउटै गुणहरू बोकेका हुन्छन्।

अनुवादका रणनीतिहरू

(१) “पुत्र” र “पिता” शब्दहरूलाई अनुवाद गर्नका लागि तपाईंको भाषामा भएका सबै सम्भाव्यताहरूको बारेमा विचार गर्नुहोस्। ईश्‍वरीय “पुत्र” र “पिता”लाई तपाईंको भाषामा कुन शब्दहरूले सबैभन्दा उत्तम तवरमा प्रतिनिधित्व गर्छ भनेर निधो गर्नुहोस्।

(२) यदि तपाईंको भाषामा “पुत्र”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “एकमात्र पुत्र” (वा यदि आवश्‍यक हुन्छ भने “पहिलो पुत्र”) भन्‍ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।

(३) यदि तपाईंको भाषामा “पिता”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “धर्मपुत्रको रूपमा ग्रहण गर्ने पिता”भन्दा पनि “जन्म दिने पिता” भन्‍ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।

(“पिता” र “पुत्र”लाई अनुवाद गर्नमा सहायता गर्नका लागि अनुवादका शब्दहरू मा भएका परमेश्‍वर पितापरमेश्‍वर पुत्रका सम्बन्धमा भएका पृष्‍ठहरूलाई हेर्नुहोस्।)