75 lines
8.3 KiB
Markdown
75 lines
8.3 KiB
Markdown
### वर्णन
|
|
|
|
अङ्ग्रेजी भाषाको सबैभन्दा सामान्य वाक्य संरचनामा एउटा **कर्ता** र एउटा **क्रिया** हुन्छ । नेपालीमा पनि यही नियम लागु हुन्छ ।
|
|
|
|
* केटो दौड्यो ।
|
|
|
|
#### कर्ता
|
|
|
|
**कर्ता**ले वाक्य कसको र केको बारेमा छ भन्ने जनाउँछ । तल दिइएका वाक्यहरूमा कर्तालाई रेखाङ्कन गरिएको छः
|
|
|
|
* <u>केटो</u> दौडिरहेको छ ।
|
|
* <u>ऊ</u> दौडिरहेको छ ।
|
|
|
|
कर्ताहरू नाम वा सर्वनामहरू हु्न्छन् । (हेर्नुहोस् [शब्दवर्ग](../figs-partsofspeech/01.md)) माथि दिइएका उदाहरणहरूमा, "केटो" नाम हो, र "ऊ" सर्वनाम हो ।
|
|
|
|
धेरै भाषाका आज्ञार्थक वाक्यहरूमा कर्ता सर्वनामको प्रयोग हुँदैन । मानिसहरूले कर्ताको ठाउँमा "तिमी" छ भन्ने कुरा बुझ्छन् ।
|
|
|
|
* ढोका थुन ।
|
|
|
|
#### Predicate
|
|
|
|
कर्ताको बारेमा बताउने वाक्यको भागलाई विधेय भनिन्छ । विधेयमा क्रियापद पनि पर्छ । (हेर्नुहोस्: [क्रियापद](../figs-verbs/01.md)) तल दिइएका वाक्यहरूमा "मानिस" र "ऊ" कर्ताहरू हुन् । विधेयहरूलाई रेखाङ्कन गरिएको छ र क्रियापद मोटो अक्षरमा दिइएको छ ।
|
|
|
|
* मानिस <u>बलियो **छ** </u>।
|
|
* उसले <u>कठिन परिश्रम **गर्यो** </u>।
|
|
* उसेल <u>एउटा बगैँचा **बनायो** </u>।
|
|
|
|
#### संयुक्त वाक्यहरू
|
|
|
|
कुनै एउटा वाक्य एकभन्दा धेरै वाक्यहरू मिलेर बन्नसक्छ । तल दिइएका दुई पङ्कतिहरूमा कर्ता र विधेय छन् र दुबै पूर्ण वाक्यहरू हुन् ।
|
|
|
|
* उसले तरुल रोप्यो ।
|
|
* उसकी श्रीमतीले मकै रोपी ।
|
|
|
|
तल दिइएको संयुक्त वाक्यमा माथिका दुबै वाक्यहरू छन् । अङ्ग्रेजी र नेपाली भाषामा संयुक्त वाक्यहरूमा "र", तर वा 'वा' जस्ता संयोजकहरूको प्रयोग गरिन्छ ।
|
|
|
|
* उसले तरुल रोप्यो <u>र</u> उसकी श्रीमतीले तरुल रोपी ।
|
|
|
|
#### उपवाक्यहरू
|
|
|
|
वाक्यहरूमा उपवाक्यहरू र वाक्यांशहरू हुन्छन् । उपवाक्यहरूमा पनि कर्ता र विधेय हुने भएकोले वाक्यहरूजस्तै हुन्, तर तिनीहरू एक्लै आउँदैनन् । उपवाक्यहरूका केही उदाहरणहरू तल दिइएका छन् । कर्तालाई मोटो अक्षरमा लेखिएका छन् र विधेयलाई रेखाङ्कन गरिएको छ ।
|
|
|
|
* जब **मकै** <u>तयार भयो</u>
|
|
* **उनले** <u>टिपेपछि</u>
|
|
* **त्यो** <u>मिठो लागेको </u> कारणले
|
|
|
|
वाक्यमा धेरै उपवाक्यहरू हुनसक्छन्, यसैले तिनीहरू लामा र जटिल पनि हुन्छन् । तर हरेक वाक्यमा कम्तिमा एउटा **स्वतन्त्र उपवाक्य** (एक्लै वाक्यको रूपमा प्रयोग गर्न मिल्ने उपवाक्य) हुन्छ । वाक्यको रूपमा प्रयोग गर्न नमिल्ने अन्य उपवाक्यहरूलाई **अधीन उपवाक्यहरू** भनिन्छ । अधीन उपवाक्यहरूले अर्थ दिनको निम्ति स्वतन्त्र उपवाक्यमा भर पर्नुपर्छ । तल दिइएका वाक्यहरूमा अधीन उपवाक्यहरूलाई रेखाङ्कन गरिएको छ ।
|
|
|
|
* <u>जब मकै तयार भयो</u>, उनले त्यसलाई टिपिन् ।
|
|
* <u>त्यसलाई टिपेपछि</u>, त्यसलाई घरमा लगेर पकाइन् ।
|
|
* त्यसपछि तिनी र तिनको श्रीमान् मिलेर सबै खाए, <u>किनकि त्यो धेरै मिठो थियो </u> ।
|
|
|
|
तलका उपवाक्यहरू आफैमा पूर्ण वाक्यहरू हुन् । यी माथिका वाक्यमा प्रयोग भएका स्वतन्त्र उपवाक्यहरू हुन् ।
|
|
|
|
* उनले त्यसलाई टिपिन् ।
|
|
* त्यसलाई घरमा लगेर पकाइन् ।
|
|
* त्यसपछि तिनी र तिनको श्रीमान् मिलेर सबै खाए
|
|
|
|
#### सापेक्ष उपवाक्यहरू
|
|
|
|
केही भाषाहरूमा उपवाक्यहरू वाक्यमा प्रयुक्त नामसँगै प्रयोग गरिन्छन् । तिनलाई **सापेक्ष उपवाक्यहरू** भनिन्छ ।
|
|
|
|
तल दिइएको वाक्यमा "तयार भएको मकै" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "तयार भएको" नाम "मकै" सँग आएर कुनचाहिँ मकै टिपिएको हो भनेर बताउँछ ।
|
|
|
|
* उसकी श्रीमतीले <u>तयार भएको</u> **मकै** टिपी ।
|
|
|
|
तल दिइएको वाक्यमा "आफ्नी आमा, जो धेरै रिसाइन्" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "जो धेरै रिसाइन्" मकै नपाउँदा उनकी आमाले कस्तो महसुस गरिन् भन्ने देखाउनको निम्ति नाम "मकै" सँगै प्रयोग गरिएको छ ।
|
|
|
|
* उनले **आफ्नी आमालाई** मकै दिइएन्, <u>जो धेरै रिसाइन्</u>।
|
|
|
|
#### अनुवादका विषयहरू
|
|
|
|
* फरक भाषाहरूका वाक्यका खण्डका क्रम फरक हुन्छन् ।
|
|
* केही भाषाहरूमा सापेक्ष उपवाक्यहरू हुँदैनन्, वा तिनको प्रयोग सिमित मात्रामा गरिन्छ । (हेर्नुहोस् [एउटा कुरालाई अर्को कुराबाट पृथक देखाउने र जानकारी दिने वा सम्झना दिलाउने वाक्य बिचको फरक](../figs-distinguish/01.md))
|