8.3 KiB
वर्णन
अङ्ग्रेजी भाषाको सबैभन्दा सामान्य वाक्य संरचनामा एउटा कर्ता र एउटा क्रिया हुन्छ । नेपालीमा पनि यही नियम लागु हुन्छ ।
- केटो दौड्यो ।
कर्ता
कर्ताले वाक्य कसको र केको बारेमा छ भन्ने जनाउँछ । तल दिइएका वाक्यहरूमा कर्तालाई रेखाङ्कन गरिएको छः
- केटो दौडिरहेको छ ।
- ऊ दौडिरहेको छ ।
कर्ताहरू नाम वा सर्वनामहरू हु्न्छन् । (हेर्नुहोस् शब्दवर्ग) माथि दिइएका उदाहरणहरूमा, "केटो" नाम हो, र "ऊ" सर्वनाम हो ।
धेरै भाषाका आज्ञार्थक वाक्यहरूमा कर्ता सर्वनामको प्रयोग हुँदैन । मानिसहरूले कर्ताको ठाउँमा "तिमी" छ भन्ने कुरा बुझ्छन् ।
- ढोका थुन ।
Predicate
कर्ताको बारेमा बताउने वाक्यको भागलाई विधेय भनिन्छ । विधेयमा क्रियापद पनि पर्छ । (हेर्नुहोस्: क्रियापद) तल दिइएका वाक्यहरूमा "मानिस" र "ऊ" कर्ताहरू हुन् । विधेयहरूलाई रेखाङ्कन गरिएको छ र क्रियापद मोटो अक्षरमा दिइएको छ ।
- मानिस बलियो छ ।
- उसले कठिन परिश्रम गर्यो ।
- उसेल एउटा बगैँचा बनायो ।
संयुक्त वाक्यहरू
कुनै एउटा वाक्य एकभन्दा धेरै वाक्यहरू मिलेर बन्नसक्छ । तल दिइएका दुई पङ्कतिहरूमा कर्ता र विधेय छन् र दुबै पूर्ण वाक्यहरू हुन् ।
- उसले तरुल रोप्यो ।
- उसकी श्रीमतीले मकै रोपी ।
तल दिइएको संयुक्त वाक्यमा माथिका दुबै वाक्यहरू छन् । अङ्ग्रेजी र नेपाली भाषामा संयुक्त वाक्यहरूमा "र", तर वा 'वा' जस्ता संयोजकहरूको प्रयोग गरिन्छ ।
- उसले तरुल रोप्यो र उसकी श्रीमतीले तरुल रोपी ।
उपवाक्यहरू
वाक्यहरूमा उपवाक्यहरू र वाक्यांशहरू हुन्छन् । उपवाक्यहरूमा पनि कर्ता र विधेय हुने भएकोले वाक्यहरूजस्तै हुन्, तर तिनीहरू एक्लै आउँदैनन् । उपवाक्यहरूका केही उदाहरणहरू तल दिइएका छन् । कर्तालाई मोटो अक्षरमा लेखिएका छन् र विधेयलाई रेखाङ्कन गरिएको छ ।
- जब मकै तयार भयो
- उनले टिपेपछि
- त्यो मिठो लागेको कारणले
वाक्यमा धेरै उपवाक्यहरू हुनसक्छन्, यसैले तिनीहरू लामा र जटिल पनि हुन्छन् । तर हरेक वाक्यमा कम्तिमा एउटा स्वतन्त्र उपवाक्य (एक्लै वाक्यको रूपमा प्रयोग गर्न मिल्ने उपवाक्य) हुन्छ । वाक्यको रूपमा प्रयोग गर्न नमिल्ने अन्य उपवाक्यहरूलाई अधीन उपवाक्यहरू भनिन्छ । अधीन उपवाक्यहरूले अर्थ दिनको निम्ति स्वतन्त्र उपवाक्यमा भर पर्नुपर्छ । तल दिइएका वाक्यहरूमा अधीन उपवाक्यहरूलाई रेखाङ्कन गरिएको छ ।
- जब मकै तयार भयो, उनले त्यसलाई टिपिन् ।
- त्यसलाई टिपेपछि, त्यसलाई घरमा लगेर पकाइन् ।
- त्यसपछि तिनी र तिनको श्रीमान् मिलेर सबै खाए, किनकि त्यो धेरै मिठो थियो ।
तलका उपवाक्यहरू आफैमा पूर्ण वाक्यहरू हुन् । यी माथिका वाक्यमा प्रयोग भएका स्वतन्त्र उपवाक्यहरू हुन् ।
- उनले त्यसलाई टिपिन् ।
- त्यसलाई घरमा लगेर पकाइन् ।
- त्यसपछि तिनी र तिनको श्रीमान् मिलेर सबै खाए
सापेक्ष उपवाक्यहरू
केही भाषाहरूमा उपवाक्यहरू वाक्यमा प्रयुक्त नामसँगै प्रयोग गरिन्छन् । तिनलाई सापेक्ष उपवाक्यहरू भनिन्छ ।
तल दिइएको वाक्यमा "तयार भएको मकै" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "तयार भएको" नाम "मकै" सँग आएर कुनचाहिँ मकै टिपिएको हो भनेर बताउँछ ।
- उसकी श्रीमतीले तयार भएको मकै टिपी ।
तल दिइएको वाक्यमा "आफ्नी आमा, जो धेरै रिसाइन्" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "जो धेरै रिसाइन्" मकै नपाउँदा उनकी आमाले कस्तो महसुस गरिन् भन्ने देखाउनको निम्ति नाम "मकै" सँगै प्रयोग गरिएको छ ।
- उनले आफ्नी आमालाई मकै दिइएन्, जो धेरै रिसाइन्।
अनुवादका विषयहरू
- फरक भाषाहरूका वाक्यका खण्डका क्रम फरक हुन्छन् ।
- केही भाषाहरूमा सापेक्ष उपवाक्यहरू हुँदैनन्, वा तिनको प्रयोग सिमित मात्रामा गरिन्छ । (हेर्नुहोस् एउटा कुरालाई अर्को कुराबाट पृथक देखाउने र जानकारी दिने वा सम्झना दिलाउने वाक्य बिचको फरक)