62 lines
8.1 KiB
Markdown
62 lines
8.1 KiB
Markdown
### वर्णन
|
|
|
|
कुनै वस्तु वा विचारलाई जनावर वा मानिसलाई जस्तै गरी प्रस्तुत गर्ने अलङ्कारलाई व्यक्तिविधान भनिन्छ । हामीले देख्न नसकिने कुराको बारेमा कुरा गर्न सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।
|
|
|
|
उदाहरणको लागि बुद्धिलाई लिन सकिन्छ;
|
|
|
|
> के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? (हितोपदेश ८:१क यूएलटि )
|
|
|
|
वा पापलाई लिन सकिन्छः
|
|
|
|
> पाप तेरो ढोकैमा ढुकिबस्छ । (उत्पत्ति ४:७ख यूएलटि )
|
|
|
|
धन, बुद्धिजस्ता कुराहरूसँग मानिसहरूको सम्बन्धलाई यसरी व्यक्त गर्दा सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।
|
|
|
|
> तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२४ख यूएलटि)
|
|
>
|
|
> प्रत्येक अवस्थामा, अवतारको उद्देश्य गैर-मानव चीजको निश्चित विशेषतालाई हाइलाइट गर्नु हो। रूपकमा जस्तै, पाठकले चीज एक निश्चित प्रकारको व्यक्ति जस्तै हो भनेर सोच्न आवश्यक छ।
|
|
|
|
### यो अनुवादको विषय हुनुका कारणहरू
|
|
|
|
* केही भाषाहरूमा व्यक्तिविधानको प्रयोग गरिन्न ।
|
|
* केही भाषाहरूमा केही निश्चित परिवेशमा मात्र व्यक्तिविधानको प्रयोग गरिन्छ ।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
> तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२४ख यूएलटि )
|
|
|
|
येशूले धनलाई मानिसहरूले सेवा गर्ने मालिकको रूपमा व्यक्त गर्नुभएको छ । पैसालाई प्रेम गरेर आफ्ना निर्णयहरू यसकै आधारमा गर्नु भनेको एउटा नोकरले आफ्ना मालिकको सेवा गरेझैँ सेवा गर्नु हो ।
|
|
|
|
> के बुद्धिले चर्को स्वरमा **आह्वान** गर्दैन र? के समझशक्तिले आ**फ्नो आवाज उच्च** पार्दैन र? (हितोपदेश ८:१ यूएलटि)
|
|
|
|
यहाँ बुद्धि र समझशक्तिलाई मानिसहरूलाई सिकाउनको निम्ति आवाज दिने व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । यसको अर्थ यही हो कि ती कुराहरू लुकेका नभइकन मानिसहरूले ध्यान दिनुपर्ने कुराहरू हुन्।
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
यदि व्यक्तिविधानलाई सजिलै बुझिन्छ भने तिनको प्रयोग गर्नुहोस्। यदि बुझिन्न भने अन्य तरिकाहरू तल दिइएका छन्ः
|
|
|
|
(१) यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस्।
|
|
|
|
(२) ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्नु हुँदैन भन्ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस्।
|
|
|
|
(३) व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्नुहोस् ।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
१. यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस् ।
|
|
|
|
* **... <u>पाप </u>तेरो ढोकैमा <u>ढुकिबस्छ</u> ।** (उत्पत्ति ४:७ ) - परमेश्वरले पापलाई आक्रमणको निम्ति तयार भएर बसेको जङ्गली जनावरको रूपमा व्यक्त गर्नुभएको छ । यसले पाप कति डरलाग्दो छ भन्ने कुरा जनाउँछ । त्यस खतरालाई स्पष्ट पार्नको निम्ति थप वाक्यांशको प्रयोग गर्न सकिन्छ ।
|
|
* ... <u>पाप तेरो ढोकैमा आक्रमण गर्नलाई ढुकिबस्छ</u> ।
|
|
|
|
२. ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्नु हुँदैन भन्ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
|
|
|
|
* **... <u>पाप </u>तेरो ढोकैमा <u>ढुकिबस्छ</u> ।** (उत्पत्ति ४:७ ) - यसलाई "झैँ" को प्रयोग गरेर अनुवाद गर्न सकिन्च ।
|
|
* ... पाप <u>जङ्गली जनावरझैँ</u> तेरो ढोकैमा ढुकिबस्छ ।
|
|
|
|
३. व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्नुहोस् ।
|
|
|
|
* **... <u>बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्</u>”** (मत्ती ८:२७ ) - ती मानिसहरूले "बतास र समुद्रलाई सुन्नसक्ने" र मानिसहरूझैँ येशूको आज्ञा पालन गर्ने व्यक्तिको रूपमा व्यक्त गरेका छन् । यसलाई आज्ञा मानेको कुरालाई उल्लेख नगरी येशूले तिनीहरूलाई नियन्त्रण गरेको कुरालाई उल्लेख गरेर अनुवाद गर्न सकिन्छ ।
|
|
* उहाँले <u>बतास र समुद्रलाई पनि नियन्त्रण गर्नुहुँदो रहेछ</u>।
|
|
|
|
**टिप्पणी**: हामीले "व्यक्तिविधान" को परिभाषालाई वृहत्तर बनाएर "वस्तु र विचारलाई प्राणीको रूपमा प्रस्तुत गर्ने अलङ्कार" र "मानवीकरण" लाई पनि समेटेका छौँ ।
|