ne_ta/translate/figs-personification/01.md

8.1 KiB

वर्णन

कुनै वस्तु वा विचारलाई जनावर वा मानिसलाई जस्तै गरी प्रस्तुत गर्ने अलङ्‍कारलाई व्यक्तिविधान भनिन्छ । हामीले देख्‍न नसकिने कुराको बारेमा कुरा गर्न सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।

उदाहरणको लागि बुद्धिलाई लिन सकिन्छ;

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? (हितोपदेश ८:१क यूएलटि )

वा पापलाई लिन सकिन्छः

पाप तेरो ढोकैमा ढुकिबस्‍छ । (उत्पत्ति ४:७ख यूएलटि )

धन, बुद्धिजस्ता कुराहरूसँग मानिसहरूको सम्बन्धलाई यसरी व्यक्त गर्दा सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।

तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४ख यूएलटि)

प्रत्येक अवस्थामा, अवतारको उद्देश्य गैर-मानव चीजको निश्‍चित विशेषतालाई हाइलाइट गर्नु हो। रूपकमा जस्तै, पाठकले चीज एक निश्‍चित प्रकारको व्यक्ति जस्तै हो भनेर सोच्‍न आवश्यक छ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • केही भाषाहरूमा व्यक्तिविधानको प्रयोग गरिन्‍न ।
  • केही भाषाहरूमा केही निश्‍चित परिवेशमा मात्र व्यक्तिविधानको प्रयोग गरिन्छ ।

बाइबलबाट उदाहरणहरू

तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४ख यूएलटि )

येशूले धनलाई मानिसहरूले सेवा गर्ने मालिकको रूपमा व्यक्त गर्नुभएको छ । पैसालाई प्रेम गरेर आफ्ना निर्णयहरू यसकै आधारमा गर्नु भनेको एउटा नोकरले आफ्ना मालिकको सेवा गरेझैँ सेवा गर्नु हो ।

के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? (हितोपदेश ८:१ यूएलटि)

यहाँ बुद्धि र समझशक्तिलाई मानिसहरूलाई सिकाउनको निम्ति आवाज दिने व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । यसको अर्थ यही हो कि ती कुराहरू लुकेका नभइकन मानिसहरूले ध्यान दिनुपर्ने कुराहरू हुन्।

अनुवादका रणनीतिहरू

यदि व्यक्तिविधानलाई सजिलै बुझिन्छ भने तिनको प्रयोग गर्नुहोस्। यदि बुझिन्‍न भने अन्य तरिकाहरू तल दिइएका छन्ः

(१) यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस्।

(२) ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्‍नु हुँदैन भन्‍ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस्।

(३) व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस् ।

  • ... पाप तेरो ढोकैमा ढुकिबस्‍छ (उत्पत्ति ४:७ ) - परमेश्‍वरले पापलाई आक्रमणको निम्ति तयार भएर बसेको जङ्गली जनावरको रूपमा व्यक्त गर्नुभएको छ । यसले पाप कति डरलाग्दो छ भन्‍ने कुरा जनाउँछ । त्यस खतरालाई स्पष्ट पार्नको निम्ति थप वाक्यांशको प्रयोग गर्न सकिन्छ ।
    • ... पाप तेरो ढोकैमा आक्रमण गर्नलाई ढुकिबस्‍छ

२. ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्‍नु हुँदैन भन्‍ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।

  • ... पाप तेरो ढोकैमा ढुकिबस्‍छ (उत्पत्ति ४:७ ) - यसलाई "झैँ" को प्रयोग गरेर अनुवाद गर्न सकिन्च ।
    • ... पाप जङ्गली जनावरझैँ तेरो ढोकैमा ढुकिबस्‍छ ।

३. व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् ।

  • ... बतास र समुद्रले पनि यिनका आज्ञा मान्‍दारहेछन् (मत्ती ८:२७ ) - ती मानिसहरूले "बतास र समुद्रलाई सुन्‍नसक्ने" र मानिसहरूझैँ येशूको आज्ञा पालन गर्ने व्यक्तिको रूपमा व्यक्त गरेका छन् । यसलाई आज्ञा मानेको कुरालाई उल्लेख नगरी येशूले तिनीहरूलाई नियन्त्रण गरेको कुरालाई उल्लेख गरेर अनुवाद गर्न सकिन्छ ।
    • उहाँले बतास र समुद्रलाई पनि नियन्त्रण गर्नुहुँदो रहेछ

टिप्पणी: हामीले "व्यक्तिविधान" को परिभाषालाई वृहत्तर बनाएर "वस्तु र विचारलाई प्राणीको रूपमा प्रस्तुत गर्ने अलङ्‍कार" र "मानवीकरण" लाई पनि समेटेका छौँ ।