ne_ta/translate/figs-merism/01.md

54 lines
7.1 KiB
Markdown

### परिभाषा
कुनै वस्तुका विल्कुलै विपरित दुई भागहरूको प्रयोग गरेर उक्त वस्तुको बारेमा बताउने अलङ्‍कारलाई मेरिज्‍म भनिन्छ। ती विल्कुलै विपरित दुई भागहरूको बिचमा भएका अन्य भागहरू पनि त्यसभित्र पर्छन्।
> “**अल्‍फा र ओमेगा** म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ।” (प्रकाश १:८ युएलटि)
> “**अल्‍फा र ओमेगा, पहिलो र अन्तिम**, **सुरु र अन्त्य** म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ। (प्रकाश २२:१३ युएलटि)
**अल्‍फा र ओमेगा** ग्रीक वर्णमालाका पहिलो र अन्तिम अक्षर हुन्। यसले सुरुदेखि अन्तसम्मका सबै कुरालाई समेट्छ। यसले अनन्तलाई जनाउँछ।
> हे पिता, **स्‍वर्ग र पृथ्‍वीका प्रभु**, म तपाईंमा धन्‍यवाद चढाउँछु, …, (मत्ती ११:२५ यूएलटि)
> **स्‍वर्ग र पृथ्‍वी** एउटा मेरिज्‍म हो जसले अस्तित्वमा रहेका सबै कुरालाई समेट्छ।
#### यो अनुवादको विषय हुनुको कारण
केही भाषाहरूमा मेरिज्‍मको प्रयोग गरिन्‍न। ती भाषा बोल्‍नेहरूले दिइएको वाक्यांशले उल्लेख गरिएका कुरालाई मात्र समेट्छ भन्‍ने बुझ्‍छन्। यसले दिइएका दुई कुरा र तिनका बिचमा पर्ने सबै कुरा समेट्छ भन्‍ने कुराको महसुस नगर्न सक्छन्।
### बाइबलबाट उदाहरणहरू
> **सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै** परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। (भजनसंग्रह ११३:३ यूएलटि)
कालो रंग गरिएको वाक्यांश मेरिज्‍म हो किनकी यसले पूर्वदेखि पश्‍चिमसम्मका सबै कुरालाई समेट्छ। यसको अर्थ "सबैतिर" हुन्छ।
> **ठूला र साना** दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ। (भजनसंग्रह ११५:१३ युएलटि)
कालो रंग गरिएको वाक्यांश मेरिज्‍म हो किनकी यसले ठूला र साना अनि बिचमा पर्ने सबैलाई समेट्छ। यसको अर्थ "सबैजना" हुन्छ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा मेरिज्‍मको प्रयोग स्वभाविक छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । होइन भने अन्य विकल्प तल दिइएका छन्ः
(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।
(२) मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।
* हे पिता, **स्‍वर्ग र पृथ्‍वीका** प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, … (मत्ती ११:२५ख यूएलटि)
* हे पिता, **सबै कुराका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु**, …
* **सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै** परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। (भजनसंग्रह ११३:३ यूएलटि)
* **सबै ठाउँमा** परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।
(२) मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।
* हे पिता, **स्‍वर्ग र पृथ्‍वीका** प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु (मत्ती ११:२५ख यूएलटि)
* हे पिता, **स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुराहरूका** प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु
* **ठूला र साना** दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ। (भजनसंग्रह ११५:१३ युएलटि)
* उहाँलाई आदर गर्ने **सबै**लाई उहाँले आशिष्‌ दिनुहुनेछ, चाहे तिनीहरू **जवान होस् वा वृद्ध**
*