ne_ta/translate/figs-merism/01.md

7.1 KiB

परिभाषा

कुनै वस्तुका विल्कुलै विपरित दुई भागहरूको प्रयोग गरेर उक्त वस्तुको बारेमा बताउने अलङ्‍कारलाई मेरिज्‍म भनिन्छ। ती विल्कुलै विपरित दुई भागहरूको बिचमा भएका अन्य भागहरू पनि त्यसभित्र पर्छन्।

अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ।” (प्रकाश १:८ युएलटि)

अल्‍फा र ओमेगा, पहिलो र अन्तिम, सुरु र अन्त्य म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुने छ। (प्रकाश २२:१३ युएलटि)

अल्‍फा र ओमेगा ग्रीक वर्णमालाका पहिलो र अन्तिम अक्षर हुन्। यसले सुरुदेखि अन्तसम्मका सबै कुरालाई समेट्छ। यसले अनन्तलाई जनाउँछ।

हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, …, (मत्ती ११:२५ यूएलटि)

स्‍वर्ग र पृथ्‍वी एउटा मेरिज्‍म हो जसले अस्तित्वमा रहेका सबै कुरालाई समेट्छ।

यो अनुवादको विषय हुनुको कारण

केही भाषाहरूमा मेरिज्‍मको प्रयोग गरिन्‍न। ती भाषा बोल्‍नेहरूले दिइएको वाक्यांशले उल्लेख गरिएका कुरालाई मात्र समेट्छ भन्‍ने बुझ्‍छन्। यसले दिइएका दुई कुरा र तिनका बिचमा पर्ने सबै कुरा समेट्छ भन्‍ने कुराको महसुस नगर्न सक्छन्।

बाइबलबाट उदाहरणहरू

सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। (भजनसंग्रह ११३:३ यूएलटि)

कालो रंग गरिएको वाक्यांश मेरिज्‍म हो किनकी यसले पूर्वदेखि पश्‍चिमसम्मका सबै कुरालाई समेट्छ। यसको अर्थ "सबैतिर" हुन्छ।

ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ। (भजनसंग्रह ११५:१३ युएलटि)

कालो रंग गरिएको वाक्यांश मेरिज्‍म हो किनकी यसले ठूला र साना अनि बिचमा पर्ने सबैलाई समेट्छ। यसको अर्थ "सबैजना" हुन्छ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा मेरिज्‍मको प्रयोग स्वभाविक छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । होइन भने अन्य विकल्प तल दिइएका छन्ः

(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।

(२) मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्‍मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।

  • हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, … (मत्ती ११:२५ख यूएलटि)
  • हे पिता, सबै कुराका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु, …
  • सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। (भजनसंग्रह ११३:३ यूएलटि)
  • सबै ठाउँमा परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।

(२) मेरिज्‍मले केलाई जनाउँछ भन्‍ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।

  • हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु (मत्ती ११:२५ख यूएलटि)

  • हे पिता, स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुराहरूका प्रभु, म तपाईंमा धन्‍यवाद चढाउँछु

  • ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ। (भजनसंग्रह ११५:१३ युएलटि)

  • उहाँलाई आदर गर्ने सबैलाई उहाँले आशिष्‌ दिनुहुनेछ, चाहे तिनीहरू जवान होस् वा वृद्ध