81 lines
11 KiB
Markdown
81 lines
11 KiB
Markdown
### वर्णन
|
|
|
|
“दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना” मा दुई शब्दहरूले सँगै काम गर्छन्। यस्तो अवस्थामा एउटा शब्दले प्राथमिक विचार व्यक्त गर्छ र अर्को शब्दले प्राथमिक शब्दको वर्णन गर्छ।
|
|
|
|
> … उहाँको आफ्नै राज्य र महिमा **राज्य र महिमा** (१ थेसलोनिकी २:१२ख यूएलटि)
|
|
|
|
"राज्य" र "महिमा" दुबै नाम भएता पनि "महिमा" ले राज्यको वर्णन गर्छः यो **महिमाको राज्य** वा **महिमित राज्य** हो।
|
|
|
|
"र" द्वारा जोडिएका दुई वाक्यांशहरू एकल व्यक्ति, वस्तु वा घटनालाई जनाउँदा हेन्डियाडीस पनि हुन सक्छन्।
|
|
|
|
> जब हामी धन्य आशा प्राप्त गर्न र **हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको उपस्थितिको लागि पर्खिरहेका छौं**। (तीतस २:१३ख युएलटि)
|
|
|
|
तीतस २:१३ मा दुईवटा हेन्डियाडाइसेसहरू छन्। "धन्य आशा" र "महिमाको उपस्थिति" ले एउटै कुरालाई जनाउँछ र येशू ख्रीष्टको पुनरागमन धेरै प्रत्याशित र अद्भुत छ भन्ने विचारलाई बलियो बनाउन सेवा गर्दछ। साथै, “हाम्रा महान् परमेश्वर” र “मुक्तिदाता येशू ख्रीष्ट” ले एउटा व्यक्तिलाई जनाउँछ, दुई जना होइन।
|
|
|
|
#### यो अनुवादको विषय हुनुका कारणहरू
|
|
|
|
* अक्सर एक हेन्डियाडाइसेसहरू एक अमूर्त संज्ञा समावेश गर्दछ। केही भाषाहरूमा एउटै अर्थ भएको संज्ञा नहुन सक्छ।
|
|
* धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्न सक्दैनन् कि दोस्रो शब्दले पहिलो शब्दलाई थप वर्णन गरिरहेको छ।
|
|
* धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्न सक्दैनन् कि केवल एक व्यक्ति वा चीज भनेको दुई होइन।
|
|
|
|
*
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
> किनभने म तिमीहरूलाई **वचनहरू र बुद्धि** दिनेछु, (लूका २१:१५क यूएलटि)
|
|
|
|
“वचनहरू” र “बुद्धि” नाम हुन्, तर यो शब्दवर्गमा "बुद्धि" ले "वचनहरू" लाई जनाउँछ।
|
|
|
|
> … यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने… (यशैया १:१९क यूएलटि)
|
|
|
|
"राजी" र "आज्ञाकारी" विशेषणहरू हुन्, तर यसमा "राजी" ले "आज्ञाकारी" को वर्णन गर्छ।
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
यदि दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जनाको प्रयोग स्वभाविक लाग्छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि यस्तो हुँदैन भने केही विकल्पहरू तल दिइएका छन्ः
|
|
|
|
(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।
|
|
|
|
(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।
|
|
|
|
(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।
|
|
|
|
(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस्।
|
|
|
|
(५) यदि यो अस्पष्ट छ कि एउटा मात्र कुराको अर्थ हो भने, यो स्पष्ट होस् भनेर वाक्यांश परिवर्तन गर्नुहोस्।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।
|
|
|
|
* किनभने म तिमीहरूलाई **वचनहरू र बुद्धि** दिनेछु (लूका २१:१५क यूएलटि)
|
|
* किनभने म तिमीहरूलाई **बुद्धिमानी वचनहरू** दिनेछु
|
|
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई **उहाँको आफ्नै राज्य र महिमा**मा बोलाउनुहुन्छ। (१ थेसलोनिकी २:१२ख यूएलटि)
|
|
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई **उहाँको आफ्नै महिमित राज्यमा बोलाउनुहुन्छ**।
|
|
|
|
(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।
|
|
|
|
* किनभने म तिमीहरूलाई **वचनहरू र बुद्धि** दिनेछु (लूका २१:१५क यूएलटि)
|
|
* किनभने म तिमीहरूलाई **बुद्धिका वचनहरू** दिनेछु।
|
|
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उ**हाँको आफ्नै राज्य र महिमा**मा बोलाउनुहुन्छ। (१ थेसलोनिकी २:१२ख यूएलटि)
|
|
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उ**हाँको आफ्नै महिमाको राज्य**मा बोलाउनुहुन्छ।
|
|
|
|
(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।
|
|
|
|
* यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९क यूएलटि)
|
|
* यदि तिमीहरू **राजीखुसीले आज्ञाकारीभयौ** भने
|
|
|
|
(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस्।
|
|
|
|
* यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९क यूएलटि )
|
|
* यहाँ भएको विशेषण "आज्ञाकारी" लाई क्रियापद"आज्ञा मान्नु" ले प्रतिस्थापन गर्न सकिन्छ ।
|
|
* यदि तिमीहरूले रा**जीखुसीले आज्ञा मान्यौ**भने . . .
|
|
|
|
(४) र (५) यदि यो अस्पष्ट छ कि केवल एउटै कुराको अर्थ हो भने, वाक्यांश परिवर्तन गर्नुहोस् ताकि यो स्पष्ट होस्।
|
|
|
|
> हामी **धन्य आशा प्राप्त गर्न र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको** उपस्थितिको लागि तत्पर छौं। (तीतस २:१३ख यूएलटि)
|
|
|
|
नाम "महिमा" लाई विशेषण "महिमा" मा परिवर्तन गर्न सकिन्छ कि येशूको उपस्थिति हामीले आशा गरेको कुरा हो भनेर स्पष्ट पार्न। साथै, "येशू ख्रीष्ट" लाई वाक्यांशको अगाडि सार्न सकिन्छ र "महान् ईश्वर र मुक्तिदाता" लाई एक व्यक्ति, येशू ख्रीष्टको वर्णन गर्ने सापेक्ष खण्डमा राख्न सकिन्छ।
|
|
|
|
> > **हामी जे चाहिरहेका छौं, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आशीर्वाद र महिमापूर्ण उपस्थिति** प्राप्त गर्न हामी तत्पर छौं।
|