ne_ta/translate/figs-hendiadys/01.md

11 KiB

वर्णन

“दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना” मा दुई शब्दहरूले सँगै काम गर्छन्। यस्तो अवस्थामा एउटा शब्दले प्राथमिक विचार व्यक्त गर्छ र अर्को शब्दले प्राथमिक शब्दको वर्णन गर्छ।

… उहाँको आफ्‍नै राज्‍य र महिमा राज्‍य र महिमा (१ थेसलोनिकी २:१२ख यूएलटि)

"राज्य" र "महिमा" दुबै नाम भएता पनि "महिमा" ले राज्यको वर्णन गर्छः यो महिमाको राज्य वा महिमित राज्य हो।

"र" द्वारा जोडिएका दुई वाक्यांशहरू एकल व्यक्ति, वस्तु वा घटनालाई जनाउँदा हेन्डियाडीस पनि हुन सक्छन्।

जब हामी धन्य आशा प्राप्त गर्न र हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको उपस्थितिको लागि पर्खिरहेका छौं। (तीतस २:१३ख युएलटि)

तीतस २:१३ मा दुईवटा हेन्डियाडाइसेसहरू छन्। "धन्य आशा" र "महिमाको उपस्थिति" ले एउटै कुरालाई जनाउँछ र येशू ख्रीष्टको पुनरागमन धेरै प्रत्याशित र अद्भुत छ भन्‍ने विचारलाई बलियो बनाउन सेवा गर्दछ। साथै, “हाम्रा महान् परमेश्‍वर” र “मुक्तिदाता येशू ख्रीष्ट” ले एउटा व्यक्तिलाई जनाउँछ, दुई जना होइन।

यो अनुवादको विषय हुनुका कारणहरू

  • अक्सर एक हेन्डियाडाइसेसहरू एक अमूर्त संज्ञा समावेश गर्दछ। केही भाषाहरूमा एउटै अर्थ भएको संज्ञा नहुन सक्छ।

  • धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्‍न सक्दैनन् कि दोस्रो शब्दले पहिलो शब्दलाई थप वर्णन गरिरहेको छ।

  • धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्‍न सक्दैनन् कि केवल एक व्यक्ति वा चीज भनेको दुई होइन।

बाइबलबाट उदाहरणहरू

किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु, (लूका २१:१५क यूएलटि)

“वचनहरू” र “बुद्धि” नाम हुन्, तर यो शब्दवर्गमा "बुद्धि" ले "वचनहरू" लाई जनाउँछ।

… यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने… (यशैया १:१९क यूएलटि)

"राजी" र "आज्ञाकारी" विशेषणहरू हुन्, तर यसमा "राजी" ले "आज्ञाकारी" को वर्णन गर्छ।

अनुवादका रणनीतिहरू

यदि दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जनाको प्रयोग स्वभाविक लाग्छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि यस्तो हुँदैन भने केही विकल्पहरू तल दिइएका छन्ः

(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।

(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।

(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।

(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्‍ने देखाउनुहोस्।

(५) यदि यो अस्पष्ट छ कि एउटा मात्र कुराको अर्थ हो भने, यो स्पष्ट होस् भनेर वाक्यांश परिवर्तन गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।

  • किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु (लूका २१:१५क यूएलटि)
  • किनभने म तिमीहरूलाई बुद्धिमानी वचनहरू दिनेछु
  • यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै राज्‍य र महिमामा बोलाउनुहुन्‍छ। (१ थेसलोनिकी २:१२ख यूएलटि)
  • यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै महिमित राज्यमा बोलाउनुहुन्‍छ

(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।

  • किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु (लूका २१:१५क यूएलटि)
  • किनभने म तिमीहरूलाई बुद्धिका वचनहरू दिनेछु।
  • यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै राज्‍य र महिमामा बोलाउनुहुन्‍छ। (१ थेसलोनिकी २:१२ख यूएलटि)
  • यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै महिमाको राज्यमा बोलाउनुहुन्‍छ।

(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।

  • यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९क यूएलटि)
  • यदि तिमीहरू राजीखुसीले आज्ञाकारीभयौ भने

(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्‍ने देखाउनुहोस्।

  • यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९क यूएलटि )
  • यहाँ भएको विशेषण "आज्ञाकारी" लाई क्रियापद"आज्ञा मान्‍नु" ले प्रतिस्थापन गर्न सकिन्छ ।
  • यदि तिमीहरूले राजीखुसीले आज्ञा मान्यौभने . . .

(४) र (५) यदि यो अस्पष्ट छ कि केवल एउटै कुराको अर्थ हो भने, वाक्यांश परिवर्तन गर्नुहोस् ताकि यो स्पष्ट होस्।

हामी धन्य आशा प्राप्त गर्न र हाम्रा महान परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको उपस्थितिको लागि तत्पर छौं। (तीतस २:१३ख यूएलटि)

नाम "महिमा" लाई विशेषण "महिमा" मा परिवर्तन गर्न सकिन्छ कि येशूको उपस्थिति हामीले आशा गरेको कुरा हो भनेर स्पष्ट पार्न। साथै, "येशू ख्रीष्ट" लाई वाक्यांशको अगाडि सार्न सकिन्छ र "महान् ईश्‍वर र मुक्तिदाता" लाई एक व्यक्ति, येशू ख्रीष्टको वर्णन गर्ने सापेक्ष खण्डमा राख्‍न सकिन्छ।

हामी जे चाहिरहेका छौं, हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्टको आशीर्वाद र महिमापूर्ण उपस्थिति प्राप्त गर्न हामी तत्पर छौं।