ne_ta/translate/bita-phenom/01.md

119 lines
15 KiB
Markdown

बाइबलमा प्रयोग गरिएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।
#### प्रकाशले कसैको अनुहारको प्रतिनिधित्व गर्छ (यो प्रायः अनुहारले कसैको उपश्थितिको प्रतिनिधित्व गर्ने कुरासँग एकसाथ आउँछ)
<blockquote>हे परमप्रभु, तपाईंका <u>मुहारको ज्‍योति</u> हामीमाथि प्रकाशित गर्नुहोस्‌! (भजनसंग्रह ४:६)</blockquote>
>उनीहरूले तरवारको बलले देश जितेका होइनन्‌,
>न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्‌।
>तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले
<u>तपाईंका मुहारको प्रकाशले</u> उनीहरू विजयी भएका थिए,
>किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो । (भजनसंग्रह ४४:३)
<blockquote><u>मेरो उज्‍यालो अनुहार</u> तिनीहरूका निम्‍ति बहुमूल्‍य हुन्‍थ्‍यो । (अय्यूब २९:२४)</blockquote>
>तपाईंका <u>मुहारको प्रकाशको</u> उपस्‍थितिमा हिँड्‌छन्‌ । (भजनसंग्रह ८९:१५)
#### प्रकाशले भलाइ र अन्धकारले दुष्टको प्रतिनिधित्व गर्छ
>तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुने छ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ! (मत्ती ६:२३)
#### छायाँ वा अन्धकारले मृत्युको प्रतिनिधित्व गर्छ
>तर तपाईंले हामीलाई चूर पारेर स्‍याल बस्‍ने पाखातुल्‍य बनाउनुभयो,
र हामीलाई <u>घोर अन्‍धकारले</u> ढाक्‍नुभयो । (भजनसंग्रह ४४:१९)
#### आगोले प्रेम वा रिसजस्ता चरम अनुभवहरूको प्रतिनिधित्व गर्छ
>दुष्‍टता बढ़ेको हुनाले धेरैको <u>प्रेम सेलाएर जाने छ</u> । (मत्ती २४:१२)
<blockquote>थुप्रै पानीका भलले पनि प्रेमलाई <u>मेट्‌न</u> सक्‍दैन (श्रेष्ठगीत ८:७)</blockquote>
>किनकि मेरो <u>रिसले एउटा आगो सल्‍काएको छ</u>, जसले तल मृत्‍युको राज्‍यसम्‍मै <u>जलाउँछ</u> । (व्यवस्था ३२:२२)
<blockquote>इस्राएलसँग परमप्रभु <u>क्रोधित</u> हुनुभयो (न्यायकर्ताहरू ३:८)</blockquote>
>जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब <u>उहाँ साह्रै क्रोधित हुनुभयो</u>, ; र याकूबको विरुद्धमा <u>उहाँको आगो सल्‍क्‍यो</u>,
र इस्राएलको विरुद्ध <u>उहाँको क्रोध दन्‍क्‍यो</u> (भजनसंग्रह ७८:२१)
#### आगो वा बत्तीले जीवनको प्रतिनिधित्व गर्छ
>अब हेर्नुहोस्, मेरा सबै आफन्‍तहरू मेरो विरुद्धमा उठेर यसो भन्‍छन्, ‘आफ्‍नो भाइ मार्नेलाई हामीकहाँ सुम्‍पिदेऊ र त्‍यसले आफ्‍नै भाइको हत्‍या गरेको हुनाले हामी त्‍यसलाई मार्ने छौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिने छौं’। यदि तिनीहरूले त्‍यसो गरे भने मेरो एउटै बचेको <u>आगोको भुङ्‌ग्रो</u> पनि निभाइदिने छन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्‍तान बाँकी रहने छैन । (२ शमूएल १४:७)
<blockquote>तब दाऊदका मानिसहरूले <u>इस्राएलको प्रकाश</u> नै निभ्‍ने छ भन्‍ने डरले दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्‍यै जाने छैनन्‌ भनी तिनको सामु शपथ खाए । (२ शमूएल २१:१७) </blockquote>
>मेरो नाउँ राख्‍नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्‍ने मेरो दास दाऊदको <u>एउटा बत्ती</u> बलिरहोस्‌ भनेर एउटा कुलचाहिँ म त्‍यसको छोरालाई दिने छु । (१ राजाहरू ११:३६)
<blockquote>तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खडा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले यरूशलेममा तिनलाई <u>एउटा बत्ती</u> दिनुभयो । (१ राजाहरू १५:४)</blockquote>
>दुष्‍टको <u>बत्ती</u> निभाइन्‍छ, त्‍यसको आगोबाट फेरि कुनै <u>ज्वाला</u> निस्‍कँदैन । यसको पालमा <u>ज्‍योति</u> अँध्‍यारो हुन्‍छ, त्‍यसको <u>बत्ती</u> निभ्‍छ । (अय्यूब १८:५-६)
<blockquote>हे परमप्रभु, तपाईंले मेरो <u>दियो बालिराख्‍नुहुन्‍</u>छ, मेरा परमेश्‍वरले मेरो <u>अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ</u> । (भजनसंग्रह १८:२८)</blockquote>
>धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्‌ । (यशैया ४२:३)
#### फराकिलो स्थानले सुरक्षा र सहजताको प्रतिनिधित्व गर्छ
>मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो ।
>उहाँले मलाई <u>फराकिलो ठाउँमा</u> ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो । (भजनसंग्रह १८:१८-१९)
>मेरा पाइलाहरूका निम्‍ति तपाईं <u>फराकिलो बाटो</u> बनाउनुहुन्‍छ,
>र मेरा गोडा चिप्‍लनेछैनन्‌ । (२ शमूएल २२:३७)
>तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्‌न दिनुभयो,
>हामी आगो र पानीबाट भएर गयौं,
>तर तपाईंले हामीलाई <u>प्रशस्‍तताको ठाउँमा</u> ल्‍याउनुभयो । (भजनसंग्रह ६६:१२)
#### साँघुरो स्थानले खतरा वा कठिनाइको प्रतिनिधित्व गर्छ
>हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌!
><u>सङ्कष्‍टमा पर्दा</u> मलाई आश्रय दिनुहोस्‌ ।
>ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌ । (भजनसंग्रह ४:१)
>किनभने वेश्‍या एक गहिरो खाडल हो,
>र व्‍यभिचारिणी स्‍त्री <u>एक साँघुरो इनार</u> हो । (हितोपदेश २३:२७)
#### तरल पदार्थले नैतिक गुण (भाव, प्रवृत्ति, आत्मा, जीवन) को प्रतिनिधित्व गर्छ
><u>नदीले</u> आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो । (२ शमूएल ५:२०)
<blockquote>तर उहाँले उर्लंदो <u>भलले</u> निनवेलाई खतम गर्नुहुनेछ । (नहूम १:८)</blockquote>
>शोकले गर्दा मेरो प्राण <u>पग्‍लन्‍छ,</u> तपाईंको वचनअनुसार मलाई बलियो तुल्‍याउनुहोस्‌ । (भजनसंग्रह ११९:२८)
<blockquote>म त <u>पानीझैँ पोखिएको</u> छु, (भजनसंग्रह २२:१४) </blockquote>
>त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि <u>खन्‍याउने छु</u> । (योएल २:२८)
<blockquote>अन्‍तस्‍करणमा मेरो मन <u>उदास</u> भएको छ । (भजनसंग्रह ४२:६)</blockquote>
>हामीमाथि परमप्रभुको ठूलो क्रोध <u>खनिएको</u> छ । (२ इतिहास ३४:२१)
#### पानीले कसैले बोलेको कुराको प्रतिनिधित्व गर्छ
>मुखाले पत्‍नी नित्‍य परिरहने <u>तपतपे झरी</u>जस्‍तै हो । (हितोपदेश १९:१३)
<blockquote>उहाँका ओठ <u>मूर्रको रस चुहाउने</u> लिली फूलहरूजस्‍ता छन्‌ । (श्रेष्ठगीत ५:१३)</blockquote>
>मेरा आर्तनादहरू <u>पानी झैँ</u> मबाट निस्‍कन्‍छन्‌ । (अय्यूब ३:२४)
<blockquote>मानिसको मुखका वचनहरू <u>गहिरा पानी</u>जस्‍तै हुन्, तर <u>बुद्धिको फुहारा</u>चाहिँ बुल्‍बुले खोला हो । (हितोपदेश १८:४)</blockquote>
#### बाढीले प्रकोपको प्रतिनिधित्व गर्छ
>उभिने ठाउँ नभएको <u>गहिरो दलदलमा</u> म डुब्‍दैछु, <u>गहिरो पानीमा</u> फसेको छु, बाढहरू ममाथि उर्लंदैछन्‌ । (भजनसंग्रह ६९:२)
<blockquote>पानीको <u>बाढले</u> मलाई नछोपोस्‌ (भजनसंग्रह ६९:१५)</blockquote>
>उच्‍च स्‍थानबाट आफ्‍नो हात पसार्नुहोस्‌, र <u>उर्लंदो बाढबाट</u> र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस्‌ र छुटाउनुहोस्‌ (भजनसंग्रह १४४:७)
#### पानीको मुहानले केही कुराको उत्पत्तिको प्रतिनिधित्व गर्छ
>परमप्रभुको भय <u>जीवनको मूल</u> हो । (हितोपदेश १४:२७)
#### चट्टानले सुरक्षाको प्रतिनिधित्व गर्छ
>हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र? (भजनसंग्रह १८:३१)
<blockquote>हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक (भजनसंग्रह १९:१४)</blockquote>