15 KiB
बाइबलमा प्रयोग गरिएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।
प्रकाशले कसैको अनुहारको प्रतिनिधित्व गर्छ (यो प्रायः अनुहारले कसैको उपश्थितिको प्रतिनिधित्व गर्ने कुरासँग एकसाथ आउँछ)
हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! (भजनसंग्रह ४:६)
उनीहरूले तरवारको बलले देश जितेका होइनन्, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो । (भजनसंग्रह ४४:३)
मेरो उज्यालो अनुहार तिनीहरूका निम्ति बहुमूल्य हुन्थ्यो । (अय्यूब २९:२४)
तपाईंका मुहारको प्रकाशको उपस्थितिमा हिँड्छन् । (भजनसंग्रह ८९:१५)
प्रकाशले भलाइ र अन्धकारले दुष्टको प्रतिनिधित्व गर्छ
तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुने छ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! (मत्ती ६:२३)
छायाँ वा अन्धकारले मृत्युको प्रतिनिधित्व गर्छ
तर तपाईंले हामीलाई चूर पारेर स्याल बस्ने पाखातुल्य बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो । (भजनसंग्रह ४४:१९)
आगोले प्रेम वा रिसजस्ता चरम अनुभवहरूको प्रतिनिधित्व गर्छ
दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जाने छ । (मत्ती २४:१२)
थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन (श्रेष्ठगीत ८:७)
किनकि मेरो रिसले एउटा आगो सल्काएको छ, जसले तल मृत्युको राज्यसम्मै जलाउँछ । (व्यवस्था ३२:२२)
इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो (न्यायकर्ताहरू ३:८)
जब परमप्रभुले तिनीहरूका कुरा सुन्नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, ; र याकूबको विरुद्धमा उहाँको आगो सल्क्यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्क्यो (भजनसंग्रह ७८:२१)
आगो वा बत्तीले जीवनको प्रतिनिधित्व गर्छ
अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्ने छौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिने छौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिने छन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहने छैन । (२ शमूएल १४:७)
तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्ने छ भन्ने डरले दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्यै जाने छैनन् भनी तिनको सामु शपथ खाए । (२ शमूएल २१:१७)
मेरो नाउँ राख्नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् भनेर एउटा कुलचाहिँ म त्यसको छोरालाई दिने छु । (१ राजाहरू ११:३६)
तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खडा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो । (१ राजाहरू १५:४)
दुष्टको बत्ती निभाइन्छ, त्यसको आगोबाट फेरि कुनै ज्वाला निस्कँदैन । यसको पालमा ज्योति अँध्यारो हुन्छ, त्यसको बत्ती निभ्छ । (अय्यूब १८:५-६)
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ । (भजनसंग्रह १८:२८)
धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन् । (यशैया ४२:३)
फराकिलो स्थानले सुरक्षा र सहजताको प्रतिनिधित्व गर्छ
मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो । उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो । (भजनसंग्रह १८:१८-१९)
मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन् । (२ शमूएल २२:३७)
तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो । (भजनसंग्रह ६६:१२)
साँघुरो स्थानले खतरा वा कठिनाइको प्रतिनिधित्व गर्छ
हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस् । (भजनसंग्रह ४:१)
किनभने वेश्या एक गहिरो खाडल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो । (हितोपदेश २३:२७)
तरल पदार्थले नैतिक गुण (भाव, प्रवृत्ति, आत्मा, जीवन) को प्रतिनिधित्व गर्छ
नदीले आफ्नो किनार भत्काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनुभयो । (२ शमूएल ५:२०)
तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ । (नहूम १:८)
शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस् । (भजनसंग्रह ११९:२८)
म त पानीझैँ पोखिएको छु, (भजनसंग्रह २२:१४)
त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउने छु । (योएल २:२८)
अन्तस्करणमा मेरो मन उदास भएको छ । (भजनसंग्रह ४२:६)
हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ । (२ इतिहास ३४:२१)
पानीले कसैले बोलेको कुराको प्रतिनिधित्व गर्छ
मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो । (हितोपदेश १९:१३)
उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्ता छन् । (श्रेष्ठगीत ५:१३)
मेरा आर्तनादहरू पानी झैँ मबाट निस्कन्छन् । (अय्यूब ३:२४)
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो । (हितोपदेश १८:४)
बाढीले प्रकोपको प्रतिनिधित्व गर्छ
उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढहरू ममाथि उर्लंदैछन् । (भजनसंग्रह ६९:२)
पानीको बाढले मलाई नछोपोस् (भजनसंग्रह ६९:१५)
उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस्, र उर्लंदो बाढबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस् (भजनसंग्रह १४४:७)
पानीको मुहानले केही कुराको उत्पत्तिको प्रतिनिधित्व गर्छ
परमप्रभुको भय जीवनको मूल हो । (हितोपदेश १४:२७)
चट्टानले सुरक्षाको प्रतिनिधित्व गर्छ
हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? (भजनसंग्रह १८:३१)
हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक (भजनसंग्रह १९:१४)