ne_ta/process/setup-ts/01.md

20 lines
4.8 KiB
Markdown

### मोबाइलमा अनुवाद स्टुडियो इन्स्टल गर्ने
अनुवाद स्टुडियोको मोबाइल (एन्ड्रोइड) संस्करण [गुगल प्ले स्टोर](https://play.google.com/store/apps/details?id=com.translationstudio.androidapp) वा http://ufw.io/ts/ बाट प्राप्त गर्न सकिन्छ । यदि तपाईंले गुगल प्ले स्टोरबाट इन्स्टल गर्नुभयो भने नयाँ संस्करणको जानकारी पनि प्राप्त गर्नुहुने छ । एपलाई सेयर गर्नको लागि इन्स्टलेसन एप पनि लोड गर्नुपर्ने हुनसक्छ ।
### डेक्सटपमा अनुवाद स्टुडियो इन्स्टल गर्ने
डेक्सटप र ल्यापटप कम्प्युटरहरूका निम्ति नवीनतम संस्करणका अनुवाद स्टुडियो (विन्डोज, म्याक वा लिनक्स) http://ufw.io/ts/ बाट प्राप्त गर्न सक्‍नुहुने छ । यसलाई इन्स्टल गर्नको निम्ति डेक्सटप सेक्सनमा गएर नयाँ रिलिज डाउनलोड गर्न सक्‍नुहुने छ । एपलाई सेयर गर्नको निम्ति तपाईंले अर्को कम्प्युटरमा पनि सार्न सक्‍नुहुने छ ।
### अनुवाद स्टुडियोको प्रयोग
इन्स्टल गरिसकेपछि अनुवाद स्टुडियोका दुबै संस्करणहरूले एकै किसिमले काम गर्छन् । अनुवाद स्टुडियो प्रयोग गर्नको निम्ति तपाईंलाई इन्टरनेट कनेक्सनको आवश्यकता *पर्दैन*! पहिलो पटक अनुवाद स्टुडियो प्रयोग गर्नको लागि [विश्‍वासको अभिव्यक्ति](../../intro/statement-of-faith/01.md), [अनुवाद मार्गनिर्देशनहरू](../../intro/translation-guidelines/01.md), र [खुला अनुमति पत्र](../../intro/open-license/01.md)प्रति सहमति जनाउनुपर्छ ।
पहिलो पटक प्रयोग गर्दा पहिलो प्रयोग स्क्रिन आउँछ, त्यसपछि आउने गृहपृष्ठमा तपाईंले नयाँ परियोजना सृजना गर्न सक्‍नुहुने छ । परियोजनाको सृजना भएपछि तपाईंले सिधै अनुवाद गर्न सक्‍नुहुने छ । स्रोत पाठलाई राम्ररी बुझ्‍नको निम्ति एपमा उपलब्ध हुने अनुवाद सहायताको प्रयोग गर्न हामी उत्साह दिन्छौँ । तपाईंको काम स्वतः सुरक्षित हुन्छ । तपाईंले यसलाई ब्याक अप गर्न, सेयर गर्न, र आफ्नो कामलाई फरक समयमा अपलोड गर्न सक्‍नुहुन्छ (यसको लागि मेनुको प्रयोग गर्नुहोस्) ।
### अनुवाद स्टुडियोको प्रयोगपछि
१. तपाईंको अनुवादको जाँच हुनुपर्छ भन्‍ने कुरामा हामी जोड दिन्छौँ (हेर्नुहोस् [जाँच सुरु गर्नुअघिको तालिम](../pretranslation-training/01.md)).
२. कुनै पनि तहको जाँच सकिएपछि तपाईंले आफ्नो कामलाई एपमा अपलोड गर्न सक्‍नुहुन्छ (मेनु→अपलोड) ।
३. अपलोड भएपछि आफ्नो कामलाई डोर४३ मा अनलाइन हेर्न सक्‍नुहुन्छ ।(हेर्नुहोस् [प्रकाशन](../intro-publishing/01.md))