ne_ta/process/setup-ts/01.md

4.8 KiB

मोबाइलमा अनुवाद स्टुडियो इन्स्टल गर्ने

अनुवाद स्टुडियोको मोबाइल (एन्ड्रोइड) संस्करण गुगल प्ले स्टोर वा http://ufw.io/ts/ बाट प्राप्त गर्न सकिन्छ । यदि तपाईंले गुगल प्ले स्टोरबाट इन्स्टल गर्नुभयो भने नयाँ संस्करणको जानकारी पनि प्राप्त गर्नुहुने छ । एपलाई सेयर गर्नको लागि इन्स्टलेसन एप पनि लोड गर्नुपर्ने हुनसक्छ ।

डेक्सटपमा अनुवाद स्टुडियो इन्स्टल गर्ने

डेक्सटप र ल्यापटप कम्प्युटरहरूका निम्ति नवीनतम संस्करणका अनुवाद स्टुडियो (विन्डोज, म्याक वा लिनक्स) http://ufw.io/ts/ बाट प्राप्त गर्न सक्‍नुहुने छ । यसलाई इन्स्टल गर्नको निम्ति डेक्सटप सेक्सनमा गएर नयाँ रिलिज डाउनलोड गर्न सक्‍नुहुने छ । एपलाई सेयर गर्नको निम्ति तपाईंले अर्को कम्प्युटरमा पनि सार्न सक्‍नुहुने छ ।

अनुवाद स्टुडियोको प्रयोग

इन्स्टल गरिसकेपछि अनुवाद स्टुडियोका दुबै संस्करणहरूले एकै किसिमले काम गर्छन् । अनुवाद स्टुडियो प्रयोग गर्नको निम्ति तपाईंलाई इन्टरनेट कनेक्सनको आवश्यकता पर्दैन! पहिलो पटक अनुवाद स्टुडियो प्रयोग गर्नको लागि विश्‍वासको अभिव्यक्ति, अनुवाद मार्गनिर्देशनहरू, र खुला अनुमति पत्रप्रति सहमति जनाउनुपर्छ ।

पहिलो पटक प्रयोग गर्दा पहिलो प्रयोग स्क्रिन आउँछ, त्यसपछि आउने गृहपृष्ठमा तपाईंले नयाँ परियोजना सृजना गर्न सक्‍नुहुने छ । परियोजनाको सृजना भएपछि तपाईंले सिधै अनुवाद गर्न सक्‍नुहुने छ । स्रोत पाठलाई राम्ररी बुझ्‍नको निम्ति एपमा उपलब्ध हुने अनुवाद सहायताको प्रयोग गर्न हामी उत्साह दिन्छौँ । तपाईंको काम स्वतः सुरक्षित हुन्छ । तपाईंले यसलाई ब्याक अप गर्न, सेयर गर्न, र आफ्नो कामलाई फरक समयमा अपलोड गर्न सक्‍नुहुन्छ (यसको लागि मेनुको प्रयोग गर्नुहोस्) ।

अनुवाद स्टुडियोको प्रयोगपछि

१. तपाईंको अनुवादको जाँच हुनुपर्छ भन्‍ने कुरामा हामी जोड दिन्छौँ (हेर्नुहोस् जाँच सुरु गर्नुअघिको तालिम). २. कुनै पनि तहको जाँच सकिएपछि तपाईंले आफ्नो कामलाई एपमा अपलोड गर्न सक्‍नुहुन्छ (मेनु→अपलोड) । ३. अपलोड भएपछि आफ्नो कामलाई डोर४३ मा अनलाइन हेर्न सक्‍नुहुन्छ ।(हेर्नुहोस् प्रकाशन)