ne_ta/translate/figs-quotations/01.md

51 lines
9.4 KiB
Markdown

### वर्णन
दुई प्रकारका कथनहरू हुन्छन्: प्रत्यक्ष र अप्रत्यक्ष ।
कसैले अर्को व्यक्तिले भनेको कुरालाई मूल वक्ताको दृष्टिमा व्यक्त गर्दा **प्रत्यक्ष कथन (उक्ति)**को प्रयोग हुन्छ । यस कथनमा मूल वक्ताले बोलेका शब्दहरूलाई हुबहु भनिनुपर्छ भन्‍ने आशा गरिन्छ । तल दिइएको उदाहरणमा, यूहन्‍ना आफैँले भन्‍नु परेको भए "म" नै भन्‍ने थियो त्यसैले यूहन्‍नाले भनेको कुरालाई सुनाउने व्यक्तिले पनि "म" शब्द नै प्रयोग गरेको छ । यी शब्दहरू यूहन्‍नाले नै बोलेको हो भन्‍ने देखाउनको लागि धेरै भाषाहरूमा यसलाई "उद्धरण चिन्ह" भित्र राखिन्छ ।
* यूहन्‍ना भन्यो, “<u></u> कति बेला आउँछु भन्‍ने <u>मलाई</u> नै थाहा छैन ।”
वक्ताले मूल वक्ताको कुरालाई आफ्नो तर्फबाट बताउँदा **अप्रत्यक्ष कथन**को प्रयोग हुन्छ । यस्तो कथनमा सर्वनामलाई परिवर्तन गरिन्छ । केही भाषाहरूमा समय, शब्द छनौट र लम्बाइको पनि परिवर्तन गरिन्छ । तल दिइएको उदाहरणमा सुनाउने व्यक्तिले यूहन्‍नालाई "ऊ" भनेर सम्बोधन गरेको छ र "ने छ" लाई "ने थियो" मा परिवर्तन गरिएको छ ।
* यूहन्‍नाले <u></u> कहिले आइपुग्छ भन्‍ने कुरा <u>आफूलाई</u> थाहा नभएको कुरा गर्‍यो ।
### यो किन अनुवादको विषय हो
केही भाषाहरूमा उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष गरी दुई तरिकाले व्यक्त गरिन्छ । अन्य भाषाहरूमा दुईमध्ये कुनै एउटाको प्रयोग स्वभाविक देखिन्छ वा एउटाले अर्को भन्दा फरक अर्थ दिन्छ । त्यसैले हरेक उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुन कथनमा अनुवाद गर्ने हो भन्‍ने कुराको निर्णय अनुवादकले गर्नुपर्छ ।
### बाइबलबाट उदाहरणहरू
तल उदाहरणमा दिइएका पदहरूमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै कथनहरूको प्रयोग गरिएको छ । तलका पदहरूमा कथनहरूलाई रेखाङ्‍कन गरिएको छ ।
>उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ।” (लूका ५:१४ )
* अप्रत्यक्ष कथनः उहाँले तिनलाई <u>कसैलाई नभन्‍ने </u> आदेश दिनुभयो । ,
* प्रत्यक्ष कथन; तर भन्‍नुभयो, " <u>गएर पुजारीकहाँ देखाऊ... </u>"
>परमेश्‍वरको राज्य कहिले आउँछ भन्‍ने फरिसीहरूको प्रश्‍नको जवाफमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, "परमेश्‍वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्‍नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ!' किनभने हेर, परमेश्‍वरको राज्य तिमीहरूकै बिचमा छ ।” (लूका १७:२०-२१ )
* अप्रत्यक्ष कथनः <u>परमेश्‍वरको राज्य कहिले आउँछ</u> भनी फरिसीहरूले सोध्दा
* प्रत्यक्ष कथनः येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, "<u>परमेश्‍वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्‍नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ!' किनभने हेर, परमेश्‍वरको राज्य तिमीहरूकै बिचमा छ ।</u>"
* प्रत्यक्ष कथनः न त मानिसहरूले भन्‍नेछन्, '<u>हेर, यहाँ छ!'</u> अथवा '<u>त्यहाँ छ !</u>'
### अनुवादका रणनीतिहरू
यदि स्रोत पाठमा प्रयोग गरिएको कथनले तपाईंको भाषामा पनि काम गर्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि कुनै सन्दर्भमा प्रयोग गरिएको कथन स्वभाविक लाग्दैन भने तल दिइएका रणनीतिहरू प्रयोग गर्नुहोस् ।
१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् ।
२. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् ।
* **उहाँले तिनलाई आदेश दिनुभयो, “<u>यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ ।</u>”** (लूका ५:१४ )
* उहाँले तिनीहरूलाई कसैलाई नभन्‍ने र <u>गएर पुजारीलाई देखाउने र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिनी निको भएको प्रमाणको भेटी चढाउने आदेश दिनुभयो </u>।”
२. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।
* **उहाँले तिनीहरूलाई <u>कसैलाई नभन्‍ने</u> र गएर पुजारीलाई देखाउने र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिनी निको भएको प्रमाणको भेटी चढाउने आदेश दिनुभयो ।"** (लूका ५:१४ )
* <u>उहाँले तिनलाई आदेश दिनुभयो,</u> “यो कसैलाई नभन। <u>तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ ।</u>
http://ufw.io/figs_quotations मा रहेको भिडियो पनि हेर्न सक्‍नुहुन्छ ।