ne_ta/translate/figs-quotations/01.md

9.4 KiB

वर्णन

दुई प्रकारका कथनहरू हुन्छन्: प्रत्यक्ष र अप्रत्यक्ष ।

कसैले अर्को व्यक्तिले भनेको कुरालाई मूल वक्ताको दृष्टिमा व्यक्त गर्दा **प्रत्यक्ष कथन (उक्ति)**को प्रयोग हुन्छ । यस कथनमा मूल वक्ताले बोलेका शब्दहरूलाई हुबहु भनिनुपर्छ भन्‍ने आशा गरिन्छ । तल दिइएको उदाहरणमा, यूहन्‍ना आफैँले भन्‍नु परेको भए "म" नै भन्‍ने थियो त्यसैले यूहन्‍नाले भनेको कुरालाई सुनाउने व्यक्तिले पनि "म" शब्द नै प्रयोग गरेको छ । यी शब्दहरू यूहन्‍नाले नै बोलेको हो भन्‍ने देखाउनको लागि धेरै भाषाहरूमा यसलाई "उद्धरण चिन्ह" भित्र राखिन्छ ।

  • यूहन्‍ना भन्यो, “ कति बेला आउँछु भन्‍ने मलाई नै थाहा छैन ।”

वक्ताले मूल वक्ताको कुरालाई आफ्नो तर्फबाट बताउँदा अप्रत्यक्ष कथनको प्रयोग हुन्छ । यस्तो कथनमा सर्वनामलाई परिवर्तन गरिन्छ । केही भाषाहरूमा समय, शब्द छनौट र लम्बाइको पनि परिवर्तन गरिन्छ । तल दिइएको उदाहरणमा सुनाउने व्यक्तिले यूहन्‍नालाई "ऊ" भनेर सम्बोधन गरेको छ र "ने छ" लाई "ने थियो" मा परिवर्तन गरिएको छ ।

  • यूहन्‍नाले कहिले आइपुग्छ भन्‍ने कुरा आफूलाई थाहा नभएको कुरा गर्‍यो ।

यो किन अनुवादको विषय हो

केही भाषाहरूमा उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष गरी दुई तरिकाले व्यक्त गरिन्छ । अन्य भाषाहरूमा दुईमध्ये कुनै एउटाको प्रयोग स्वभाविक देखिन्छ वा एउटाले अर्को भन्दा फरक अर्थ दिन्छ । त्यसैले हरेक उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुन कथनमा अनुवाद गर्ने हो भन्‍ने कुराको निर्णय अनुवादकले गर्नुपर्छ ।

बाइबलबाट उदाहरणहरू

तल उदाहरणमा दिइएका पदहरूमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै कथनहरूको प्रयोग गरिएको छ । तलका पदहरूमा कथनहरूलाई रेखाङ्‍कन गरिएको छ ।

उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ।” (लूका ५:१४ )

  • अप्रत्यक्ष कथनः उहाँले तिनलाई कसैलाई नभन्‍ने आदेश दिनुभयो । ,
  • प्रत्यक्ष कथन; तर भन्‍नुभयो, " गएर पुजारीकहाँ देखाऊ... "

परमेश्‍वरको राज्य कहिले आउँछ भन्‍ने फरिसीहरूको प्रश्‍नको जवाफमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, "परमेश्‍वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्‍नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ!' किनभने हेर, परमेश्‍वरको राज्य तिमीहरूकै बिचमा छ ।” (लूका १७:२०-२१ )

  • अप्रत्यक्ष कथनः परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूले सोध्दा
  • प्रत्यक्ष कथनः येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, "परमेश्‍वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्‍नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ!' किनभने हेर, परमेश्‍वरको राज्य तिमीहरूकै बिचमा छ ।"
  • प्रत्यक्ष कथनः न त मानिसहरूले भन्‍नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ !'

अनुवादका रणनीतिहरू

यदि स्रोत पाठमा प्रयोग गरिएको कथनले तपाईंको भाषामा पनि काम गर्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि कुनै सन्दर्भमा प्रयोग गरिएको कथन स्वभाविक लाग्दैन भने तल दिइएका रणनीतिहरू प्रयोग गर्नुहोस् ।

१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् । २. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् ।

  • उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ । (लूका ५:१४ )
    • उहाँले तिनीहरूलाई कसैलाई नभन्‍ने र गएर पुजारीलाई देखाउने र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिनी निको भएको प्रमाणको भेटी चढाउने आदेश दिनुभयो ।”

२. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।

  • उहाँले तिनीहरूलाई कसैलाई नभन्‍ने र गएर पुजारीलाई देखाउने र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिनी निको भएको प्रमाणको भेटी चढाउने आदेश दिनुभयो ।" (लूका ५:१४ )
    • उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढाऊ ।

http://ufw.io/figs_quotations मा रहेको भिडियो पनि हेर्न सक्‍नुहुन्छ ।