ne_ta/translate/figs-hendiadys/01.md

58 lines
7.8 KiB
Markdown

### वर्णन
“दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना” मा दुई शब्दहरूले सँगै काम गर्छन् । यस्तो अवस्थामा एउटा शब्दले प्राथमिक विचार व्यक्त गर्छ र अर्को शब्दले प्राथमिक शब्दको वर्णन गर्छ ।
>... उहाँको आफ्‍नै राज्‍य र महिमा <u>राज्‍य र महिमा</u> (१ थेसलोनिकी २:१२ )
"राज्य" र "महिमा" दुबै नाम भएता पनि "महिमा" ले राज्यको वर्णन गर्छः यो **महिमाको राज्य** वा **महिमित राज्य** हो ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जनामा प्राय गरेर एउटा भाववाचक नामको प्रयोग हुन्छ । केही भाषामा एउटै अर्थ दिने नाम नहुन सक्छ ।
* केही भाषाहरूले दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जनाको प्रयोग गर्दैनन्, यसैले मानिसहरूलाई दुई शब्दहरूले कसरी सँगै काम गर्छन् भन्‍ने बुझ्‍न कठिन पर्न सक्छ ।
### बाइबलबाट उदाहरणहरू
>किनभने म तिमीहरूलाई <u>वचनहरू र बुद्धि</u> दिनेछु, (लूका २१:१५ )
“वचनहरू” र “बुद्धि” नाम हुन्, तर यो शब्दवर्गमा "बुद्धि" ले "वचनहरू" लाई जनाउँछ ।
>... यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने... (यशैया १:१९ )
"राजी" र "आज्ञाकारी" विशेषणहरू हुन्, तर यसमा "राजी" ले "आज्ञाकारी" को वर्णन गर्छ ।
### अनुवादका रणनीतिहरू
यदि दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जनाको प्रयोग स्वभाविक लाग्छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । यदि यस्तो हुँदैन भने केही विकल्पहरू तल दिइएका छन्ः
१. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस् ।
२. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस् ।
३. वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस् ।
४. एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्‍ने देखाउनुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस् ।
* **किनभने म तिमीहरूलाई <u>वचनहरू र बुद्धि</u> दिनेछु** (लूका २१:१५ )
* किनभने म तिमीहरूलाई <u>बुद्धिमानी वचनहरू</u> दिनेछु
* **यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई <u>उहाँको आफ्‍नै राज्‍य र महिमामा </u>बोलाउनुहुन्‍छ ।** (१ थेसलोनिकी २:१२ )
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई <u>उहाँको आफ्‍नै महिमित राज्यमा </u>बोलाउनुहुन्‍छ ।
२. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस् ।
* **किनभने म तिमीहरूलाई <u>वचनहरू र बुद्धि</u> दिनेछु** (लूका २१:१५ )
* **किनभने म तिमीहरूलाई <u>बुद्धिका वचनहरू</u> दिनेछु** (लूका २१:१५ )
* **यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई <u>उहाँको आफ्‍नै राज्‍य र महिमामा </u>बोलाउनुहुन्‍छ ।** (१ थेसलोनिकी २:१२ )
* यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई <u>उहाँको आफ्‍नै महिमाको राज्यमा</u>बोलाउनुहुन्‍छ ।
३. वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस् ।
* **यदि तिमीहरू <u>राजी </u><u>आज्ञाकारी </u>भयौ भने** (यशैया १:१९ )
* यदि तिमीहरू <u>राजीखुसीले आज्ञाकारी</u>भयौ भने
४. एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्‍ने देखाउनुहोस् ।
* **यदि तिमीहरू <u>राजी </u><u>आज्ञाकारी </u>भयौ भने** (यशैया १:१९ ) - यहाँ भएको विशेषण "आज्ञाकारी" लाई क्रियापद"आज्ञा मान्‍नु" ले प्रतिस्थापन गर्न सकिन्छ ।
* यदि तिमीहरूले <u>राजीखुसीले आज्ञा मान्यौ</u>भने