7.8 KiB
वर्णन
“दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना” मा दुई शब्दहरूले सँगै काम गर्छन् । यस्तो अवस्थामा एउटा शब्दले प्राथमिक विचार व्यक्त गर्छ र अर्को शब्दले प्राथमिक शब्दको वर्णन गर्छ ।
... उहाँको आफ्नै राज्य र महिमा राज्य र महिमा (१ थेसलोनिकी २:१२ )
"राज्य" र "महिमा" दुबै नाम भएता पनि "महिमा" ले राज्यको वर्णन गर्छः यो महिमाको राज्य वा महिमित राज्य हो ।
यो अनुवादको विषय हुनुका कारणहरू
- दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जनामा प्राय गरेर एउटा भाववाचक नामको प्रयोग हुन्छ । केही भाषामा एउटै अर्थ दिने नाम नहुन सक्छ ।
- केही भाषाहरूले दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जनाको प्रयोग गर्दैनन्, यसैले मानिसहरूलाई दुई शब्दहरूले कसरी सँगै काम गर्छन् भन्ने बुझ्न कठिन पर्न सक्छ ।
बाइबलबाट उदाहरणहरू
किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु, (लूका २१:१५ )
“वचनहरू” र “बुद्धि” नाम हुन्, तर यो शब्दवर्गमा "बुद्धि" ले "वचनहरू" लाई जनाउँछ ।
... यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने... (यशैया १:१९ )
"राजी" र "आज्ञाकारी" विशेषणहरू हुन्, तर यसमा "राजी" ले "आज्ञाकारी" को वर्णन गर्छ ।
अनुवादका रणनीतिहरू
यदि दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जनाको प्रयोग स्वभाविक लाग्छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । यदि यस्तो हुँदैन भने केही विकल्पहरू तल दिइएका छन्ः
१. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस् । २. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस् । ३. वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस् । ४. एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस् ।
अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस् ।
- किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु (लूका २१:१५ )
- किनभने म तिमीहरूलाई बुद्धिमानी वचनहरू दिनेछु
- यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ । (१ थेसलोनिकी २:१२ )
- यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै महिमित राज्यमा बोलाउनुहुन्छ ।
२. वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस् ।
- किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु (लूका २१:१५ )
- किनभने म तिमीहरूलाई बुद्धिका वचनहरू दिनेछु (लूका २१:१५ )
- यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ । (१ थेसलोनिकी २:१२ )
- यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै महिमाको राज्यमाबोलाउनुहुन्छ ।
३. वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस् ।
- यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९ )
- यदि तिमीहरू राजीखुसीले आज्ञाकारीभयौ भने
४. एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस् ।
- यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने (यशैया १:१९ ) - यहाँ भएको विशेषण "आज्ञाकारी" लाई क्रियापद"आज्ञा मान्नु" ले प्रतिस्थापन गर्न सकिन्छ ।
- यदि तिमीहरूले राजीखुसीले आज्ञा मान्यौभने