ne_ta/translate/translate-bmoney/01.md

8.0 KiB
Raw Permalink Blame History

विवरण

पुरानो करारको समयमा कुनै सामाग्री किन्‍नु परेमा सुन र चाँदी जस्ता धातुहरूलाई तौलेर दिने गर्थे । पछिका मानिसहरूले कुनै मापदण्ड पुरा गरेका धातुका सिक्काहरूको प्रयोग गर्न थाले । तीमध्ये दारिक एक थियो । नयाँ करारको समयमा मानिसहरूले चाँदी र तामाका सिक्काहरूको प्रयोग गर्थे ।

तल दिइएका दुई तालिकामा पुरानो करार र नया करारमा अक्सर प्रयोग गरिने पैसाका एकाइहरूलाई दिइएको छ । पुरानो करारको एकाइमा प्रयोग गरिएको धातु र त्यसको मात्रालाई दिइएको छ । नयाँ करारको एकाइमा प्रयोग गरिएको धातु र त्यसलाई दिनको ज्यालाको तुलनामा देखाइएको छ ।

पुरानो करारको एकाइ धातु तौल
दारिक सुनको सिक्का ८.४ ग्राम
शेकेल विभिन्‍न किसिमका धातुहरू ११ ग्राम
तोडा विभिन्‍न किसिमका धातुहरू ३३ किलोग्राम
नयाँ करारको एकाइ धातु दिनको ज्याला
दिनार/दिनारी चाँदीको सिक्‍का १ दिन
द्राक्मा चाँदीको सिक्‍का १ दिन
माइट तामाको सिक्का १/६४ दिन
शेकेल चाँदीको सिक्‍का ४ दिनहरू
तोडा चाँदी ६, दिनहरू

अनुवादको सिद्धान्त

आधुनिक मूल्यको प्रयोग नगर्नुहोस् किनकि यो मूल्य प्रत्येक वर्ष बदलिरहन्छ । यिनीहरूको प्रयोग गर्नाले बाइबलको अनुवादलाई पुरानो र गलत तुल्याउँछ ।

अनुवादका रणनीतिहरूस

पुरानो करारको पैसाको मूल्य तौलमा आधारित थियो । त्यसैले पुरानो करारको तौलहरूको अनुवाद गर्नको निम्ति बाइबलीय तौलहेर्नुहोस् । नयाँ करारको पैसाको मूल्यलाई अनुवाद गर्ने रणनीतिहरू तल दिइएको छ ।

१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मेल खाने गरी अक्षरांकन गर्नुहोस् । (हेर्नहोस् शब्दहरूको नक्कल वा सापटी) २. पैसाको मूल्यको अनुवाद गर्दा त्यो कुन धातुबाट बनिएको हो र कति सिक्का प्रयोग गरिएका थिए भनेर उल्लेख गर्नुहोस् । ३. बाइबलको समयका मानिसहरूले एक दिन ज्याला कति कमाउँथे भन्‍ने कुराको सन्दर्भमा पैसाको मूल्यको वर्णन गर्नुहोस् । ४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठमा वा पादटिप्पणीमा समान परिमाण दिनुहोस् । ५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र टिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।

अनुवाद रणनीतिहरू

अनुवादका रणनीतिहरूलाई लूका ७:४१ मा प्रयोग गरिएको छ ।

  • एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए । (लूका ७:४१ यूएलटी)

१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मेल खाने गरी अक्षरांकन गर्नुहोस् । (हेर्नहोस् शब्दहरूको नक्कल वा सापटी)

  • “एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)

२. पैसाको मूल्यको अनुवाद गर्दा त्यो कुन धातुबाट बनिएको हो र कति सिक्का प्रयोग गरिएका थिए भनेर उल्लेख गर्नुहोस् ।

  • “एउटाले पाँच सय चाँदीको सिक्का र अर्काले पचास चाँदीको सिक्का ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)

३. बाइबलको समयका मानिसहरूले एक दिन ज्याला कति कमाउँथे भन्‍ने कुराको सन्दर्भमा पैसाको मूल्यको वर्णन गर्नुहोस् ।

  • “एउटाले पाँच सय ज्याला र अर्काले पचास दिनको ज्याला ऋण लिएका थिए ।”

४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठमा वा पादटिप्पणीमा समान परिमाण दिनुहोस् ।

  • “एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए । “ (लूका ७:४१ यूएलटी) पादटिप्पणीमा यस्तो देखिन्छः
    • [१] पाँच दिनको ज्याला
    • [2] पचास दिनको ज्याला

५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र टिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।

  • “एउटाले पाँच सय दिनारी र अर्काले पचास दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
    • [१] एक दिनार एक व्यक्तिको एकदिनको ज्याला थियो ।