ne_ta/translate/translate-bweight/01.md

10 KiB
Raw Permalink Blame History

वर्णन

तल दिइएका शब्दहरू बाइबलमा अक्सर प्रयोग गरिने तौलका एकाइहरू हुन् । "शेकेल" को अर्थ "तौल" हुन्छ र अन्य धेरे तौलहरूलाई शेकेलको रूपमा व्यक्त गरिएका छन् । यी मध्ये केही तौलहरू पैसाको निम्ति पनि प्रयोग गरिएका छन् । तलको तालिकामा दिइएका मापन प्रणालीहरू बाइबलीय मापनसँग हुबहु मिल्दैनन् । बाइबलीय मापन समय र ठाउँअनुसार फरक फरक थिए । तल दिइएका समकक्षीय मापनहरू औषत मापन मात्र हुन् ।

मूल मापन शेकेल ग्राम किलोग्राम
शेकेल १ शेकेल ११ ग्राम -
बेका १/२ शेकेल ५.७ ग्राम -
पिम २/३ शेकेल ७.६ ग्राम -
गेरा १/२० शेकेल .५७ ग्राम -
मिना ५० शेकेल ५५० ग्राम १/२ किलोग्राम
तोडा ३, शेकेल - ३४ किलोग्राम

अनुवादका सिद्धान्तहरू

१. बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक मापनहरूको प्रयोग गर्दैन थिए । मूल मापनहरूको प्रयोग गर्दा मानिसहरूलाई बाइबल धेरै वर्ष अगाडि लेखिएको थियो भन्‍ने कुरा बुझ्‍न मदत मिल्छ । २. आधुनिक मापनको प्रयोगले पाठकहरूलाई पाठ अझ स्पष्टसँग बुझ्‍नलाई मदत मिल्छ । ३. जुनसुकै मापनको प्रयोग गरेता पनि पनि पादटिप्पणीमा वा पाठमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु असल हुन्छ । ४. यदि तपाईंले बाइबलीय मापनहरूको प्रयोग गर्नुहुन्‍न भने पाठकहरूलाई ती मापनहरू सही छन् भन्‍ने भान पर्न नदिनुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले गेरालाई ".५७" ग्राम भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन सही हो भन्‍ने बुझ्छन् । यसको साटोमा "आधा" किलो भन्‍नु ठिक हुन्छ । ५. कहिलेकाहीँ मापन ठ्याक्कै मिल्दैन भन्‍ने जनाउन "लगभग" शब्दको प्रयोग गर्नु उचित हुन्छ । उदाहरणको निम्ति, २ शमूएल २१:१६ मा इश्‍बी-बनोबको भालाको तौल ३०० शेकेल थियो भनिएको छ । यसलाई "३३०० ग्राम" वा "३.३ किलोग्राम" भनेर अनुवाद गर्नुको साटो यसलाई "लगभग साढे तिन किलोग्राम" भनेर अनुवाद गर्न सकिन्छ । ६. परमेश्‍वरले मानिसहरूलाई यति वजनको भनेर तोकेको कुरालाई "लगभग" भनेर अनुवाद नगर्नुहोस् । यसले परमेश्‍वरले वजनको बारेमा ठ्याक्कै भन्‍न सक्नुहुन्‍न रहेछ भन्‍ने अर्थ दिन्छ ।

अनुवादका रणनीतिहरू

१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी) २. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् । ३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ । ४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । ५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।

अनुवाद रणनीतिहरूको प्रयोग

रणनीतिहरूलाई प्रस्थान ३८:२९ मा प्रयोग गरिएको छ ।

  • डोलाइने बलिको काँसो सत्तरी तोडा र दुई हजार चार सय शेकेलको थियो । (प्रस्थान ३८:२९ यूएलटी)

१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी))

  • “डोलाइने बलिको काँसो सत्तरी तोडा र २,४०० शेकेलको थियो ।”

२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।

  • “डोलाइने बलिको काँसो २,४०० किलोग्राम थियो ।”

३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।

  • “डोलाइने बलिको काँसो ५,३०० पाउण्ड थियो ।”

४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल यी दुबै मापनहरूलाई पाठमा उल्लेख गरिएको छ ।१

  • “डोलाइने बलिको काँसो सत्तरी तोडा (२,३८० किलोग्राम)२,४०० शेकेल(२६.४ किलोग्राम) थियो ।”

५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल युएलटीको मापनलाई टिप्पणीमा दिइएको छ ।

  • “डोलाइने बलिको काँसो सत्तरी तोडा र २,४०० शेकेल थियो ।
    • पादटिप्पणीमा यस्तो देखिन्छः

[१] यसको जम्मा तौल २,४०० किलोग्राम थियो ।