ne_ta/translate/bita-humanbehavior/01.md

34 KiB

बाइबलमा भएका मानवीय व्यवहारसँग सम्बन्धित बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा प्रयोग भएका मानवीय व्यवहारहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

निहुरिनुले हतोत्साहित हुने कुराको प्रतिनिधित्व गर्छ

लडेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ । (भजनसंग्रह १४५:१४)

प्रसववेदनाले नयाँ परिश्थितिमा पुग्‍नको निम्ति आवश्यक पर्ने कष्टको प्रतिनिधित्व गर्छ

हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्‍त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्‌नैपर्छ र खुल्‍ल्‍ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जाने छौ। त्‍यहाँ तिमी छुटाइने छौ। त्‍यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुने छ। (मीका ४:१०)

किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌ने छ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुने छन्‌ । तर यी सब त प्रसववेदनाको सुरु मात्र हो । (मत्ती २४:७-८)

मेरा साना बालक हो, ख्रीष्‍ट तिमीहरूमा नबनिनुभएसम्‍म म फेरि प्रसवपीडामा छु । (गलाती ४:१९)

कसैलाई कुनै नाउँले बोलाउनु भनेको त्यो व्यक्ति त्यही कुरा बन्‍नु हो

किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ । (यशैया ५४:५ख)

उहाँ सारा पृथ्‍वीका परमेश्‍वर हुनुभएको कारण यसो भनिएको हो ।

हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मिठा वचनहरूले शिक्षा बढाउँछन्‌ । (हितोपदेश १६:२१a)

उहाँ विवेकशील हुनुभएकोले यसो भनिएको हो ।

उहाँ ... परमप्रधानका पुत्र कहलाइनुहुने छ । (लूका १:३२)

उहाव परमप्रधानका पुत्र हुनुभएकोले यसको भनिएको हो ।

यसैकारण जो जन्‍मनुहुने छ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुने छ । (लूका १:३५)

उहाँ वास्तविक रूपमा नै परमेश्‍वरका पुत्र हुनुभएको कारण यसको भनिएको हो ।

जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, "पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइने छ ।" (लूका २:२३)

उहाँलाई परमप्रभुको निम्ति नै समर्पण गरिने भएकोले यसो भनिएको हो ।

शुद्धताले परमेश्‍वरको निम्ति स्वीकारयोग्य हुने कुराको प्रतिनिधित्व गर्छ ।

अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढाए । त्‍यसको मीठो बास्‍ना लिनुभएपछि... (उत्पत्ति ८:२०)

सातौँ दिनमा पुजारीले त्‍यसलाई फेरि जाँच गर्दा रोग मत्‍थर भएको छ र छालामा फैलिएको छैन भने, पुजारीले त्‍यसलाई शुद्धशुद्ध ठहराऊन्‌ । त्‍यो खटिरो मात्र हो । त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुने छ । (लेवीहरू १३:६)

शुद्ध वा पवित्र बनाउनुले परमेश्‍वरको निम्ति स्वीकारयोग्य बनाउने कामको प्रतिनिधित्व गर्छ

तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढे र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌ । रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्धपवित्र गरोस्‌ । (लेवीहरू १६:१८-१९)

किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ । तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुने छौ । (लेवीहरू १६:३०)

अशुद्धताले परमेश्‍वरको निम्ति स्वीकारयोग्य हुन अयोग्य भएको कुराको प्रतिनिधित्व गर्छ

पशुहरूमध्‍ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्‍छ। तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात्‌ ऊँट, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन । त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो । (लेवीहरू ११:३-४)

यीमध्‍ये मरेको कुनै एउटा केही कुरामा पर्‍यो भने, त्‍यो थोक अशुद्ध हुन्‍छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्‌ग्रो, वा जुनसुकै कामको भाँडा होस्‌ । त्‍यो पानीमा चोपल्‍नुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध हुने छ, त्‍यसपछि मात्रै त्‍यो चोखो हुन्‍छ । (लेवीहरू ११:३२)

केही कुरालाई अशुद्ध बनाउनुले परमेश्‍वरको निम्ति स्वीकारयोग्य नहुनु भन्‍ने कुराको प्रतिनिधित्व गर्छ

कसैले कुनै अशुद्ध कुरो, अर्थात्‌ अशुद्ध वन-पशु कि पाल्‍तु-पशु कि अशुद्ध घस्रने जन्‍तुको सिनु छोयो भने, त्‍यो कुरो त्‍यसलाई थाहा नभए तापनि त्‍यो अशुद्ध भएको हुन्‍छ, र अशुद्ध ठहरिने छ । (लेवीहरू ५:२)

केही कुराबाट अलग गर्ने कुराले त्यसबाट छुट्याउनु भन्‍ने बुझाउँछ

राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कोरी भए । तिनी अलग्‍गै घरमा कोरी भएर बस्‍न लागे । परमप्रभुको मन्‍दिरभित्र तिनी पस्‍न पाएनन्‌ । (२ इतिहास २६:२१)

बहिष्‍कार गरिएको- मारिएको प्रतिनिधित्व गर्दछ

तिमीहरूले शबाथ मान्‍नू, किनभने तिमीहरूका निम्‍ति त्‍यो पवित्र हो । त्‍यो अपवित्र गर्ने निश्‍चय नै मारिओस्‌ । जस-जसले त्‍यस दिन केही कामकाज गर्ला त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत हुने छ । (प्रस्थान ३१:१४-१५)

त्‍यस दिन जसले आफूलाई इन्‍कार गर्दैन, त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌ । त्‍यस दिन कुनै किसिमको काम गर्ने मान्‍छेलाई त्‍यसका मानिसहरूमध्‍येबाट म नाश गर्ने छु । (लेवीहरू २३:२९-३०)

ऊ जीवितहरूको देशबाट अलग गरियो । (यशैया ५३:८)

कसैको अघि गएर उभिनुले उक्त व्यक्तिको सेवा गर्नु बुझाउँछ

तपाईंका मानिसहरू कति खुशी होलान्‌! तपाईंको सामुन्‍ने निरन्‍तर उभिने र तपाईंको बुद्धि सुन्‍न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्‌! (१ राजाहरू १०:८)

करारको विश्‍वासयोग्यता र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌ । (भजनसंग्रह ८९:१४)

यहाँ करारको विश्‍वासयोग्यता र विश्‍वस्‍ततालाई मानवीकरण पनि गरिएको छ ।(हेर्नुहोस्मानवीकरण)

मात्‍नुले कष्ट र मद्यले न्यायको प्रतिनिधित्व गर्छन्

धेरै मद्यले मानिसलाई कमजोर तुल्याउँछ र ऊ धरमरिन्छ । यसरी नै जब परमेश्‍वरले मानिसहरूको न्याय गर्नुहुन्छ तिनीहरू कमजोर हुन्छन् र धरमरिन्छन् । यसरी मद्यलाई परमेश्‍वरको न्यायको रूपमा लिइएको छ ।

तपाईंले आफ्‍नो प्रजालाई कठिन कुराहरू भोग्‍न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ । (भजनसंग्रह ६०:३)

भजनसंग्रहबाट अर्को उदाहरणः

तर परमेश्‍वरले नै न्‍याय गर्नुहुन्‍छ, उहाँले त्‍यो खन्‍याउनुहुन्‍छ, उहाँले एउटालाई होच्‍याउनुहुन्‍छ, र अर्कालाई उच्‍च पार्नुहुन्‍छ। परमेश्‍वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ । अनि पृथ्‍वीका दुष्‍टहरू सबैले त्‍यसको थिग्रासम्‍मै पिउँछन्‌ (भजनसंग्रह ७५:७,८)

प्रकाशबाट एउटा उदाहरणः

त्‍यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरका क्रोधको कडा मद्य पिउने छ, र पवित्र स्‍वर्गदूतहरू र थुमाको सामुन्‍ने आगो र गन्‍धकमा त्‍यसलाई यातना दिइने छ । (प्रकाश १४:१०)

निल्नु वा खानुले नष्ट हुनु भन्‍ने जनाउँछ

परमेश्‍वरले तिनीहरू[इस्राएल]लाई मिश्रबाट निकालेर ल्‍याउनुभयो । तिनीहरूको शक्ति जङ्गली साँढेको जस्‍तै छ। तिनीहरूले आफ्‍ना विरोधी जातिहरूलाई निल्‍ने छन्,. र उनीहरूको हड्डी चूर पारेर फोर्ने छन्, आफ्‍ना बाणहरूले उनीहरूलाई छेडेर मार्ने छन्‌ । (गन्ती २४:८)

"खानु" को अर्को शब्द निल्नु वा भस्म पार्नु हो ।

यसैकारण जसरी आगोको ज्‍वालाले पराललाई भस्‍म गर्दछ, र सुकेको घाँस ज्‍वालामा भस्‍म हुन्‍छ, त्‍यसै गरी तिनीहरूका जरा सडेर जाने छन्, र तिनीहरूका फूल धूलो उडेझैँ उडेर जाने छन्‌ । (यशैया ५:२४)

यशैयाबाट अर्को उदाहरणः

तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्‍याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ । अरामीहरूले पूर्वतिर र पलिश्‍तीहरूले पश्‍चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्‌ . (यशैया ९:११-१२)

व्यवस्थाबाट एउटा उदाहरणः

म मेरा काँडहरूलाई रगतले मत्‍याउने छु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर! (व्यवस्था ३२:४२)

माथि पर्नु वा पार्नु भन्‍ने कुराले प्रभाव पार्नु भन्‍ने बुझाउँछ

यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो । (उत्पत्ति २:२१)

के परमेश्‍वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन? (अय्यूब १३:११)

तब परमप्रभुका आत्‍मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो:… (इजकिएल ११:५)

अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुने छस्‌ ।(प्रेरित १३:११)

कसैलाई पछ्याउने कुराले उक्त व्यक्तिप्रति निष्ठावान हुनु भन्‍ने बुझाउँछ

तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए । तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए । तिनीहरूले परमप्रभुलाई त्‍यागेर बाल र अश्‍तोरेत देवताहरूलाई पुजे । (न्यायकर्ताहरू २:१२,१३)

तिनी सीदोनीहरूकी अश्‍तोरेत देवी र अम्‍मोनीहरूको घिनलाग्‍दो देवता मोलोखको पछि लागे । (१ राजाहरू ११:५)

तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्‍ने छैन । मलाई तिरस्‍कार गर्नेले त्‍यो कहिल्‍यै देख्‍ने छैन । तर मेरो दास कालेबमा अर्कै आत्‍मा छ, र त्‍यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ । यसैकारण त्‍यो पसेर आएको देशमा म त्‍यसलाई लैजाने छु र त्‍यसका सन्‍तानले त्‍यो अधिकार गर्ने छन्‌ । (गन्ती १४:२३-२४)

राजा र उहाँका सुसारेहरूको अघि लाग्‍नु, साथ लाग्‍नु, वा पछ्याउनुले उहाँको सेवा गर्नु भन्‍ने बुझाउँछ ।

हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुने छ । (यशैया ६२:११)

धार्मिकताचाहिँ उहाँको अगि अगि जान्‍छ, र उहाँको निम्‍ति एउटा मार्ग तयार गर्छ । (भजनसंग्रह ८५:१३)

उत्तराधिकार प्राप्त गर्नु कुनै कुरा सदाको लागि पाउनु हो

तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍ने छ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर ।' (मत्ती २५:३४)

परमेश्‍वरको पूर्ण राज्यको आशिष् राजा जोसँग बोल्दै हुनुहुन्छ ती व्यक्तिहरूलाई सदाको लागि दिइएको छ ।

अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ । (१ कोरिन्थी १५:५०)

मानिसहरू आफ्नो नाशवान शरीरमा हुँदा तिनीहरूले पूर्ण भएको परमेश्‍वरको राज्यलाई सदाको निम्ति प्राप्त गर्न सक्दैनन् ।

कसैले सदाको लागि प्राप्त गर्ने कुरालाई उत्तराधिकार भनिन्छ

तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंको आफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुने छ । (प्रस्थान १५:१७)

परमेश्‍वरको आराधना गरिने पर्वतलाई स्थायी सम्पत्तिको रूपमा हेरिएको छ ।

हाम्रा दुष्‍टता र पाप क्षमा गरेर हामीलाई आफ्‍नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्‌ । (प्रस्थान ३४:९)

इस्राएलीहरूलाई आफ्नो निज सम्पत्तिको रूपमा परमेश्‍वरले स्वीकार्नुभएको होस् भनेर अर्थात् सदाको लागि उहाँके हुनेगरी स्वीकार गर्नुभएको होस् भनेर मोशा बिन्ति गर्छन् ।

सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक । (एफिसी १:१८)

उहाँको निम्ति छुट्याइएका सबैलाई परमेश्‍वरले दिने अद्‍भुत कुराहरूलाई स्थायी सम्पत्तिको रूपमा हेरिएको छ ।

स्थायी रूपमा कुनै कुरा प्राप्त गर्ने व्यक्तिलाई उत्तराधिकारी भनिन्छ ।

संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्‍यवस्‍थाद्वारा आएको होइन, तर विश्‍वासको धार्मिकताद्वारा आएको हो । (रोमी ४:१३)

अब्राहाम र तिनका सन्तानहरूले सारा संसारलाई सदाको निम्ति प्राप्त गर्ने छन् भन्‍ने प्रतिज्ञा थियो ।

पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्‍त सृष्‍टि रच्‍नु पनि भयो । (हिब्रू १:२)

परमेश्‍वरको पुत्रले सबै कुरा स्थायी सम्पत्तिको रूपमा प्राप्त गर्नुहुने छ ।

विश्‍वासद्वारा नोआले ... संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी । (हिब्रू ११:७)

नोआले स्थायी सम्पत्तिको रूपमा धार्मिकता पाए ।

सुत्‍नुले मर्नु भन्‍ने बुझाउँछ

जब तेरो दिन पूरा हुने छ, र तँ आफ्‍ना पित्रहरूसँग विश्राम गर्ने छस्, तब म तेरै सन्‍तानमध्‍येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउने छु, (२ शमूएल ७:१२)

तिनीहरूलाई भन्, ‘के तँ अरूभन्‍दा बढी निगाहको पात्र छस्‌ र? तल जा, र खतना नभएकाहरूका साथमा पडिरह । तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्‌ने छन्‌ । तरवार थुतिएको छ । त्‍यसका सारा सैन्‍य-दलहरूसँगै त्‍यो घिस्‍स्‍याएर लगिओस्‌ । (इजकिएल ३२:१९-२०)

राज्य गर्नुले नियन्त्रण गर्नु भन्‍ने बुझाउँछ

यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌ । (रोमी ५:२१)

यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ । (रोमी ६:१२)

विश्राम गर्नु वा विश्राम स्थलले सदाको लागि फाइदा पुग्‍ने कुरालाई जनाउँछ

एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू? (रूथ ३:१)

यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍ने छैनन्‌ । (भजनसंग्रह ९५:११)

यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍ने छु, किनकि मैले यही चाहेको छु । (भजनसंग्रह १३२:१४)

जाति-जातिहरू उहाँकहाँ भेला हुने छन्, र उहाँको विश्रामको स्‍थान महिमामय हुने छ । (यशैया ११:१०)

उठ्ने, खडा हुने कुराले काम गर्नु भन्‍ने जनाउँछ

उठ्‌नुहोस्‌ हामीलाई गुहार गर्नुहोस्‌, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्‌ । (भजनसंग्रह ४४:२६)

कुनै कुरा देख्‍नुले त्यहीँ हुनु भन्‍ने जनाउँछ

किनभने तपाईंले मेरो प्राणलाई चिहान देख्‍न दिनुहुने छैन ... (भजनसंग्रह १६:१०)

बेच्‍नु भन्‍नाले नियन्त्रण हस्तान्तरण गर्नु बुझाउँछ । किन्‍नुले कसैको नियन्त्रण हटाउनु भन्‍ने बुझिन्छ

[इस्राएलीहरूलाई] [परमप्रभुले] अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । (न्यायकर्ताहरू ३:८)

बस्‍नुले राज्य गर्नु बुझाउँछ

प्रेममा एउटा सिंहासन स्‍थापित गरिने छ, त्‍यसमा दाऊदको घरानाबाट विश्‍वासयोग्‍यसाथ एक मानिस विराजमान हुनुहुने छ । (यशैया १६:५)

खडा हुनुले सफलतासाथ प्रतिरोध गर्नु भन्‍ने बुझाउँछ

यसकारण दुष्‍टहरू न्‍यायको दिनमा खडा हुने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउने छैनन्‌ । (भजनसंग्रह १:५)

हिँड्नुले व्यवहार गर्ने कुरालाई जनाउँछ र बाटो (मार्ग)ले व्यवहारलाई जनाउँछ

धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन । (भजनसंग्रह १:१)

किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ । (भजनसंग्रह १:६)

छलपूर्ण मार्गबाट मलाई अलग्‍ग राखिदिनुहोस्‌ । (भजनसंग्रह ११९:२९)

म तपाईंका आज्ञाहरूको मार्गमा दौडन्‍छु (भजनसंग्रह ११९:३२)