ne_ta/intro/open-license/01.md

9.3 KiB
Raw Permalink Blame History

स्वतन्त्रताको अनुमति पत्र

प्रत्येक भाषामा बिना प्रतिबन्ध बाइबलीय सामाग्रीहरू उपलब्ध गराउने कार्यमा सफल हुनको लागि विश्‍व मण्डलीलाई "बिना प्रतिबन्ध" ती सामाग्रीहरूमाथि पहुँच प्रदान गर्ने अनुमति पत्रको जरुरत पर्छ । यदि मण्डलीले बिना प्रतिबन्ध पहुँच प्राप्त गर्न सके भने यो अभियानलाई केहीले पनि रोक्न सक्दैन । क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४. अन्तराष्ट्रिय अनुमति पत्र ले बाइबलीय सामाग्री अनुवाद र वितरणको निम्ति आवश्यक सबै अधिकारहरू प्रदान गर्दछ र उक्त सामाग्री सबैको प्रयोगको निम्ति खुला रहोस् भन्‍ने कुरा सुनिश्‍चित गर्छ । अन्य टिप्पणी गरिएको अवस्था बाहेकका अवस्थामा बाहेक सबै सामाग्रीहरू CC BY-SA अनुमति पत्र अन्तर्गत रहनेछन् ।

  • डोर४३को आधिकारिक अनुमति पत्र https://door43.org/en/legal/license बाट प्राप्त गर्न सकिन्छ*

क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४.५ इन्टरनेशनल (CC BY-SA 4.0)

योअनुमति पत्र को मानिसले पढ्न मिल्ने सारांश हो (यो विकल्प भने होइन) ।

तपाईंले निम्‍न कार्यहरू सित्तैमा गर्न सक्‍नुहुन्छः

  • बाँडचुँड गर्न — सामाग्रीहरूलाई कुनै पनि माध्यम वा ढाँचामा नक्कल गर्न र पुनः वितरण गर्न
  • अनुकुल बनाउन — रिमिक्स गर्न, परिवर्तन गर्न, सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्न

यसलाई कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ, व्यवसायिक हिसाबले पनि ।

तपाईंले अनुमति पत्रका सर्तहरू पालना गरेसम्म अनुमति पत्र प्रदायकले यी स्वतन्त्रताहरू रद्द गर्न सक्दैन ।

सर्तहरू देहायबमोजिम छन्ः

  • एट्रिब्यशन — तपाईंले उपयुक्त श्रेय दिनुपर्छ, अनुमति पत्रको लिङ्‍क उल्लेख गर्नुपर्छ, र केही परिवर्तनहरू गरिएको छ भने त्यो पनि देखाउनुपर्छ । तपाईंले यी कुराहरू उचित तरिकाले गर्नुपर्छ, अनुमति प्रदायकले तपाईंको समर्थन गर्छ भन्‍ने अर्थ लाग्‍ने तरिकाले नगर्ने ।
  • शेयरअलाइक — यदि तपाईंले रिमिक्स, परिवर्तन , वा सामाग्रीको आधारमा अन्य सामाग्रीको निर्माण र थप गर्नुभयो भने तपाईंले गरेको योगदानलाई पनि मूल अनुमति पत्रको रूपमा नै वितरण गर्नुपर्छ ।

कुनै थप प्रतिबन्ध नलगाउने — अनुमति पत्रले अन्य व्यक्तिलाई अनुमति दिए बाहेकका कानुनी सर्तहरू वा प्राविधिक मापहरूको प्रयोग गर्न पाउनुहुने छैन ।

सुचनाहरूः

सार्वजनिक डोमेनमा भएका सामाग्रीका तत्वहरू वा तपाईंको प्रयोगलाई अपवाद अथवा प्रतिबन्धबाट अनुमति मिलेको अवस्थामा तपाईं अनुमति पत्रको नियममा बस्‍नुपर्दैन ।

कुनै प्रत्याभूतिहरू दिइएका छैनन् । तपाईंले चाहनुभए जसरी प्रयोग गर्नको निम्ति आवश्यक सबै अनुमति यसले नदिन सक्छ । उदाहरणको निम्ति, प्रचार, योपनीयता, वा नैतिक अधिकारहरूले तपाईंको सामाग्री प्रयोगलाई सीमित गर्न सक्छ ।

अर्को स्रोतबाट लिइएका सामाग्रीहरूको निम्ति प्रस्तावित अधिकार कथनः "डोर४३ वर्ल्ड मिसनस् कम्युनिटीद्वारा सिर्जित मूल लेखहरू http://door43.org/ मा उपलब्ध छन् र तिनलाई क्रिएटिभ कमन्स एट्रिब्युशन-सेयरअलाइक ४. इन्टरनेशनल अनुमति पत्रमार्फत (http://creativecommons.org/licenses/by-sa/4.0/ ) जारी गरिएको हो । यसलाई मूल सामाग्रीबाट परिवर्तन गरिएको छ र मूल लेखकहरूले यसलाई समर्थन गर्दैनन् ।"

डोर४३ योगदानकर्ताहरूको अधिकार

डोर४३ मा सामाग्रीहरू आयात गर्नको निम्ति खुला अनुमतिपत्रको नियम बमोजिम मूल लेखलाई श्रेय दिनुपर्छ । उदाहरणको लागि, खुला बाइबल कथाहरूमा प्रयोग गरिएका कलाकृतिहरूको श्रेय मूल पृष्ठ मा दिइएको छ ।

डोर४३ परियोजनामा योगदानकर्ताहरू हरेक संशोधन पृष्ठमा स्वतः दिइने श्रेय तिनीहरूका कामप्रतिको श्रेयको निम्ति प्रयाप्त छ भन्‍ने कुरामा सहमत छन् । यसर्थ, डोर४३ का हरेक योगदानकर्ताको सूची "डोर४३ विश्‍व मिसन समुदाय" मा सूचीबद्ध गरिएको छ । हरेक योगदानकर्ताको योगदानहरूलाई त्यस कार्यको संशोधन इतिहासमा सुरक्षित राखिएको छ ।

स्रोत पाठहरू

यदि निम्‍नमध्ये कुनै एउटा अनुमतिपत्र भएका स्रोत पाठहरू मात्र प्रयोग गर्न सकिन्छः

अधिक जानकारीको निम्ति हेर्नुहोस् सर्वाधिकार, अनुमतिपत्र, र स्रोत पाठहरू