ne_ta/translate/translate-source-licensing/01.md

6.8 KiB
Raw Permalink Blame History

यो किन महत्त्वपूर्ण छ ?

कुनै स्रोत खण्‍डबाट अनुवाद गर्नलाई त्यसको छनोट गर्ने बेलामा, प्रतिलिपि अधिकार/अनुमतिपत्रको विषयमा विचार गर्न दुईवटा कारणका लागि महत्त्वपूर्ण हुन्छ । पहिलो, यदि तपाईंले प्रतिलिपि अधिकार कायम गरिएको कामबाट सुरुमा अनुवाद नलिइकन अनुवाद गर्नुभयो भने, तपाईंले कानुन तोड्दै हुनुहुन्छ किनभने अनुवाद चाहिँ त्यस सामग्रीको धनीको अधिकारमा संरक्षित गरिएको छ । केही ठाउँहरूमा, प्रतिलिपि अधिकारको उल्‍लङ्घन आपराधिक कार्य हो र प्रतिलिपि अधिकार भएको व्यक्तिको सहमति बिना नै सरकारद्वारा मुद्दा लाग्‍न सक्‍छ ! दोस्रो, जब प्रतिलिपि अधिकार सुरक्षित गरिएको कामबाट अनुवाद गरिन्छ, अनुवाद चाहिँ स्रोत भाषाको प्रतिलिपि अधिकार प्राप्‍त व्यक्तिको बौद्धिक धन बन्छ । तिनीहरूले अनुवादका सबै हकहरूलाई कायम राख्‍छन् जसरी तिनीहरूले स्रोत खण्‍डको लागि गर्छन् । यी र अन्य कारणहरूको लागि, अन्‍फोल्‍डिङ्ग वोर्डले ती अनुवादहरूलाई मात्र वितरण गर्नेछ जसले यी प्रतिलिपि अधिकारको कानुनलाई उल्‍लङ्घन गर्दैनन् ।

हामीले कुन अनुमतिपत्रको प्रयोग गर्छौँ

अन्‍फोल्‍डिङ्ग वोर्डद्वारा प्रकाशित सबै सामग्रीहरू क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक ४. लाइसेन्स (सीसी बीवाइ-एसए) अन्तर्गत ल्याइन्छ (हेर्नुहोस् http://creativecommons.org/licenses/by-sa/4.0/) । हामी विश्‍वास गर्छौँ कि यो अनुमतिपत्र मण्‍डलीको लागि सबैभन्दा ठूलो सहयोग हो किनभने यसमा अनुवाद गर्न दिन र त्यसबाट अन्य कुराहरू उत्पादन गर्नका लागि पर्याप्‍त अनुमति छ, तर त्यति पनि अनुमति भएको छैन कि ती उत्पादित कुराहरूलाई निषेधात्मक अनुमतिपत्र अन्तर्गत थुनेर राख्‍न सकियोस् । यस विषयमा पूरा छलफलको लागि, क्रिस्‍टिएन कमन्सलाई पढ्नुहोस् (हेर्नुहोस् http://thechristiancommons.com/) ।

कुन स्रोत खण्‍डहरूलाई प्रयोग गर्न सकिन्छ ?

यदि स्रोत खण्‍डहरू सार्वजनिक अधिकार क्षेत्रमा छन् वा यहाँ दिइएका अनुमतिपत्र अन्तर्गत छन् भने तिनीहरूलाई प्रयोग गर्न सकिन्छ, जुन अनुमतिपत्रले अनुवादित कामलाई क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक लाइसेन्स अन्तर्गत ल्याउन स्वीकृति दिन्छः

प्रश्‍न लागेका अन्य सबै कामहरूका लागि, कृपया help@door43.orgमा सम्पर्क गर्नुहोस् ।

रिपोटः

  • ट्रान्सलेसन स्टुडियोमा स्रोत खण्‍डहरूको रूपमा देखिने सबै स्रोत खण्‍डहरूलाई पुनः जाँच गरिएको छ र जो कोही पनि व्यक्तिद्वारा स्रोत खण्‍डको रूपमा प्रयोग गर्नका लागि कानुनसङ्गत छ ।
  • अन्‍फोल्‍डिङ्ग वोर्डद्वारा कुनै पनि कुरा प्रकाशित हुनभन्दा पहिला, स्रोत खण्‍डको पहिला पुनः जाँच हुनुपर्छ र माथि सूचीकृत भएका अनुमतिपत्रहरूमा कुनै एउटा अन्तर्गत उपलब्‍ध हुनुपर्छ । तपाईंको अनुवाद प्रकाशित गर्न असक्षम हुन नदिनका लागि तपाईंले अनुवाद गर्नुभन्दा पहिला कृपया तपाईंको स्रोत खण्‍डको जाँच गर्नुहोस् ।