ne_ta/checking/vol2-things-to-check/01.md

6.3 KiB

जाँच गर्नुपर्ने कुराहरूका किसिमहरू

१. तपाईंलाई ठीक नलागेका सबै कुराहरूको बारेमा सोध्‍नुहोस् ताकि अनुवाद समूहले त्यसको बारेमा बताउन सकून् । यदि तपाईंलाई यो पनि ठीक लागेन भने तिनीहरूले आफ्नो अनुवादलाई परिवर्तन गर्न सक्छन् । सामान्य रूपमाः

१. स्रोत पाठमा नभएको कुनै कुरा थपिएको छ कि छैन त्यसको जाँच गर्नुहोस् । ध्यान दिनुहोस्, मूल अर्थमाअप्रत्यक्ष जानकारी पनि समावेश गरिएको हुन्छ । २. स्रोत पाठमा भएको तर अनुवादमा प्रयोग नभएर कुनै कुरा छुटेको भए त्यसको जाँच गर्नुहोस् । ३. स्रोत पाठको भन्दा फरक अर्थको प्रयोग भएको छ कि छैन त्यसको जाँच गर्नुहोस् ।

२. खण्डको मूल विचार वा विषय स्पष्ट छ कि छैन भन्‍ने कुराको जाँच गर्नुहोस् । अनुवाद समूहलाई खण्डले भनेको वा सिकाएको कुराको सारांश बताउन लगाउनुहोस् । यदि तिनीहरूले गौण बुँदालाई मूख्य बुँदाको रूपमा प्रयोग गरेका रहेछन् भने त्यसलाई सच्याउनुपर्छ । ३. कारणहरू, थपिएका कुराहरू, परिणामहरू, निष्कर्षहरूजस्ता खण्डका विभिन्‍न खण्डहरू लक्षित भाषामा सही तरिकाले जोडिएका छन् कि छैनन् जाँच गर्नुहोस् । ४. "अनुवाद जाँचका चरणहरू" मा उल्लेख गरिएजस्तै शब्दअनुवादमा एकरूपता छ कि छैन जाँच गर्नुहोस् । हरेक शब्दहरू कसले र कहिले प्रयोग गर्छ भनेर संस्कृतिमा तिनको प्रयोगको बारेमा सोध्नुहोस् । अन्य समान शब्दहरू र समान शब्दहरूबिचको फरकको बारेमा सोध्‍नुहोस् । यसले कुनै शब्दका अनावश्यक अर्थ छ कि छैन भन्ने कुरा थाहा पाउन अनुवादकलाई मदत मिल्छ र कुन शब्दको प्रयोग राम्रो हुन्छ वा फरक सन्दर्भमा फरक शब्दको प्रयोग गर्नको निम्ति पनि मदत मिल्छ । ५. अलङ्कारको प्रयोगको जाँच गर्नुहोस् । बाइबलको पाठमा अलङ्कारको प्रयोग गरिएको पाइएमा त्यसको अनुवाद कसरी गरिएको छ सो हेर्नुहोस् र त्यसले एउटै अर्थ दिन्छ कि दिँदैन सो हेर्नुहोस् । ६. प्रेम, क्षमा, आनन्द, रमाहटजस्ता अमूर्त विचारहरूलाई कसरी अनुवाद गरिएको छ सोको जाँच गर्नुहोस् । यीमध्ये धेरैजस्तो मूल शब्दहरू हुन् । ७. लक्षित संस्कृतिमा नभएका कुराहरू वा अभ्यासहरूको अनुवादको जाँच गर्नुहोस् । अनुवाद समूहलाई ती कुराहरूको तस्बिर देखाएर व्याख्या गर्नु उपयोगी हुन्छ । ८. आत्मिक संसारको बारेमा बताउने शब्दहरू र लक्षित भाषामा तिनलाई कसरी बुझिन्छ त्यसको बारेमा छलफल गर्नुहोस् । अनुवादमा प्रयोग गरिएका शब्दहरूले सही अर्थको संचार गरेका छन् कि छैनन् भन्‍ने कुराको निश्चित गर्नुहोस् । ९. बुझ्‍न र अनुवाद गर्न कठिन हुने कुराको जाँच गर्नुहोस् ।

यी सबै कुराको जाँच गरेर सच्याइसकेपछि भाषामा स्वभाविक बहावको निश्चित गर्नको निम्ति अनुवाद समूहलाई खण्डको सस्वर वाचन गर्न लगाउनुहोस् । सच्याएको अनुवाद अस्वभाविक सुनिएको खण्डमा अनुवादलाई थप मिलाउनुहोस् । अनुवादले लक्षित भाषामा स्पष्ट र स्वभाविक संचार नगरेसम्म जाँच र समीक्षाको प्रक्रियालाई दोहोर्‍याउनुहोस् ।