ne_obs-tn/content/02/11.md

20 lines
2.0 KiB
Markdown

# भूमि श्रापित भएको छ
आदमको अनाज्ञापालको दण्ड स्वरूप, पृथ्वी अब फलदायी हुने थिएन । आदमले खानलाई पर्याप्‍त खानेकुरा जुटाउनलाई कठोर मिहिनेत गर्नुपर्ने थियो ।
# तँ मर्नेछस्
तिनीहरूको अनाज्ञापालनको अन्तिम दण्ड भनेको मृत्यु थियो । आत्मिक मृत्यु भनेको हामी परमेश्‍वरबाट अलग गरिनु हो । शारीरिक मृत्यु भनेको हामी हाम्रो शरीरबाट अलग गरिनु हो ।
# माटोमा फर्कनेछस्
परमेश्‍वरले आदमलाई माटोबाट बनाउनुभयो र उसलाई जीवन दिनुभयो । पापको फलस्वरूप, उसको जीवन उसबाट लगिनेछ र उसको शरीर कुहिनेछ र फेरि माटो हुनेछ ।
# हव्‍वा, जसको अर्थ ‘जीवन दिने’ हो
परमेश्‍वरले आदम र हव्‍वालाई जीवन दिनुभयो, र हरेक व्यक्तिमा यो जीवन जन्मद्वारा सर्छ ।
# सबै मानिसहरूकी आमा
यसको अर्थ हो कि तिनी सबै मानिसहरूकी महिला पूर्वज हुने थिइन् । केही भाषाहरूले “तिनी सबै मानिसहरूकी हजुरआमा हुने थिइन्” भन्छन् ।