ne_obs-tn/content/02/11.md

2.0 KiB

भूमि श्रापित भएको छ

आदमको अनाज्ञापालको दण्ड स्वरूप, पृथ्वी अब फलदायी हुने थिएन । आदमले खानलाई पर्याप्‍त खानेकुरा जुटाउनलाई कठोर मिहिनेत गर्नुपर्ने थियो ।

तँ मर्नेछस्

तिनीहरूको अनाज्ञापालनको अन्तिम दण्ड भनेको मृत्यु थियो । आत्मिक मृत्यु भनेको हामी परमेश्‍वरबाट अलग गरिनु हो । शारीरिक मृत्यु भनेको हामी हाम्रो शरीरबाट अलग गरिनु हो ।

माटोमा फर्कनेछस्

परमेश्‍वरले आदमलाई माटोबाट बनाउनुभयो र उसलाई जीवन दिनुभयो । पापको फलस्वरूप, उसको जीवन उसबाट लगिनेछ र उसको शरीर कुहिनेछ र फेरि माटो हुनेछ ।

हव्‍वा, जसको अर्थ ‘जीवन दिने’ हो

परमेश्‍वरले आदम र हव्‍वालाई जीवन दिनुभयो, र हरेक व्यक्तिमा यो जीवन जन्मद्वारा सर्छ ।

सबै मानिसहरूकी आमा

यसको अर्थ हो कि तिनी सबै मानिसहरूकी महिला पूर्वज हुने थिइन् । केही भाषाहरूले “तिनी सबै मानिसहरूकी हजुरआमा हुने थिइन्” भन्छन् ।