6.5 KiB
6.5 KiB
साक्षी, प्रत्यक्षसाक्षी
परिभाषा:
“साक्षी” भन्ने शब्दले कुनै घटनालाई व्यक्तिगत रूपमा अनुभव गरेको मानिसलाई जनाउँछ । प्रायः साक्षी भनेको त्यो व्यक्ति पनि हो जसले कुनै कुरा सत्य हो भनी गवाही दिन्छ । “प्रत्यक्षसाक्षी” भन्ने शब्दले त्यो मानिस त्यस घटनाको समयमा त्यही थियो र उसले सबै कुरा प्रत्यक्ष देखेको छ भन्ने कुरालाई जोड दिन्छ ।
- “साक्षी हुनु” भनेको घटना भएको देख्नु हो ।
- सुनुवाईको समयमा, त्यो मानिसले “साक्षी दिन्छ” वा त्यो मानिस “साक्षी हुन्छ ।” यसको अर्थ गवाही दिनु हो ।
- साक्षी दिनेहरूले उनीहरूले देखेका वा सुनेका कुरालाई सत्य रूपमा बताउनुपर्छ ।
- जे भएको थियो त्यस कुराको विषयमा साँचो नबोल्ने साक्षीलाई “झुटो साक्षी” भनिन्छ । उसले “झुटो साक्षी दिएको” वा ऊ “झुटो साक्षी भएको” मानिन्छ ।
- “कसैको बिच साक्षी हुनु” भन्ने अभिव्यक्तिले कुनै करार भएको कुराको कोही व्यक्ति वा केही कुरा प्रमाणको रूपमा हुनेछ भन्ने अर्थ दिन्छ । करारका हरेक पक्षले प्रतिज्ञा गरे झैँ गरोस् भनेर साक्षीले सुनिश्चित गर्छ ।
अनुवादका लागि केही सुझावहरू
- “साक्षी” वा “प्रत्यक्षसाक्षी” लाई “यो-देख्ने-व्यक्ति” वा “एक जना व्यक्ति जसले त्यो भएको देख्यो” वा “ती जसले (ती कुराहरू) देखे र सुने” भन्ने अर्थ दिने शब्द वा वाक्यांशको प्रयोग गरी अनुवाद गर्न सकिन्छ ।
- “साक्षी” लाई “जमानी”, “हाम्रो प्रतिज्ञाको चिन्ह” वा यो कुरा सत्य हो भनी गवाही दिने केही कुरा” भनेर अनुवाद गर्न सकिन्छ ।
- “तिमीहरू मेरा साक्षी हुनेछौ” भन्ने वाक्यांशलाई “तिमीहरूले अरू मानिसलाई मेरो विषयमा बताउनेछौ” वा “मैले तिमीहरूलाई सिकाएको सत्यता तिमीहरूले अरू मानिसलाई सिकाउनेछौ” वा मैले गरेका काम र मैले सिकाएका कुराहरूको विषयमा तिमीहरूले अरू मानिसलाई बताउनेछौ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- “कसैको साक्षी हुनु” लाई “देखेको कुरा बताउनु” वा “गवाही दिनु” वा “जे भएको थियो त्यो बताउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
- कुनै कुराको “साक्षी हुनु” लाई “कुनै कुरा देख्नु” वा “कुनै कुरा भएको अनुभव गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
बाइबलीय कथाहरूबाट उदाहरणहरूः
- घर भित्र, यहूदी अगुवाहरूले येशूलाई न्यायको निम्ति खडा गराए । तिनीहरूले येशूको विरुद्धमा झुटो बोल्नको निम्ति धेरै झुटा साक्षीहरू ल्याए ।
- उच्च पूजाहारीले क्रोधमा आफ्नो लुगा च्याते र ठुलो सोरमा भने, “अब हामीलाई अरू कोही साक्षीको आवश्यकता छैन । यो मानिसले आफैँलाई परमेश्वरका पुत्र भनेको तपाईंहरूले नै सुन्नुभएको छ । अब तपाईंहरूको न्याय कस्तो हुन्छ ?”
- धर्मशास्त्रमा पनि यो लेखिएको छ कि मेरा चेलाहरूले यो घोषणा गर्नेछन् कि सबैजनाले आफ्ना पापको क्षमा पाउनको निम्ति पश्चात्ताप गर्नुपर्छ । तिनीहरूले यो येरूशलेम देखि शुरु गर्नेछन्, र तिनीहरू सबै ठाउँका मानिस कहाँ पुग्नेछन् । तिमीहरू यी कुराहरूका साक्षीहरू हौ ।”
- “परमेश्वरले येशूलाई पुनः जीवनमा उठाउनुभएको तथ्यको हामी साक्षी हौँ ।”