3.8 KiB
3.8 KiB
अविश्वासयोग्य, अविश्वासयोग्यता
परिभाषा:
“अविश्वासयोग्य” शब्दले परमेश्वरले आज्ञा गर्नुभएका कुराहरूलाई पालन नगर्ने मानिसहरूको बयान गर्छ । अविश्वासयोग्य हुने अवस्था वा अभ्यास नै “अविश्वासयोग्यता” हो ।
- जब इस्राएलीहरूले मूर्तिहरूको पूजा गर्न थाले र तिनीहरूले अन्य किसिमले पनि परमेश्वरको आज्ञा उल्लङ्घन गर्न थाले, तब तिनीहरूलाई “अविश्वासयोग्य” भनियो ।
- वैवाहिक जीवनमा व्यभिचार गर्ने व्यक्ति उसको पति वा पत्नीप्रति “अविश्वासयोग्य” हुन्छ ।
- इस्राएलको अनाज्ञाकारी व्यवहारलाई बयान गर्न परमेश्वरले “अविश्वासयोग्यता” शब्दको प्रयोग गर्नुभयो । तिनीहरूले परमेश्वरको आज्ञा मान्दै थिएनन् वा उहाँलाई आदर दिएका थिएनन् ।
अनुवादका लागि सुझावहरूः
- सन्दर्भमा आधारित रहेर “अविश्वासयोग्य” लाई “विश्वासयोग्य नभएको” वा “विश्वास नगर्ने” वा “अज्ञाकारी नहुने” वा “भक्त नहुने” भनी अनुवाद गर्न सकिन्छ ।
- शब्द “अविश्वासयोग्यहरू” लाई “(परमेश्वरप्रति) विश्वासयोग्य नहुने मानिसहरू” वा “अविश्वासयोग्य मानिसहरू” वा “परमेश्वरको आज्ञा नमान्नेहरू” वा “परमेश्वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
- शब्द “अविश्वासयोग्यता” लाई “अनाज्ञाकारिता” वा “विश्वास नगर्ने वा आज्ञा नमान्ने अवस्था” भनी अनुवाद गर्न सकिन्छ ।
- केही भाषाहरूमा शब्द “अविश्वासयोग्य” “अविश्वास” सित सम्बन्धित हुन्छ ।
(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारी, व्यभिचारिणी, अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, विश्वासयोग्य, विश्वासयोग्यता, अविश्वासी, अविश्वास)
बाइबलका सन्दर्भहरूः
- होशे ०५:५-७
- न्यायकर्ता ०२:१६-१७
- यर्मिया ०९:७-९
- लेवी २६:४०-४२
- लूका १२:४५-४६