4.0 KiB
4.0 KiB
बेखतने, बेखतना
परिभाषा:
शब्दहरू “बेखतने” वा “बेखतना” ले शारीरिक रूपमा खतना नगरिएको पुरुषलाई जनाउँछ ।
- मिश्र एउटा यस्तो मुलुक थियो जहाँ खतना गरिन्थ्यो । त्यसैले, मिश्र “बेखतनेहरू” द्वारा पराजित भयो भनी परमेश्वरले बताउनुहुँदा उहाँले त्यस्ता मानिसहरूलाई उल्लेख गर्दै हुनुहुन्छ जसलाई मिश्रीहरूले खतना नगरेको कारणले तिरस्कार गर्थे ।
- बाइबलले यस्ता मानिसहरूको चर्चा गर्छ जससित “बेखतने (अर्थात् खतना नगरिएको) ह्दय” छ वा जसको “ह्दयमा खतना भएको” छैन । यो यी परमेश्वरका मानिसहरू होइनन् र तिनीहरू उहाँप्रति हठी रूपमा अनाज्ञाकारी छन् भनी उल्लेख गर्ने आलङ्कारिक तरिका हो ।
अनुवादका लागि सुझावहरूः
- अनुवादका गरिएको भाषामा खतनाको लागि कुनै शब्दको प्रयोग गरिएको छ वा त्यो शब्द ज्ञात छ भने “बेखतने” लाई “खतना नगरिएको” भनी अनुवाद गर्न सकिन्छ ।
- सन्दर्भमा आधारित रहेर शब्द “बेखतनेहरू” लाई “खतना नगरिएका मानिसहरू” वा “ती मानिसहरू जो परमेश्वरका होइनन्” भनी अनुवाद गर्न सकिन्छ ।
- यसलाई आलङ्कारिक रूपमा प्रयोग गर्दा “जो परमेश्वरका मानिसहरू होइनन्” वा “जो परमेश्वरका होइनन्, तिनीहरूजस्तै विद्रोहीहरू” वा “परमेश्वरका मानिसहरू हुन् भन्ने कुनै सङ्केत नभएको” भनी अनुवाद गर्न सकिन्छ ।
- टुक्का “ह्दयको खतना नगरिएको” लाई “हठी रूपमा विद्रोही” वा “विश्वास गर्न इन्कार गर्ने” भनी अनुवाद गर्न सकिन्छ । तथापि सम्भव भएसम्म यस टुक्का वा उस्तै अभिव्यक्तिलाई जस्ताको तस्तै राख्नु उत्तम हुन्छ, किनकि आत्मिक खतना एउटा महत्त्वपूर्ण अवधारणा हो ।
(हेर्नुहोस्ः अब्राहाम, अब्राम, खतना गर्नु, खतना)
बाइबलका सन्दर्भहरूः
- २ शमूएल ०१:१७-२०
- प्रेरित ११:१-३
- कलस्सी ०२:१३-१५
- एफिसी ०२:११-१२
- प्रस्थान १२:४७-४८
- इजकिएल ३२:२४-२५
- न्यायकर्ता १५:१७-१८
- यर्मिया ०९:२५-२६
- लेवी २६:४०-४२
- रोमी ०२:२५-२७