ne_tw/bible/other/thorn.md

19 lines
2.1 KiB
Markdown

# काँडा, सिउँडी
## परिभाषा:
काँडाका घारीहरू र सिउँडीहरू त्यस्ता बिरुवाहरू हुन्, जसमा स-साना काँडाका हाँगाहरू लाग्छन् र फुलहरू फल्छन् । यी बिरुवाहरूले फल फलाउँदैनन् न त कुनै उपयोगी कुरो उत्पादन गर्छन् ।
* काँडा बिरुवाको हाँगा वा डाँठमा उम्रने कडा, तिखो वस्तु हो । “काँडाको झाडी” सानो रुख वा पोथ्राको किसिम हो जसका हाँगाहरूमा धेरै काँडा हुन्छन् ।
* सिउँडी स-साना काँडे डाँठ र पातहरू भएको बिरुवा हो । अक्सर यसका फलहरू बैजनी रङका हुन्छन् ।
* काँडा र सिउँडीका बिरुवाहरू छिट्टै बढ्छन् र तिनले अन्य बिरुवाहरू वा फसलहरूलाई बढ्नबाट रोक्‍न सक्छन् । यो पापले कसरी एउटा व्यक्‍तिलाई असल फल फलाउनबाट रोक्‍न सक्छ भन्‍ने तस्बिर हो ।
* येशूलाई क्रुसमा टाँग्‍नुभन्दा पहिले उहाँको शिरमा काँडाका हाँगाहरूबाट बनेको मुकुट पहिराइएको थियो ।
(हेर्नुहोस्ः मुकुट, मुकुट पहिराउनु)
बाइबलका सन्दर्भहरूः
* मत्ती १३:७-९
* मत्ती १३:२२-२३