2.9 KiB
2.9 KiB
मुक्ति
परिभाषा:
“मुक्ति” शब्दले दुष्ट वा खतराबाट उद्धार वा छुटकारा गरिएको कुरालाई जनाउछ ।
- बाइबलमा “मुक्ति” ले उनीहरूका पापहरूका पश्चताप गर्ने र येशूमा विश्वास गर्नेहरूलाई परमेश्वरले दिनुभएको आत्मिक र अनन्त छुटकारालाई जनाउँछ ।
- बाइबलले परमेश्वरले आफ्ना मानिसहरूलाई उनीहरूका शारीरिक शत्रुहरूबाट पनि बचाउनु वा छुटकारा दिनुभऐको कुराहरूबारे बताउँछ ।
अनुवादका निम्ति सुझावहरुः
- यो शब्दलाई “परमेश्वरले मानिसहरूलाई (उनीहरूका पापहरूका निम्ति दण्ड दिनबाट) बचाउनुहुन्छ” वा “परमेश्वरले मानिसहरूलाई (उनीहरूका शत्रुहरूबाट) छुटकारा दिनुहुन्छ” मा जस्तै “बचाउनु” वा “छुटकारा दिनु” भन्ने शब्दहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।
- “परमेश्वर मेरो मुक्ति हुनुहुन्छ” लाई “मलाई बचाउनुहुने परमेश्वर नै हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
- “तिमीहरूले मुक्तिको इनारबाट पानी निकाल्नेछौ” लाई “तिमीहरू पुनर्ताजगी हुनेछौ, किनभने परमेश्वरले तिमीहरूलाई छुटकारा दिइरहनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः बचाउनु, सुरक्षा, मुक्ति) बाइबलका खण्डहरूः
- प्रेरित ०४:११-१२
- प्रेरित २८:२८
- एफिसी ०६:१७-१८
- उत्पत्ति ४९:१६-१८
- लूका ०२:३०-३२
- फलिप्पी ०१:२८-३०
- प्रकाश १९:१-२
- रोमी ०१:१६-१७
- जकरिया ०९:९-१०