2.9 KiB
2.9 KiB
प्रसिद्धि, प्रसिद्ध
परिभाषा:
“प्रसिद्धि” ले चिरपरिचित भएको र प्रशंसायोग्य प्रतिष्ठा हुनुलाई जनाउछ ।
- “प्रसिद्धि” ले विशेष गरी लामो समयदेखि नै व्यापक रूपमा परिचित सुप्रतिष्ठालाई जनाउछ ।
- “प्रसिद्ध” व्यक्ति चिरपरिचित र उच्च सम्मानित व्यक्ति हो ।
- “प्रसिद्ध” सहर प्रायः यसको धन-सम्पत्ति र समृद्धिको चिरपरिचित हुन्छ ।
अनुवादका निम्ति सुझावहरूः
- “प्रसिद्धि” लाई “कीर्ति” वा “सम्मानित प्रतिष्ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- “प्रसिद्ध” लाई “चिरपरिचित र उच्च सम्मानित” वा “उत्कृष्ट प्रतिष्ठा भएको” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- “इस्राएलमा परमप्रभुको नाउँ प्रसिद्ध होस्” भन्ने वाक्यांशलाई “परमप्रभुको नाउँ प्रसिद्ध होस् र इस्राएलका मानिसहरूले सम्मान गरून्” भनेर अनुवाद गर्न सकिन्छ ।
- “प्रसिद्धिका मानिसहरू” लाई “तिनीहरूका साहसको निम्ति परिचित मानिसहरू” वा “प्रख्यात योद्धाहरू” वा “उच्च सम्मानित मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
- “तपाईंको प्रसिद्धि सबै पुस्ताहरूसम्म रहन्छ” भन्ने अभिव्यक्तिलाई “तपाईं कति महान् हुनुहुन्छ भन्नेबारे मानिसहरूले सुन्ने वर्षभरि” वा “तपाईंको महान्ता प्रत्येक पुस्ताले सुन्नेछन्, र देख्नेछन्” भनेर अनुवाद गर्न सकिन्छ ।
बाइबलका खण्डहरूः
- उत्पत्ति ०६:४