ne_tw/bible/other/incense.md

20 lines
2.3 KiB
Markdown

# धूप
## परिभाषा:
शब्द “धूप” ले मसिना अत्तरहरूको मिश्रणलाई जनाउँछ जसलाई सुगन्ध उत्पादन गर्न बालिन्छ ।
* परमेश्‍वरले उहाँलाई भेटीस्वरूप धूप बाल्न इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
* परमेश्‍वरले निर्देशन गर्नुभएमुताबिक नै उही मात्रामा पाँच विशेष किसिमका अत्तरलाई मिसाई धूप बनाइनुपर्थ्यो । यो पवित्र धूप थियो । त्यसैले, तिनीहरूले यसलाई अन्य कुनै पनि उद्देश्यको लागि प्रयोग गर्न मिल्दैनथ्यो ।
* “धूपको वेदी” विशेष किसिमको वेदी थियो जसलाई धूप बाल्नको लागि मात्र प्रयोग गरिन्थ्यो ।
* हरेक दिन कम से कम चार पटक प्रार्थनाको समयमा धूप बाल्ने गरिन्थ्यो । हरेक पटक होमबलि चढाउँदा पनि धूप बाल्ने गरिन्थ्यो ।
* धूप बाल्ने कामले परमेश्‍वरका मानिसहरूद्वारा चढाइएका प्रार्थना र आराधना माथि उहाँकहाँ गइरहेका थिए भनी सङ्केत गर्छ ।
* “धूप” लाई “टुक्राटाक्री अत्तरहरू” वा “सुगन्ध दिने बिरुवाहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः धूपको वेदी, होमबलि, आगोको बलि, रेसिन)
बाइबलका सन्दर्भहरूः
* लूका ०१:८-१०